नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
सल्यान

  • विपद सम्बन्धमा --

    मिति २०७५/०५/१७ गते  साँझ अ. ०५:३० वजेको समयमा सल्यान जिल्ला बागचौर न.पा. वडा नं. १२ ओख्रेनि बाफुखोला वस्ने बालाराम डाँगीको ढुङगा माटोले बनार्इएको दुर्इ तले ढुङगाले छाएको घर उक्त घर माथिबाट पहिरो आर्इ पहिरोले पुरिदा निज घर धनीका ३ जना छोरा छोरीहरुको मृत्यु भएको र यस कार्यालयबाट प्रमुख जिल्ला अधिकारी श्री कमलराज ढकाल प्रहरी नायव उपरीक्षक श्री वीरेन्द्र बहादुर शाही सहितको टोलीले घटनास्थलको स्थलगत निरीक्षण गरी जिल्ला प्रशासन कार्यालय सल्यानबाट तत्कालिन राहत स्वरुप मृतक बुवालार्इ एकमुष्ट रु पचहतर हजार उपलब्ध गरार्इएको । मृतकहरु १. जिल्ला सल्यान बागचौर न.पा. वडा नं. १२ बस्ने वर्ष १० की ललिता डाँगी २.  एे .एे.…

  • विपद सम्बन्धमा --

    मिति २०७५/०५/१२ गते राती अ. १०:०० वजेको समयमा सल्यान जिल्ला बागचौर न.पा. वडा नं. ४ सेतिगुरास बस्ने राम बहादुर कामीको आफ्नै घरको माथिल्लो तलामा सुतिरहेको अवस्थामा घरको दलिन काठ भाँचिन गर्इ कोठाको पर्खाल समेत भत्की उक्त घरको ढुड्गा माटोले पुरीएर एकाघरको ५ जनाको मृत्यु भएको र यस कार्यालयबाट प्रमुख जिल्ला अधिकारी श्री कमलराज ढकाल प्रहरी नायव उपरीक्षक श्री वीरेन्द्र बहादुर शाही प्र.अ.अ. श्री ओम बहादुर खड्का सहितको टोलीले घटनास्थलको स्थलगत निरीक्षण गरी जिल्ला प्रशासन कार्यालय सल्यानबाट तत्कालिन राहत स्वरुप मृतक रामसिंह कामीका बुवा वर्ष ७५ का देवीराम वि.क.लार्इ एकमुष्ट रु एक लाख उपलब्ध गरार्इएको । मृतकहरु १. जिल्ला सल्यान बागचौर…

  • राहदानी सम्बन्धमा --

    २०७५ साल भाद्र महिना २५ गतेसम्म जिल्ला प्रशासन कार्यालय सल्यानमा आबेदन गर्नेहरुको राहादानी MRP वनि आइपुगेको छ । राहादानी लिन आउदा स्वयं ब्यक्ति सक्कल नागरिकता र राजस्व बुझाएको रसिद लिइ आउनु होला ।

  • २०७५ सालका सार्वजनिक विदाहरु २०७४-१२-१९

    २०७५ सालका सार्वजनिक विदाहरु

  • नमूना निवेदनका ढाँचाहरु --

    नमूना निवेदनका ढाँचाहरु

  • सरकारी निकायले स्वतः प्रकाशन (Pro-active Disclosur २०७३-१०-१८

    सरकारी निकायले स्वतः प्रकाशन (Pro-active Disclosure) गर्नु पर्ने विवरण सम्बन्धी निर्देशिका, २०७१

  • चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजना २०७३-५-१३

    चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजना डाउनलोड गर्नुहोस । 

  • हतियार संकलन --

    जिल्ला प्रशासन कार्यालयको सूचना बमोजिम यस जिल्लामा तोकिएको अवधिमा ६५ थान भरुवा बन्दुक संकलन भएको छ ।

  • कम्प्युटर प‍्रणालीको नागरिकता वितरण शुरु २०७०-२-१

    जिल्ला प्रशासन कार्यालय सल्यानले पहिलो पटक सुचना प्रविधिको क्षेत्रमा पाइला चाल्दै गृह मन्त्रालय इगभर्नेन्स शाखाको प्रत्यक्ष सहयोगमा आज मिति २०७०-०२-१ गते नागरिकतासँग सम्बन्धित Web base software CIMS बाट नेपालि नागरिकता प्रमाण पत्र जारी गरी Web base software स‍ंचालनमा ल्यार्इ कम्प्युटरिकृत नागिरकता वितरण कार्य शुरु गरेको छ ।

  • घुम्ती शिविरबाट नागरिकता वितरण २०७४-१२-१५

    जिल्ला प्रशासन कार्यालय सल्यानको आयोजनामा २०७५ अषाढ महिनाकाे १४ गते बागचाैर न.पा. वडा नं. २ थारमारेमा  सञ्चालित  घुम्ती शिविर नागरिकता वितरण टोलीबाट वितरित नागरिकताको विवरण जम्मा ४१ मध्ये महिला २१ पुरुष २० रहेको छ ।      



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय