नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
स्याङ्गजा

  • सामाजिक सञ्जालहरुको प्रयोग गरिएको २०७५-५-१०

    सरकारी निकायद्धारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि, २०७५ अनुरुप देहायका सामाजिक सञ्जाल मार्फत यस कार्यालयका नियमित गतिविधिहरु प्रवाह हुने व्यवस्था मिलाइएको छ ।  यी सामाजिक सञ्जाल मार्फत जिल्लाबासी दाजुभाइ, दिदीबहिनीहरुले आफूलाई  परेका कुनै पनि गुनासाहरु राख्न सक्नु हुनेछ ।  समस्याहरु सुनाउनु हुनेछ ।  साथै आफ्ना तह, क्षेत्रमा भएका कुनै पनि अनियमितताका बारेमा  अभिमत राख्न सक्नु हुनेछ ।  यी सामाजिक सञ्जालहरु सूचनामूलक  तथा अन्तरक्रियात्मक हुनेछन् । यहाँहरुका  सकारात्मक सुझाव, सल्लाह सदैव मार्गदर्शक हुनेछन् । व्यक्तिगत लाञ्छना लाउने, चरित्र हत्या गर्ने, सामाजिक सद्भाव भड्काउने, गाली गलौज गर्ने प्रकृतिका सूचनाहरु प्रयोग हुने छैनन् भन्ने कुरामा हामी विश्वस्त छौ । यस्ता सूचनाको प्रयोग कानूनद्धारा…

  • प्रगति विवरण २०७५-४-६

    यस कार्यालयले आ.व. २०७४।७५ मा सम्पादन गरेका कामहरुको विवरण तपसिल बमोजिम रहेको छः तपसिल सि.नं. सम्पादन गरेको काम कामको परिमाण १ नागरिकता वितरण (प्रतिलिपि वाहेक) ११,४८९ २ नागरिकताको प्रतिलिपि वितरण ७२१६ ४ राहदानी सिफारिस ८९९७ ५ राहदानी वितरण ७६५२ ६ गुनासो वा ठाडो उजुरी १२१ ७ नाम थर उमेर आदि प्रमाणित ३६३७ ८ नावालकको उमेर प्रमाणित १४३ ९ पारिवारिक पेन्सन, शपथ पत्र र रहलपहल सम्वन्धी सिफारिस ७१४३ १० विवाह दर्ता २४ ११ संस्था दर्ता १११ १२ संस्था नवीकरण ३९४ १३ संस्थाको विधान संशोधन १७ १५ दलित, मधेशी, आदिवासि सिफारिस ३५२ १६ पत्रपत्रिका दर्ता २ १८ हातहतियार नामसारी ३ १९ हातहतियार…

  • जिल्ला विपद व्यवस्थापन समितिको बैठक २०७५-३-५

    जिल्ला विपद व्यवस्थापन समितिको २०७५।३।०५ गते बसेको बैठकले गरेका निर्णयहरूः १. विपद् व्यवस्थापनका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, स्याङजावाट हालसम्म गरेका कामकारवाहीका विषयमा अवगत गरियो । २०७४ श्रावण महिना देखि २०७५ जेष्ठ मसान्तसम्म जिल्ला दैवी प्रकोप उद्धारकोषवाट विभिन्न पीडितहरुलाई राहत स्वरुप उपलब्ध गराईएको (पेश्की रकम सेमत) रु २,२९,०००।– समर्थन गरियो । २. विपद् जोखिम न्यूनीकरण तथा ब्यस्थापन ऐन, २०७४ मा भएका प्रावधानहरुका सम्बन्धमा अवगत गरियो । ३. जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनालाई परीमार्जन गर्ने सम्बन्धमा सामान्य छलफल गरियो । यसलाई विस्तृत रुपमा अध्ययन गरी परिमार्जनका साथै आगामी वैठकमा पेश गर्न निम्न उप–समिति गठन गरियो ।  क) श्री यादवराज शर्मा, प्रशासकीय…

  • वातावरण दिवस मनाइएको २०७५-२-२२

    प्लाष्टिक प्रदुषण निर्मूल पारौः पुनर्प्रयोग गर्न नसके बहिष्कार गरौ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइएको छ ।  एक कर्मचारी एक फलफूल रोपण कार्यक्रम  गर्ने भनी निर्देशानुसार जिल्ला प्रशासन कार्यालय परिसरमा (क्वाटर) कागती, कटहरका विरुवा लगाएर शुरुवात गरिएको थियो । यही अवसरमा जिल्ला प्रहरी कार्यालय परिसरमा फलफूलका विरूवा रोप्ने कार्यक्रमको शुरुवात प्रमुख जिल्ला अधिकारी श्री कोशहरि निरौलाले गर्नु भएको थियो ।  फलफूलको विरुवा रोप्ने कार्यक्रम अन्तरगत नेपाली सेनाको दुर्गा भञ्जन गुल्ममा १ सय भन्दा बढी विभिन्न जातका फलफूलहरु रोपिएका थिए ।  विश्व  वातावरण दिवसका उपलक्षमा पुतलीबजार नगरपालिका वडा नं. ३ स्थित पुण्यशिला आधारभूत विद्यालयको परिसरमा फलफूल, चिउरी, रिठ्ठा लगायत अन्य…

  • मासिक प्रगति विवरण २०७५-२-९

    वैशाख महिनाको मासिक प्रगति विवरण यस प्रकार रहेको छ । नागरिकता वितरण   ८५३ वटा राहदानी सिफारिस    ६३१ वटा राहदानी वितरण       ७४० वटा विपद् राहत वितरण १९ परिवारलाई रु ८० हजार  द्धन्द्ध प्भावितका लागि राहत ५ जनालाई १ लाख ०८ हजार ४८० ।  

  • बन्दै गरेकाे यस कार्यालयकाे भवन २०७५-२-७

  • माननीय लालबाबु पण्डितद्वारा कर्मचारीलाई निर्देशन २०७५-२-६

    माननीय स‌‌‌‌घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले यही मिति २०७५/०२/०४ गते स्याङ्ग्जा जिल्ला स्थित कार्यालय प्रमुखहरुसँग भेटघाट गर्नु भयो । सो अवसरमा जिल्लामा कार्यरत कर्मचारीहरुलाई कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिनुभएकाे थियो । निर्देशनकाे क्रममा मन्त्री पण्डितले अघिल्लाे सरकारद्वारा ल्याइएकाे स्वैच्छिक अवकास कार्यक्रम कार्यान्वयन नगरिने जानकारी दिनुभयाे । देशलाई अहिले याेग्य कर्मचारीहरुकाे खाँचाे भएकाेले स्वैच्छिक अवकासमा जान नसकिने जानकारी गराउनुभयाे । साथै उहाँले कर्मचारीहरुकाे विना भेदभाव समायाेजन गरिने जानकारी दिनुभयाे । कार्यक्रममा उहाँले देश  विकासकाे  महान अभियानमा लाग्न, सुशासन कायम गर्न, पारदर्शी र जनउत्तरदायी भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नु भएको थियो । प्रमुख जिल्ला अधिकारी कोशहरि…

  • गृह प्रशासन मार्गचित्र २०७४-१२-६

    गृहमन्त्री राम बहादुर थापा बादलले सार्बजनिक  गर्नुभएकाे ८२ बुँदे  प्रशासन सुुधार कार्ययाेजना सर्बसाधारणकाे जानकारीको लागि संलग्न गरी प्रकाशित गरिएकाे छ ।  

  • निजामती सेवा दिवस २०७४-५-१६

    " निजामती कर्मचारीको प्रतिबद्ता : पारदर्शिता र चुस्तता "   २०७४  साल  भाद्र २२ गतेको निजामती सेवा दिवसको नारा  " निजामती कर्मचारीको प्रतिबद्ता : पारदर्शिता  र चुस्तता  "  छनौट गरिएको छ  ।  

  • सूचना २०७५-६-२

    यही मिति 2075 अाश्विन 7 गतेका दिन यस जिल्लाकाे अाँधिखाेला गा.पा.काे वडा नं. १ काे पञ्चमूलमा घु्म्ती सेवा संचालन गरिने भएकाे छ । विस्तृत जानकारीकाे लागि यसै सूचनामा सम्लग्न रहेकाे डाउनलाेड फाइल हेर्नुहाेला । 

  • का.स.मु फाराम मूल्याकँन सम्पन्न भएकाे जानकारी २०७५-६-१

    अा.व. २०७४/०७५ मा यस कार्यालयमा प्राप्त हुन अाएका तपशील बमाेजिमका कर्मचारीहरूकाे कार्य सम्पादन मूल्याकँन अन्तिम मूल्याँकन समेत गरी सम्बन्धीत सबैकाे जानकारीकाे लागि याे सूचना प्रकाशन गरिएकाे छ । सूचना हेर्नकाे लागि यसै सूचनाकाे शीर्षकलाइ डबल क्लिक गर्नुहाेला ।

  • Flood bulletin २०७५-४-१३

    २०७५।४।१३ गरेको मौसम पूर्वानुमान संलग्न गरिएको छ ।

  • IEE विवरण प्राप्त भएको २०७५-४-१३

    एशियाली बिकास बैंकको ऋण सहयोग तथा नेपाल सरकारको लगानीमा निर्माणाधीन कालीगण्डकी प्रसारण आयोजनाको पर्वत जिल्ला कुश्मा नगरपालिका -२ खुर्कोटबाट नवलपरासीको सुनवल -१२ सूर्यबस्तीसम्म जोड्ने ८७ कि.मि. लामो प्रसारण लाइनको निर्माण कार्य चलिरहेको छ । यस आयोजनाका केही टावरहरु यस जिल्लामा समेत रहनेछन् । आयोजनाको IEE प्रतिवेदन तयार भै यस कार्यालयमा समेत प्राप्त भएकोले सो को अध्ययन गर्न चाहनु हुनेहरुलाई जानकारी गराइन्छ ।

  • विवरण पेश गर्ने बारे सूचना २०७५-४-७

    जिल्ला प्रशासन कार्यालय, स्याङ्जाको विवरण पेश गर्ने सम्बन्धी जरुरी सूचना ।   संस्था दर्ता ऐन, २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय, स्याङजामा दर्ता भई यस जिल्लामा रहेको यातायात व्यवसायीहरुका संघ/संस्थाहरुको दायित्व भित्र पर्न आउने सवारी दुर्घटनाको घाइतेहरुको उपचार खर्च, कर्मचारीको तलब, विजुली, पानी लगायतका पूरा गर्न बाँकी अनिवार्य दायित्वको विवरण प्रमाण सहित यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतिस) दिन भित्र यस कार्यालयमा पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

  • सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३) को विवरण २०७५-४-७

    सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३) बमोजिम प्रस्तुत गरिएको जिल्ला प्रशासन कार्यालय, स्याङ्जासँग सम्बन्धित सार्वजनिक विवरण(२०७४ साउन १ देखि २०७५ असार मसान्त सम्म) सर्बसाधारणको जानकारीको संलग्न राखी प्रकाशित गरिएको छ ।

  • हातहतियार नविकरण सम्बन्धमा २०७५-४-४

    हातहतियार नविकरणका सम्बन्धमा गृह मन्त्रालयबाट स्पष्ट पारिएको  पत्र सम्लग्न राखी सम्बन्धित सवै लाई जानकारी गराईएको व्यहोरा अनुरोध छ ।

  • द्वन्द पिडितलाई राहत वितरण २०७५-४-२

    अा‍‍.ब. २०७४/०७५ मा विगतकाे दश बर्षे द्वन्दमा परी विस्थापित, मृतक, घाइते, बेपत्ता भएका परिवारहरुलाई निकाशा भएकाे  राहत रकम वितरण सम्पन्न भएकाे छ । वितरण गरिएकाे राहत रकम विस्तृत विवरण यसै सूचनामा प्रकाशित गरिएकाे छ । जानकारीका लागि यसै सूचनाकाे शीर्षकलाई डबल गरी डाउनलाेड गरी हेर्न सक्नुहुनेछ । 

  • विस्थापितलाई राहत वितरण २०७५-३-२५

    द्वन्दबाट विस्थापित भएका पिडितहरुलाई यसै अा‍.ब. मा निकाशा भएको रकम मध्ये अाजकाे मितिसम्म यस कार्यालयबाट वितरण भएकाे रकम सम्बन्धित सबैका लागि जानकारीका लागि यहाँ प्रकाशित गरिएकाे छ । उक्त विवरण यसै सूचनाकाे शीर्षकलाई डबल क्लिक गरी डाउनलाेड गर्न सक्नुहुनेछ । 

  • विस्थापित ब्यक्तिहरूको सूची २०७५-३-१९

    द्न्द प्रभावित ब्यक्ति परिवार तथा संरचनाको लगत संकलन कार्यदल, बबरमहलले तयार पारेको यस स्याङ्जा जिल्लामा बाध्यात्मक अबस्थाले बिस्थापित भएका ब्यक्ति परिवारको बिबरण संलग्न राखी सम्बन्धित सबैको जानकारीको लागि प्रकाशित गरिएको छ ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय