नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
संखुवासभा

  • कार्यालय प्रमुख बैठक २०७५-५-४

    १. गृह मन्त्रालयको च.न. ३० मिति २०७५।०४।२१ को पत्रबारे बैठकमा जानकारी गराइयो । सो पत्रमा उल्लेख भए बमोजिम यस जिल्लामा निकट समयमानै लेखापरिक्षण हुने भएकोले लेखापरिक्षण हुने समय अवधि भरी कार्यालय प्रमुख, लेखा प्रमुख र अन्य सम्बन्धीत कर्मचारीहरुले सो समयमा विदा, काज नबसीकन कार्यालयमा भएको गत विगतको बेरुजुहरुको प्रमाण कागजात पेश गरी सम्परिक्षण गराई आवश्यक सहयोग गर्ने । २. अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय धनकुटा खारेज भएको हुँदा उक्त कार्यालयबाट हुँदै आएका कार्यहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट हुने विषयक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी को च.न. २३३ मिति २०७५।०४।२० को पत्र बारे बैठकमा जानकारी गराइयो ।  ३.…

  • कार्यालय प्रमुख बैठक २०७५-४-४

    मिति २०७५ साल श्रावण ०३ गते बसेको कार्यालय प्रमुखको बैठकको निर्णयः १. संखुवासभा जिल्लामा सञ्चालित विकास आयोजनाहरुको गत आ.व. ०७४।७५ भौतिक र वित्तिय प्रगति एवं चालू र पूँजीगत खर्चको प्रगतिको समीक्षा गरियो । जिल्लामा कुल विनियोजित बजेट मध्ये पूँजीगत तर्फ करिब ८२% र चालू तर्फ करीब ९३% खर्च भएको पाइयो ।  २. सबै कार्यालय प्रमुखले आफु र मातहतका सबै कर्मचारीलाई यथा समयमा नै चालू आ.व.को कार्य सम्पादन मूल्यांकन फाराम एवं सम्पत्ति विवण फाराम भर्न लगाई पेश गर्ने व्यवस्था गर्ने ।   ३. प्रत्येक कार्यालयले आ.व. ०७४।७५ को प्रगति प्रतिवेदन यथासमयमा तयार गरी सो को १ प्रति जिल्ला प्रशासन कार्यालयमा अनिवार्य पठाउने…

  • कार्यालय प्रमुख बैठक २०७५-२-३

    मिति २०७५ साल जेष्ठ ०३ गते बसेको कार्यालय प्रमुखको बैठकको निर्णय–   १. गृह प्रशासन सुधार कार्य योजना, आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं. १ को १०० दिने कार्य योजनामा उल्लेखित सुरक्षित यात्राको लागि सडक सुशासन कार्यक्रम र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं. १, विराटनगरको पत्रबारे बैठकमा जानकारी गराइयो । आ–आफ्ना क्षेत्रसँग सम्बन्धित बुँदाहरु सबै कार्यालयहरुले तत्काल कार्यान्वयन गर्ने ।  २. विकास निर्माणसँग सम्बन्धित कार्यालयहरुको स्वीकृत वार्षिक कार्यक्रमअनुसार चालू आ.व.मा सम्पन्न गर्नु पर्ने कार्यहरु निर्धारित समय भित्र सम्पन्न गरी सक्ने ।   ३. जिल्ला स्थित सबै कार्यालयहरुले आफ्नो कार्यालयको चलअचल सम्पत्ति, दायित्व, कार्यक्रमहरु…

  • अन्तरक्रिया कार्यक्रम तथा सडक निरीक्षण २०७५-२-८

    १) मिति २०७५।०२।०६ गतेका दिन जिल्ला प्रशासन कार्यालय संखुवासभाको सभाकक्षमा जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख श्री सुमन शाक्यको प्रमुख आतिथ्यमा जिल्ला समन्वय समितिका उपप्रमुख १० वटै नगरपालिका र गाउँ पालिका प्रमुख/उपप्रमुख एवं अध्यक्ष/उपाध्याक्ष लगायत प्रमुख प्रशासकीय अधिकृतहरुसँग अन्तरक्रिया गरियो । उक्त अवसरमा प्रमख जिल्ला अधिकारी, प्रमुख कोष नियन्त्रक एवं प्रहरी नायब उपरीक्षक उपस्थिति हुनु हुन्थ्यो । सो अवसरमा जिल्लाको शान्ति सुरक्षाको अवस्था, विपद् जोखिम तथा पूर्वतयारी, विकास आयोजनाहरुको प्रगति, अन्तर निकाय समन्वय एवं स्थानीय प्रशासनसँगका स्थानीय तहका अपेक्षाका विषयमा छलफल अन्तरक्रिया भयो । २) मिति २०७५।०२।०७ गते संखुवासभा प्रवेश गर्ने उत्तर दक्षिण कोशी राजमार्गको बसन्तपुर-टुटेदेउराली-मुढे-चैनपुर सडक खण्डको अवस्थाको अनुगमन निरीक्षण…

  • पदभार ग्रहण सम्बन्धी २०७५-१-१९

    प्रमुख जिल्ला अधिकारीको रुपमा यस जिल्लामा सरुवा भई आउनु भएका श्री गणेश बहादुर अधिकारीले मिति २०७५ बैशाख १९ गतेका दिन पदभार ग्रहण गर्नु भयो । जिल्लाको अग्रणी कार्यालय आम जनताको आस्थाको केन्द्र जिल्ला प्रशासन कार्यालय भएको हुँदा छिटो छरितो निष्पक्ष र पारदर्शी रूपमा सेवा प्रदान गर्नु पर्ने एवं हामीले गरेको काम र व्यवहारलार्इ सबैले नजिकबाट नियाली रहेकाे हुनाले उदाहरणीय रुपमा काम गर्न समेत उहाँले निर्देशन दिनु भयो ।   

  • कार्यालय प्रमुख बैठक २०७५-१-३

    मिति २०७५ साल वैशाख ०३ गते बसेको कार्यालय प्रमुखको बैठकको निर्णय   १. गृह प्रशासन सुधार कार्य योजना, आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं. १ को १०० दिने कार्य योजनामा उल्लेखित सुशासनसँग सम्बन्धित बुँदाहरु सबै कार्यालयहरुले तत्काल कार्यान्वयन गर्ने ।  २. महिलामाथी हुने हिंसा, लैङ्गिक विभेद, जातीय भेदभाव, छुवाछुत लगायत सामाजिक बिकृतीहरु, लागू औषध दुव्र्यसन नियन्त्रण र विपद् व्यवस्थापन सम्बन्धमा स्थानीय स्तरमा जनचेतना जगाउने कार्य विद्यार्थी मार्फत प्रभावकारी हुने भएको हुँदा जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रहरी कार्यालयले समन्वय गरी अभियानको रुपमा सबै विद्यालयहरुमा सञ्चालन गर्ने ।  ३. कार्यालयमा पालो पहराको उचित प्रबन्धलाई निरन्तरता दिने ।  ४. कार्यालयको सहायता…

  • जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकको २०७४-१२-१५

    मिति २०७४।१२।१५ को जिल्ला विपद् व्यवस्थापन समितिको बैठक निर्णय   १) विपद् व्यवस्थापन ऐन, २०७४ को दफा १७ मा स्थानीय तहको प्रमुखको अध्यक्षतामा स्थानीय विपद् व्यवस्थापन समिति गठन हुने व्यवस्था भएको हुँदा उक्त समिति गठन हुन बाँकी स्थानीय तहहरुलाई यथासक्य चाँडो स्थानीय विपद् व्यवस्थापन समिति गठन गर्न अनुरोध गर्ने ।  २) जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट यस जिल्लाको विपद् व्यवस्थापन प्रतिकार्य योजना (संशोधन) २०७४ स्वीकृत भई प्रकाशनको चरणमा रहेको हुँदा सो लाई मार्ग निर्देशनको रुपमा लिई सबै स्थानीय तहहरुलाई यथासक्य चाँडो आ–आफ्नो स्थानीय तहको विपद् व्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गर्न अनुरोध गर्ने ।   ३) चैत्र बैशाख सुख्खा…

  • कार्यालय प्रमुख बैठक २०७४-१२-५

    मिति २०७४ साल चैत ०४ गते बसेको कार्यालय प्रमुखहरुको बैठकको निर्णय– १. स्थानीय सरकार सञ्चालन ऐन २०७४ लागु भईसकेको र कतिपय कार्यालयहरु आगामी चैत २८ गतेबाट स्थानीय  तह अन्र्तगत समायोजन हुने हुदाँ त्यस्ता कार्यालयहरुले आ–आफ्नो कार्यालयहरुको जिन्सी, लेखा र कार्यालय अभिलेखहरु चुस्त दुरुस्त अवस्थामा राख्ने । २. विकास निमार्णसँग सम्बन्धीत कार्यालयहरुले स्वीकृत बार्षिक कार्यक्रमनुसार दोश्रो चौमासिकको प्रगति प्रतिवेदन १ प्रति चैत १५ गतेभित्र जिल्ला प्रशासन कार्यालयमा आईपुग्ने गरि अनिवार्य रुपमा पठाउने व्यवस्था गर्ने । दोश्रो चौमासिक अवधिमा सम्पन्न हुन नसकेका कार्यक्रमहरु समेत तेश्रो चौमासिक अवधिमा सम्पन्न गर्ने । ३. बेरुजु अभिलेख अद्यावधिक नभएको भए तुरुन्त अभिलेख अद्यावधिक गर्ने र लेखापरिक्षणका…

  • धन्यवाद ज्ञापन २०७४-८-१४

    धन्यवाद ज्ञापन          संखुवासभा जिल्लाको प्रथम प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ निष्पक्ष, स्वतन्त्र र मर्यादित रुपमा सम्पन्न भएको छ । यस निर्वाचनलाई सम्पन्न गराउन सम्पूर्ण सुरक्षाकर्मीहरु मन, बचन र कर्मले रात दिन नभनी आफ्नो कार्य क्षेत्रमा खटिनु भएको थियो । सुरक्षाकर्मीको निष्पक्ष भूमिकाले नै हामी सफल हुन सक्यौं । भौगोलिक रुपमा विकट जिल्लामा धेरै दुःख कष्ट सहेर पनि यो अभियानलाई सफल बनाउनु भएकोमा जिल्ला सुरक्षा समितिको तर्पmबाट अधिकृत तथा सकल दर्जाका सुरक्षाकर्मी साथीहरुलाई धन्यवाद दिंदै आगामी दिनमा पनि यसरी नै राष्ट्रसेवामा समर्पित भई आआफ्नो कर्तव्य निर्वाह गर्न सफल हुनु हुनेछ भन्ने शुभकामना व्यक्त गर्दछ…

  • धन्यवाद ज्ञापन २०७४-८-१४

    धन्यवाद ज्ञापन     नेपालको संविधान २०७२ को कार्यान्वयनको महत्वपूर्ण चरण प्रथम प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन मिति २०७४ मंसिर १० गते संखुवासभा जिल्लामा उल्लेख्य रुपमा आम मतदाताको सहभागिता सहित शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । उक्त  निर्वाचनमा जम्मा ६६.११ प्रतिशत मतदान भएको छ । गत स्थानीय तहको निर्वाचन र प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य दुवै निर्वाचनलाई हेर्दा शान्तिपूर्ण र मर्यादित रुपमा निर्वाचन सम्पन्न गर्न संखुवासभा जिल्लाले इतिहास कायम गरेको छ । राजनैतिक दल बीचको समन्वय, नागरिक समाजको सहकार्य, सञ्चार क्षेत्रको सहयोग, उम्मेदवाहरु बीच मर्यादित रुपमा आआफ्नो पक्षमा प्रचार गर्ने शैली र राष्ट्रसेवकहरुको निष्पक्ष भूमिकाको कारण नै…

  • राहदानी प्राप्तीको सूचना २०७५-५-१८

    मिति २०७५ श्रावण मसान्तसम्म फाराम पेश गर्नु हुने  अावदेकहरुकाे राहदानी प्राप्त भएकाे छ ।  थप कुरा बुझ्नकाे लागि फाेन नं‍.  ०२९५६०१३४ मा कार्यालय समयमा सम्पर्क गर्न सकिन्छ ।

  • सूचनाको हक सम्बन्धी २०७५-५-१७

    सूचनाको हक सम्बन्धी जानकारी

  • यातायात क्षेत्रसँग सूचना २०७५-४-११

    यातायात क्षेत्रसँग सम्बन्धित संघसंस्था/समितिहरुको अनिवार्य खर्च दायित्व भुक्तानी दाबी सम्बन्धी ३५ दिने सूचना !!!                नेपाल सरकार को मिति (मन्त्रीपरिषद्)  २०७५।०१।०४ को निर्णयानुसार यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य भर्इ सकेको वर्तमान अवस्थामा संस्था दर्ता ऐन, २०३४ बमोजिम यस जिल्लामा दर्ता भएका यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न संघ/संस्थासमितिहरुले सवारी दुर्घटनाका घाईतेको उपचार खर्च, कर्मचारीहरुको तलब, बिजुली पानी लगायत संस्थाले पूरा गर्न बाँकी अनिवार्य दायित्वको यकिन विवरण प्रमाण सहित यो सूचना प्रकाशित भएको मितिले ३५(पैतीस) दिन भित्र जिल्ला प्रशासन कार्यालय, सङ्खुवासभामा पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।      

  • राहदानी प्राप्तीकाे सूचना २०७५-१-९

    मिति २०७५ जेष्ठ १५ गते सम्म फाराम पेश गर्नु हुने  अावदेकहरुकाे राहदानी प्राप्त भएकाे छ ।  थप कुरा बुझ्नकाे लागि फाेन नं‍.  ०२९५६०१३४ मा कार्यालय समयमा सम्पर्क गर्न सकिन्छ ।

  • गृह मन्त्रालयको अत्यन्त जरुरी सूचना । २०७५-१-५

    गृह मन्त्रालयको अत्यन्त जरुरी सूचना ।

  • सूचनाकाे हक सम्बन्धी २०७४-११-८

    सूचनाकाे हक सम्बन्धी जानकारी

  • विद्युतिय नागरिक वडापत्र २०७४-९-३०

    मिति २०७४ पौष ३० गते देखि यस कार्यालयमा विद्युतिय नागरिक वडापत्र (Digital Citizen Charter) जडान गरी सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने कार्य सुरु गरिएको छ ।

  • मादक पदार्थ विक्री वितरण सम्बन्धमा २०७४-८-१८

    विषय– प्रमुख जिल्ला अधिकारीबाट जारी गरिएको आदेश ।       जिल्लामा अधिकांश झै–झगडा र अपराधजन्य घटनाहरु मदिरा सेवनबाट हुने गरेको अवस्थालाई विचार गरी आगामी प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना कार्यलाई शान्तिपूर्ण र भयरहित वातावरण सम्पन्न गर्न मिति २०७४ मंसिर २० देखि मिति २०७४ मंसिर २९ गतेसम्मका लागि संखुवासभाको जिल्ला खाँदबारी नगरपालिका क्षेत्र भित्र मदिरा एवं मदिराजन्य पदार्थ विक्री वितरण, ओसारपसार र सेवन गरी सार्वजनिक स्थानमा हिडडुल, होहल्ला गर्ने कार्य स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम निषेध गरिएको छ । उल्लेखित अवधिमा उक्त आदेशको उल्लंघन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरा सम्बन्धित…

  • हातहतियार २०७४-७-१९

    जिल्ला प्रशासन कार्यालय संखुवासभाको अत्यन्त जरुरी सूचना !!!    मितिः– २०७४।०७।१९  २०७४ साल मंसिर १० हुने प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने क्रममा इजाजत प्राप्त हातहतियार दुरुपयोग नहोस भन्ने उद्देश्यले विभिन्न व्यक्तिहरुसँग रहेका इजाजतपत्र प्राप्त हातहतियारहरु संकलन गरी सुरक्षित राखी निर्वाचन सम्पन्न भएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता दिइने हुँदा त्यस्ता इजाजत प्राप्त हातहतियारहरु कोही कसैसँग रहेको भए यही मिति २०७४।०७।३० गते भित्र नजिकको स्थानीय प्रहरी इकाईहरुमा अनिवार्य रुपमा बुझाउनु हुन हातहतियार खरखजना ऐन, २०१९ को दफा ८ बमोजिम यो सूचना प्रकाशन गरिएको छ ।

  • तिहार तथा छठपर्वकाे सूचना २०७४-७-१

    जिल्ला प्रशासन कार्यालय संखुवासभाको अत्यन्त जरुरी सूचना !!!   मिति– २०७४।०६।३० मनोरञ्जनको नाममा तिहार तथा छठपर्वको समयमा तास जूवा एवं लंगुरबुर्जा खेल्ने खेलाउने, मादकपदार्थ सेवन गरी हो हल्ला तथा झैझगडा गर्ने देउसी भैलोको नाममा जबरजस्ती चन्दा उठाउने एवं भूईचम्पा, पटाका र आतसबाजी जस्ता प्रज्वलनशिल पदार्थहरुको प्रयोग हुँदा सार्वजनिक, शान्ति, मर्यादा र सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने हुँदा उक्त कार्यहरु नगर्न नगराउन साथै देउसी भैलो रातको १०ः०० बजेपछि खेल्न निषेध गरिएको छ । उक्त निषेधित कार्यहरु कोही कसैबाट भए गरेको पाइएमा कानून बमोजिम कारवाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।  जिल्ला प्रशासन कार्यालय संखुवासभा 



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय