नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
उदयपुर

  • विकट गाउँपालिकामा एकिकृत घुम्ति सेवा शिविर सम्पन्न २०७५-८-१२

    उदयपुर जिल्लाको विकट गाउँपालिकामा एकिकृत घुम्ति सेवा शिविर सम्पन्न : उदयपुर जिल्लाको विकट गाउँपालिका ताप्ली गाउँपालिकाको रुपाटारमा मिति २०७५।०८।१० गतेदेखि २०७५।०८।१२ गतेसम्म जिल्ला प्रशासन कार्यालय उदयपुर, जिल्ला निर्वाचन कार्यालय, स्वास्थ्य कार्यालय, भेटनरी कार्यालय, कृषि विकास डिभिजन, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, आँखा अस्पताल र सुन्तला जोनको संयुक्त टोलिमा एकिकृत घुम्ति सेवा शिविर संचालन भएको छ । जसमा नयाँ नागरिकता वितरण ३९१ जना (महिला २३७, पुरुष १५४), मतदाता नामावली दर्ता ३७१ जना (महिला २२७, पुरुष १४४), कृषिसँग सम्बद्ध सेवा ३१ घर परिवार, भेटनरी २७२ घर परिवार, आँखा उपचार सेवा २९९ जना (महिला १२०, पुरुष…

  • मिति २०७५-०७-०७ गतेसम्मका MRP बनेर अाएकाे २०७५-८-१२

    मिति २०७५-०७-०७ (२०७५ कार्तिक ७ गते) सम्मका MRP बनेर अाएकाे हुँदा सम्बन्धित व्यक्तिहरुले अा-अाफ्नाे नागरिकता र रसिद लिएर जिल्ला प्रशासन कार्यालय उदयपुर ( काेठा न‌ं. ७ ) मा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ ।

  • बजार अनुगमन २०७५-८-७

    मिति २०७५।०८।०७ गते त्रियुगा न.पा. वडा नं. १० र वडा नं. ३  स्थित विभिन्न १० वटा किराना पसल तथा कोल्ड स्टोरहरुमा अनुगमन गर्दा करिव ८०,०००।– मूल्य बराबरको म्याद गुज्रिएका अखाद्य वस्तुहरु जफत गरियो । अनुगमनमा जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृतको नेतृत्वमा त्रियुगा न.पा., खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय उदयपुर, त्रियुगा उद्योग वाणिज्य संघ तथा संचारकर्मी समेतको उपस्थितिमा भएको थियो ।     

  • बजार अनुगमन --

    बजार अनुगमन मिति २०७५-०८-६ गते जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत श्री खेमराज थापाको नेतृत्वमा त्रियुगा न.पा. वडा नं. १०, र वडा नं. ११ का विभिन्न किराना पसलमा बजार अनुगमन गरी करिव ५० हजार मूल्य बराबरको म्याद गुज्रिएका खाद्य सामाग्री जफत गरियो ।

  • मिति २०७५-०६-११ गतेसम्मका MRP बनेर अाएकाे २०७५-८-२

    मिति २०७५-०६-१४ गतेसम्मका MRP बनेर अाएकाे हुँदा सम्बन्धित व्यक्तिहरुले अा-अाफ्नाे नागरिकता र रसिद लिएर जिल्ला प्रशासन कार्यालय उदयपुरमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ ।

  • CCTV/Camera जडान सम्बन्धी जरुरी सूचना २०७५-७-१६

  • शुभकामना । २०७५-६-२८

    बिजय दशमी, शुभ दिपावली छठ लगायत २०७५ सालको सम्पूर्ण पर्वहरुको पावन अवसरमा सबैलाई सुख, शान्ति, सु–स्वास्थ्य तथा दिर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । -जिल्ला प्रशासन कार्यालय उदयपुर ।

  • बजार अनुगमन २०७५-६-२३

    बजार अनुगमन मिति २०७५-०६-२२ गते जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत श्री खेमराज थापाको नेतृत्वमा चौदण्डीगढी न.पा., जिल्ला जनस्वास्थ्य कार्यालय, चौदण्डीगढी उद्योग वाणिज्य संघ तथा सञ्चारकर्मी समेतको सहभागितामा चौदण्डीगढी न.पा वडा नं. ६ स्थित बेल्टार बजारका अस्पताल पोलीक्लिनिक उद्योग विभिन्न किराना पसलमा बजार अनुगमन गरी तपसिल बमोजिम कारवाही गरियो । तपसिल         सि.नं. पसल कारवाही १ शुभकामनाश्री पोलीक्लिनिक आवश्यक कागजात तथा मापदण्ड पूरा नगरेको हुँदा शिलबन्दी गरियो । २ चौदण्डीगढी हस्पिटल आवश्यक कागजात तथा मापदण्ड पूरा नगरेको हुँदा शिलबन्दी गरियो । ३ सूर्योदय पोलीक्लिनिक औषधि विक्रीवितरण गर्ने अनुमति पत्र नभएकोले शिलबन्दी गरियो । ४ किरन मेडिकल हल औषधि विक्रीवितरण गर्ने अनुमति पत्र नभएकोले…

  • बजार अनुगमन २०७५-६-२१

    बजार अनुगमन मिति २०७५-०६-२१ गते जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत श्री खेमराज थापाको नेतृत्वमा त्रियुगा न.पा., जिल्ला जनस्वास्थ्य कार्यालय, त्रियुगा उद्योग वाणिज्य संघ समेतको सहभागितामा त्रियुगा न.पा वडा नं. ११ मा विभिन्न किराना पसल, औषधी पसल, होटल, एग्रोभेटमा बजार अनुगमन गरी विभन्न पसलहरुबाट म्याद गुज्रिइ खान नमिल्ने चामल १० बोरा, मैदा ७ बोरा, जुस, चाउचाउ, बिस्कुट, गरम मसला, मिठाइमा प्रयोग हुने अखाद्य केमिकल रङ तथा कृषि वालीमा प्रयोग हुने म्याद गुज्रिएका विभिन्न विषादी (करिव २० हजार मूल्य बराबरको) गरी जम्मा करिव ५० हजार मूल्य बराबरको सामान जफत गरी नष्ट गरियो । साथै बिना इजाजत चाम्लिङ फ्रेस हाउसका सञ्चालकले कुखुरालाई…

  • बजार अनुगमन २०७५-६-२१

    बजार अनुगमन मिति २०७५-०६-१८ र १९ गते जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत श्री खेमराज थापाको नेतृत्वमा त्रियुगा न.पा., करदाता सेवा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, त्रियुगा उद्योग वाणिज्य संघ समेतको सहभागितामा त्रियुगा न.पा वडा नं. ११ मा विभिन्न किराना पसल, मासु पसल, औषधी पसल, होटल, एग्रोभेट, ग्यास पसलमा बजार अनुगमन गरी पसलमा रहेका म्याद गुज्रिएका तपसिल अनुसारका परिमाणमा सामान जफत गरी सोही दिन नष्ट गरियो । तपसिल             सि.नं. पसल संख्या कैफियत १ किराना पसल २७ अन्दाजी ३० हजार मूल्य बराबरको सामान जफत गरी नष्ट गरिएको । २ मासु पसल १२ मापदण्ड अनुसार संचालन गर्न सचेत गराइएको । ३ औषधी…

  • स‌ंस्था नविकरण गर्ने सम्बन्धी जरुरी सूचना । २०७५-६-१

    स‌ंस्था नविकरण गर्ने सम्बन्धी जरुरी सूचना ।

  • उदयपुर जिल्लाको आ.व. २०७५-७६ को जिल्ला दर रेट २०७५-४-४

    उदयपुर जिल्लाको आ.व. २०७५-७६ को जिल्ला दर रेट

  • जिल्ला प्रशासन कार्यालय उदयपुरकाे सूचना २०७५-४-२

    नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय, उदयपुरको त्रियुगा हवाई मैदानमा निर्माण भएका व्यक्तिगत घर टहराहरु हटाउने सम्बन्धि सार्वजनिक सूचना (सूचना प्रकाशित मिति २०७५-०४-०२)   उदयपुर जिल्ला साविक गा.वि.स. गाईघाट ५.ख कि.नं. १०३ को नेपाल सरकार त्रियुगा हवाई मैदानको नाममा रहेको १४–१६–१६ जग्गाभित्र केहि व्यक्तिहरुले अनाधिकृत रुपमा घर टहरा निर्माण गरेको पाईएकोले त्यस्ता घर टहराहरु भत्काई लैजाने यस कार्यालयको अनुरोधमा त्रियुगा नगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट मिति २०७५।०१।११ मा सार्वजनिक सूचना प्रकाशित भएकोमा हालसम्म पनि घर टहराहरु हटाइएको नदेखिदा स्थानीय प्रशासन ऐन, २०२८ (संसोधन सहित) को दफा ९ को उपदफा ६(क) अनुसार यो सूचना प्रकाशित गरिएको छ । सूचना प्रकाशित भएको…

  • अडियो नोटिस २०७४-८-२८

    अडियो नोटिस

  • संस्था दर्ता तथा नविकरण सम्बन्धी जरुरी सूचना २०७३-४-२७

    संस्था दर्ता तथा नविकरण गर्दा स‌ंस्थाकाे विधान, उद्देश्य, कार्य समितिकाे विवरण अनिवार्य रुपमा नेपाली युनिकोडमा Soft Copy चाहिने ।

  • जिल्ला प्रशासन कार्यालय उदयपुरको सूचना । २०७२-१२-८

    निकट आईरहेको होली पर्वका अवसरमा एक अर्काको इच्छा विपरीत  जवरजस्ति रंग दल्ने, प्लाष्टिकजन्य लोला हान्ने , फोहर छ्याप्ने तथा महिला, वालबालिका लगायत बाटोमा हिडने व्यक्तिहरुलाई अनावश्यक दुख, हैरानी दिने कार्य प्रचलित कानून विपरित हो । कसैको इच्छा, स्वीकृति विपरित रंग दल्ने प्लाष्टिकजन्य लोला हान्ने,फोहोर पानीले छ्याप्ने तथा आफ्नो गन्तव्यमा हिडिरहेका यात्रीलाई दुख, हैरानी दिने काम कोही कसैले पनि नगर्न नगराउनहुन र वातावरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर गर्ने जस्ता प्लाष्टिकजन्य लोला आयात समेत  नगर्न हुन साथै यस सूचनाको विपरित कसैको इच्छा, स्वीकृति बेगर यस्तो काम गरे गराएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा सवैमा जानकारी गराइन्छ ।

  • आ.व. ०७१।७२ मा सम्पादन गरेको कामको विवरण २०७२-६-११

            सूचनाको हक सम्बन्धी ऐन २०६४, दफा ५ सँग सम्बन्धित                   आ.व. ०७१।७२  मा सम्पादन गरेको कामको विवरण   विवरण संख्या नयाँ नागरिकता जिल्ला प्रशासन कार्यालयबाट वितरण भएको ६३०१ प्रतिलिपी नागरिकता जिल्ला प्रशासन कार्यालयबाट वितरण भएको ४१३७ राहदानी जिल्ला प्रशासन कार्यालयबाट वितरण भएको ४९१० द्रुतबाट राहदानी सिफारिस लिई काठमाण्डौ गएका ७०३२ राहदानीको राजश्व प्राप्त रु २६५०५०००।०० संस्था दर्ता ३७ संस्था नविकरण १५५ हातहतियार दर्ता ० हातहतियार नविकरण २४ नावालक परिचय पत्र वितरण ४९ छापाखाना दर्ता ० पत्रपत्रिका दर्ता १ मुद्दा दर्ता १९९ मुद्दा फर्स्यौट १०४ ठाडो उजुरी २१७ बजार अनुगमन सामान जफत मूल्य करिव रु ३ लाख जम्मा निकासा…

  • जिल्ला विपद् व्यवस्थापन समिति, उदयपुरको सूचना २०७२-१-१५

    जिल्ला विपद् व्यवस्थापन समिति, उदयपुरको सूचना   मिति २०७२।०१।१२ गते आएको महाभुकम्पबाट यस उदयपुर जिल्लामा भएको क्षतिको मिति २०७२।०१।१५ गतेसम्म प्राप्त विवरण र राहत वितरणको विवरण निम्नानुसार रहेको छ   क्षतिः मृत्युः  छैन घाईतेः २३ जना यस जिल्लाबाट रिफर भई गएको संख्याः ५ जना व्यक्तिगत घर पूर्णक्षती ९५ व्यक्तिगत घर आंशिक क्षतिः ६२१ सार्वजनिक निकाय (सरकारी कार्यालय, विद्यालय आदि) क्षतिः ५९ चौपाय क्षतिको विवरणः प्राप्त नभएको अन्य क्षतिको विवरणः प्राप्त नभएको   राहत १. मिति २०७२।०१।१३ गते त्रियुगा न.पा. वडा नं. १ का एक परिवारलाई र २०७२।०१।१५ गते पञ्चावती र भलायडाँडा गा.वि.स.का १७ परिवारलाई राहत वितरण गरिएको । त्यस्तै १५…

  • जिल्ला प्रशासन कार्यालय उदयपुरको सूचना २०७१-१२-१८

    श्री जिल्ला प्रशासन कार्यालय उदयपुरको सूचना  ।       गर्मी तथा सुख्खा मौसममा अत्याधिक हावा हुरी एवं बतासका कारणबाट जिल्लाका विभिन्न स्थानमा आगलागीका विभिन्न घटनाहरु भैरहेको सन्दर्भमा आगलागीबाट बच्न निम्न उपायहरु गर्न यस कार्यालय सवैमा अनुरोध गर्दछ । १. हुरी बतास चलेको समयमा खुला ठाँउमा आगो नवालौं । आगो बाल्नु पर्ने अवस्थामा होशियार बनौै, २. हुरी बतास चलेको समयमा खर तथा फुसको छानो भएका घर भित्र आगो नबालौं, ३. आगोको काम सकिएपछि राम्ररी निभाऔं, ४. खर तथा फुसको छानो भएको घर भित्र आगो बाल्दा विशेष सतर्कता अपनाऔं, ५. सलाई, लाइटर जस्ता आगो बाल्नमा प्रयोग हुने वस्तुहरु वालवालिकाहरुबाट टाढा एवं सुरक्षित स्थानमा…

  • तालिममा सहभागी हुन पठाईएको २०७१-१२-१०

    गृह मन्त्रालय शासकीय सुधार तथा इगभनेन्स शाखाकाे अायाेजनामा मिति २०७१।१२।०९ देखि २०७१।१२।११ सम्म विराटनगरमा सूचना प्रविधी अभिभुखीकरण तालिममा सहभागी हुन प्रशासकीय अधिकृत दीपकप्रसाद न्य‍ाैपाने र कम्प्युटर अपरेटर सुनिल पाेखरेललाइ पठाइएकाे ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय