नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
तेह्रथुम

  • आठराई बजार अनुगमन २०७५-५-११

    तेह्रथुम जिल्लास्थित आठराई गाउँपालिका संक्रान्तिबजारमा बजारमा मिति २०७५।०५।०९ देखि १० गते सम्म सहायक प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेको नेतृत्वमा आठराई गाउँपालिकाका प्रतिनिधी, उपभोक्ता हकहित मंचका प्रतिनिधि लगायतको टोलीले आठराई गाउँपालिकाको संक्रान्तिबजारमा होटल, किराना पसल, पाउरोटी उद्योग तथा अन्य व्यापारिक प्रतिष्ठानहरु समेतको अनुगमन गर्दा अनुगमनका क्रममा लगभग १० हजार बराबरको म्याद सकिएको अखाद्य वस्तु, पेय पदार्थहरू जफ्त गरी नष्ट गरियो । किराना पसल तथा होटलहरुमा मुल्यसूची नभएको, म्याद गुज्रेका सामानहरु बिक्री वितरण गर्ने गरेको, पसलहरूमा साइनबोर्ड नभएको, दर्ता/नवीकरण नगरेको जस्ता कैफियतहरु भेटिएको थियो । यसरी कैफियत भेटिएका पसलहरुलाई दर्ता/नवीकरण गराउन, मुल्यसूची राख्न, म्याद गुज्रेका सामानहरू बिक्री वितरण नगर्न निर्देशन समेत दिइएको…

  • नयाँ वर्ष २०७५ सालकाे शुभकामना २०७४-१२-२९

    नव वर्ष २०७५ सालकाे पावन अवसरमा सम्पूर्ण जिल्लाबासीहरुको सुख, शान्ति, सु–स्वास्थ्य, सम्वृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । वेदनिधि खनाल (प्र.जि.अ.)  एवं जिल्ला प्रशासन कार्यालय, तेह्रथुम ।

  • राहत/सहयोग रकम वितरण सम्बन्धमा २०७४-२-१०

    यस जिल्लाको साविक संक्रान्तिबजार गाउँ विकास समिति हाल आठराई गाउँपालिका वडा नं १ स्थित संक्रान्तिबजारमा २०७३ पौष १ गते भएको ........................................

  • तेह्रथुम जिल्लास्थित संक्रान्तिबजारमा अागलागी २०७३-९-१

    मिति २०७३ साल पुष १ गते तेह्रथुम जिल्लास्थित संक्रान्तिबजारमा अन्दाजी ११:३० बजेको समयमा भिषण आगलागी हुँदा २ वटा पक्की घर, २७ वटा (ढुङ्गा, माटो, काठ र जस्ताको) कच्ची घरहरु जलेर नष्ट र ३ वटा कच्ची घरहरु भत्काई अन्दाजी १५:१० बजे पाँचथरबाट दमकल,  ईलाका प्रहरी कार्यालय आठराई, प्रहरी चौकी चुहानडाँडा, सशस्त्र प्रहरी बल वेश आठराई, जिल्ला प्रहरी कार्यालय पाँचथरको २० जनाको टोली, सशस्त्र प्रहरी बल भिमशिखर गुल्म पाँचथरको २५ जनाको टोली तथा भैरबीदल गण पाँचथरको ३९ जनाको टोली र स्थानीयको प्रयासमा अन्दाजी १७:४५ बजे आगलागी पूर्ण नियन्त्रणमा आएको हो । उक्त आगलागीबाट मानवीय तथा पशुजन्य क्षति नभएको र आगलागीबाट प्रभावित भएका…

  • शुक्रबारे घुम्ती सेवा शिविर २०७३-८-२९

    सार्वजनिक निकायबाट प्रवाह गरिने सेवा, सहज र सुलभ रूपमा स्थानीय स्तरमा पुर्याउने उद्देश्यले यस कार्यालयकाे संयाेजकत्वमा मिति २०७३ साल मंसिर २५ गते देखि २७ गते सम्म शुक्रबारे क्षेत्रका ६ वटा गा.वि.स.हरूलाइ केन्द्र विन्दु बनाइ एकीकृत घुम्ती सेवा शिविर संचालन गरी नाै वटा कार्यालयहरूले सेवा प्रवाह गरेकाे । १     जिल्ला प्रशासन कार्यालयबाट ४४९ वटा नागरिकता प्रमाणपत्र वितरण । २     निर्वाचन कार्यालयबाट ३५३ जनाको मतदाता नामावली दर्ता । ३     जिल्ला वन कार्यालयबाट ६२ वटा समूहलाई वन सम्बन्धि सामाग्री वितरण । ४     आयुर्वेद स्वास्थ्य कार्यालयले ३१५ जनालाई औषधी वितरण । ५     महिला तथा बालबालिका कार्यालयले २२४ वटा जेष्ठ…

  • तेह्रथुम जिल्लाकाे अवलाेकन २०७३-६-७

    पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटाका श्रीमान् क्षेत्रीय प्रशासक श्री राजेश्वमान सिं ज्यूले २०७३।०६।०६ र ०७ गते तेह्रथुम जिल्लाको अवलोकन भ्रमण गर्नुभयो । भ्रमण टोलीमा उपक्षेत्रीय प्रशासक कमल बहादुर विष्ट समेत सहभागी हुनुहुन्थ्यो । असोज ६ गते क्षेत्रीय प्रशासकज्यूको समुपस्थितिमा जिल्ला सुरक्षा समिति मार्फत जिल्लाको शान्ति सुरक्षा र वस्तुस्थिति जानकारी लिई आवश्यक निर्देशन दिनुभयो । त्यसैगरी असोज ७ गते जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालय प्रमुखहरुको बैठक राखी कार्यालयगत रुपमा प्रगति, समस्या आदि बारे छलफल भयो । कार्यालय प्रमुखहरुले राखेका समस्या समाधानको पहलका लागि क्षेत्रीय प्रशासकज्यूले सम्बन्धित निकायमा सहयोग गर्ने बताउनु भयो । क्षेत्रीय प्रशासकज्यूले कार्यालयहरुलाई सुशासन प्रबद्र्धन गर्न तथा गुणस्तरीय सेवा प्रवाहको…

  • सुचनाकाे हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन २०७२-११-१८

    सूचनाकाे हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सूचना अायाेगकाे अायुक्त यशाेदा देवी तिम्सीना नेतृत्वमा अाएकाे टाेलीले जिल्लामा सूचनाकाे हक सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे उक्त कार्यक्रममा जिल्लाका कार्यालय प्रमुखहरू, सूचना अधिकृतहरू, राजनैतिक दलका प्रमुख/प्रतिनिधिहरू, गैर सरकारी संस्थाका प्रतिनिधिहरू, पत्रकार लगायत करीब १४० जनाकाे सहभागितामा कार्यक्रम सम्पन्न भएकाे ।

  • खुला दिसा मुक्त तथा पू्र्ण खाेप सुनिश्चित जिल्ला २०७२-९-१९

    तेह्रथुम जिल्ला मिति २०७२।९।१६ गतेका दिन पर्यटन तथा नागरिक उड्डयन मन्त्री अानन्द प्रसाद पाेखरेल ज्युकाे प्रमुख अातिथ्यतामा पुर्ण खाेप सु्निश्चिता तथा खुला दिसा मुक्त क्षेत्र घाेषणा भएकाे ३० अाैं जिल्लाकाे रूपमा प्रतिस्थापित भएकाे छ ।

  • राहदानी सम्बन्धमा २०७५-५-१७

    रसिद नं. १३०४ मिति २०७४।०३।३१ गते सम्मकाे राहदानी यस कार्यालयमा अाइसकेकाे व्यहाेरा अनुराेध छ । सम्बन्धित सबैले अा-अाफ्नाे सक्कल नागरिकता रसिद र राहदानी भर्दा बखतकाे १ प्रति फाेटाे लिएर अाउनुहाेला । सम्बन्धित व्यक्ति भन्दा अन्यलाइ राहदानी उपलब्ध नगराइने समेत सुचित गरिन्छ । साथै इसिबु, सम्दु, खाम्लालुङ्ग, ह्वाकु, इवा, संक्रान्तिबजार, चुहानडाँडा, थाेक्लुङ, छातेढुंगा गा.वि.स.हरूका राहदानी इलाका प्रशासन कार्यालय संक्रान्तिबजारबाट प्राप्त गर्न सक्नु हुनेछ ।

  • हराएकाे हस्तलिखित राहदानी सम्बन्धमा २०७२-११-११

    राहदानी नियमावली बमाेजिम म्याद रहेका राहदानी हराइ नयाँ राहदानी बनाउँदा पत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने र प्रहरी प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था रहेकाे छ । अव उप्रान्त सन् २०१४ नाेभेम्बर २४ पश्चात सम्पुर्ण हस्तलिखित राहदानीकाे बहाल म्याद समाप्त भएकाेले हस्तलिखित राहदानी हराइ एम अार पी का लागि अावेदन गर्दा पत्रिकामा सूचना प्रकाशन तथा प्रहरी रिपाेर्ट अावश्यक नपर्ने तर एम अार पी हराएमा भने पत्रिकामा सूचना प्रकाशन तथा प्रहरी प्रतिवेदन अावश्यक पर्ने व्यहाेरा अनुराेध छ ।

  • नागरिकता बितरण २०७१-५-९

    २०७१।०४।०१ देखि नेपाली नागरिकता प्रमाणपत्र नया तथा प्रतिलिपी समेत कम्प्युटरबाट वितरण हुने । 



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय