नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
रुपन्देही

  • २०७५-६-५ को कार्यालय प्रमुखहरुको बैंठकको निर्णय २०७५-६-७

     २०७५-६-५ को कार्यालय प्रमुखहरुको बैंठकको निर्णयहरु

  • दैनिक सेवा प्रवाह सम्बन्धी विवरण २०७५-६-७

    आज मिति २०७५।६।७ गतेका दिन जिल्लाको शान्ति सुरक्षा लगायत सबै अवस्था सामान्य रहेको । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले दैनिक रुपमा सम्पादन गर्ने कार्यहरु मध्ये यस कार्यालय र अन्तरगतका इलाका प्रशासन कार्यालयहरुबाट १३२ जना सेवाग्राहीहरुलाई नागरिकताको प्रमाण पत्र र ३७ जना सेवाग्राहीहरुलाई नागरिकता प्रमाण पत्रको प्रतिलिपी जारी गरिएको छ भने राहदानी सिफारिस, राहदानी वितरण, नागरिकता वितरण, नागरिकता प्रतिलिपी वितरण, व्यक्ति प्रमाणित, पेन्सन सिफारिस, नावालक परिचय पत्र, दलित/ मधेसी /आदिवासी प्रमाणित एवं ठाडो उजुरी र मुद्धा सम्बन्धी सुनुवाई लगायतका कार्यहरुको सेवा प्रदान गर्दे हुँदै आइरहेको छ। 

  • निजामती सेवा दिवस २०७५ रुपन्देहीका विविध कार्यक्रम २०७५-५-२२

     नतिजामुखी प्रशासन समृद्धि र सुशासन भन्ने मूल नाराका साथ १५ औं निजामती सेवा दिवस २०७५ रुपन्देही जिल्लामा विविध कार्यक्रमका साथ सम्पन्न भयो ।        उक्त दिवसका अवसरमा कर्मचारी मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता, तनाव व्यवस्थापन तथा सकारात्मक सोच सम्बन्धी अन्तरक्रिया कार्यक्रम, वृक्षारोपण तथा सरसफाई कार्यक्रम, ओम सत्यसाई बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई फलफुल वितरण, रक्तदान एवं जेष्ठ पूर्व राष्ट सेवक सम्मान कार्यक्रमका साथ सम्पन्न भएको छ । साथै कार्यालयमा आउने पहिलो सेवाग्राहीलाई सम्मान गर्ने लगायतका कार्यक्रमका साथ सम्पन्न भएको छ ।

  • मानव बेचविखन विरुद्धकाे दिवसका केही झलकहरु २०७५-५-२०

    "संघीयताकाे महत्त्वपूर्ण सार, मानव बेचविखन अन्त्यका लागि जिम्मेवारी र सहकार्य सहित गराै खबरदार" भन्ने मुल नाराका साथ जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको संयाेजकत्वमा विभिन्न संघ/संस्थाहरुकाे सहभागीमा १२औं मानव बेचविखन विरुद्धकाे दिवसका केही झलकहरु

  • म्यानमारका राष्ट्रपतिज्युको भ्रमणकाे तस्विरहरु २०७५-५-१३

    मिति २०७५।५।१३ गतेका दिन म्यानमारका महामहिम राष्ट्रपतिज्युबाट भगवान गाैतमबुद्धको जन्मस्थल लुम्विनीको अवलाेकन भ्रमण कार्यक्रम सम्पन्न भयाे ।

  • बै‌क खाता मार्फत भुक्तानीको व्यवस्था मिलाउने २०७५-४-२५

    श्री गृह मन्त्रालय अार्थिक प्रशासन शाखाको च‍.न. ७६ मिति २०७५।४।२३ को पत्रबाट विभिन्न सरकारी, गैर सरकारी र निजी क्षेत्रका निकायहरुमा कार्यरत श्रमिक तथा कर्मचारीहरुले पाउने पारिश्रमिक एव‌ं  वित्तिय सुविधा बैंक खाता मार्फत अनिर्वाय भुक्तानीको व्यवस्था  मिलाउने भन्ने व्यहाेराकाे पत्रसाथ मिति २०७५ अाषाढ ३२ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना प्राप्त हुन अाएको हुँदा साे अनुसार गर्नु गराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ । 

  • छानविन समिति गठन गरिएको सम्बन्धमा २०७५-४-२३

    छानविन समिति गठन गरिएको सम्बन्धमा । यही मिति २०७५।४।२० गते आइतबारका दिन युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल भैरहवामा अध्ययनरत विद्यार्थी महादेव साहको उपचारका क्रममा मृत्यु भएको । सो मृत्युको विषयलाई लिएर अस्पतालमा असामान्य अवस्था सिर्जना भएकोमा सोको समाचार संकलन गर्ने क्रममा गएका संचारकर्मीहरु माथि आक्रमण तथा दुव्र्यवहार भई संचारका साधन (क्यामेरा) तोडफोड भएको । उक्त घटनाका सम्बन्धमा सो कलेजमा अध्ययनरत BDS १३ औं ब्याचका विद्यार्थीहरुले उपचार गर्ने क्रममा चरम लापरवाही र चिकित्सक समयमा नआएका कारण निज विद्यार्थीको मृत्यु भएको हुँदा आवश्यक छानविन गरी दोषीलाई अविलम्व कारवाही गरी पाउँ भनी मिति २०७५।४।२१ मा पिडित विद्यार्थीहरुको तर्फबाट निवेदन प्राप्त हुन…

  • छानविन समिति गठन सम्बन्धमा । २०७५-४-२१

    छानविन समिति गठन सम्बन्धमा ।   यही मिति २०७५।४।२० गते आइतबारका दिन युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल भैरहवामा विद्यार्थीको उपचारका क्रममा मृत्यु भएको विषयलाई लिएर अस्पतालमा असामान्य अवस्था सिर्जना भएकोमा सोको समाचार संकलन गर्ने क्रममा गएका संचारकर्मीहरु माथि आक्रमण तथा दुर्व्यवहार भई संचारका साधन (क्यामेरा) तोडफोड भएको सम्बन्धमा यथार्थता छानविन गरी दोषी उपर कारवाहीको सिफारिस गर्न यस कार्यालयका प्रशासकीय अधिकृत श्री विष्णु प्रसाद ज्ञवालीको संयोजकत्वमा ७ (सात) दिन भित्र प्रतिवेदन पेश गर्ने गरी देहाय बमोजिमका पदाधिकारीहरु रहेको एक निष्पक्ष छानविन समिति गठन गरिएको छ । देहायः १. प्रशासकीय अधिकृत श्री विष्णु प्रसाद ज्ञवाली, जिल्ला प्रशासन कार्यालय, रुपन्देही   …

  • २०७५-४-६ को कार्यालय प्रमुखहरुको बैंठकको निर्णय २०७५-४-१०

     निर्णयहरु    १. श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको च.नं. ६६५७ मिति २०७५।३।१ को पत्रबाट लेखी आए अनुसार विश्व वातावरण दिवशको अवसरमा एक नेपाली एक फलफुलको विरुवा रोप्ने कार्यक्रमलाई भाद्र मसान्त सम्म नियमितता दिने र हिउँदे फलफुलको विरुवा चैत्र मसान्त सम्म रोपण गरी सो को प्रगति जिल्ला प्रशासन कार्यालयमा उपलव्ध गराई जिल्ला भरिको प्रगति श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा एकमुष्ट पठाउने निर्णय गरियो ।  २. आ.व. २०७४/०७५ मा यस जिल्लास्थित कार्यालयहरुलाई प्राप्त अतिख्यारी र कार्यक्रमको कार्य सम्पादन तर्फ वित्तीय तथा भौतिक प्रगतिको विश्लेषणात्मक छलफल गरी चालु तर्फ ९३.७२ प्रतिशत र पुँजीगत तर्फ ८६.१९ प्रतिशत खर्च भएको र गत आ.व. भन्दा यस…

  • सार्वजनिक सूचना २०७५-४-८

    नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय, रुपन्देही (मिति २०७५/४/८)   सूचना !              सूचना !!                  सूचना !!!   संस्था दर्ता ऐन, २०३४ र ऐ. नियमावली बमोजिम स्थापित यातायात क्षेत्रसँग सम्वद्ध संघ, संस्था र समितिहरुले सवारी दुर्घटनाका घाइतेको उपचार खर्च, कर्मचारीको तलव, विजुली, पानी लगायतका अनिवार्य दायित्व पुरा गर्न बाँकी रहेको भए सो सम्बन्धी यकिन विवरण प्रमाण सहित यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिन भित्र यस कार्यालयमा पेश गर्न सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ ।         

  • निजामति सेवा दिवस मनाउने सम्बन्धी सूचना । २०७५-५-१८

    निजामति सेवा दिवस मनाउने सम्बन्धी सूचना ।

  • टाेल फ्रि नं. सम्बन्धमा २०७५-५-१४

    राहदानी अाए नअाएकाे सूचना टाेल फ्रि नं. १६१८०७१५२१०५३ मा डायल गरी जानकारी लिन सकिन्छ ।

  • २०७५-३-५ को कार्यालय प्रमुखहरुको बैंठकको निर्णय २०७५-३-१२

    २०७५-३-५ को कार्यालय प्रमुखहरुको बैंठकको निर्णय

  • घुम्ति शिविर स‌ंचालन २०७५-२-१३

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मिति २०७५।०२।११ गते यस जिल्लाको सम्मरीमाई गाउँपालिकामा संचालन गरेको घुम्ति सेवामा ४० जना पुरुष र २६ जना महिला गरी जम्मा ६६ जनालाई बंशजका आधारमा नागरिकता वितरण गरिएको ।

  • जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्धारा जारी सूचना २०७४-११-१७

    २०७४ साल फागुन १८ गते तराईका जिल्लाहरुमा फागु पूर्णिमा (होली पर्व) मनाइने सन्दर्भमा एक अर्काको इच्छा विपरित जबरजस्ति रंग हाल्ने प्लाष्टिक जन्य लोला हान्ने, फोहोर छ्याप्ने, महिला वा वालबालिका लगायत बाटोमा हिड्ने यात्रीहरुलाइ दुःख हैरानी तथा कष्ट दिने कार्य प्रचलित कानून विपरित हुने हुँदा  कसैले यस्ता कार्यहरु गर्न नपाउने र गरे गराएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा यसै सूचनाद्धारा जानकारी गराईन्छ ।

  • जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्धारा जारी सूचना २०७४-८-५

             हालै नेपाल र भारतका सीमावर्ती जिल्लाका समकक्षीहरु विच भएको बैठकको निर्णयअनुसार मित्रराष्ट्र भारतका उत्तर प्रदेशका ३ जिल्लाहरु -महाराजगंज, सिद्धार्थनगर, बलरामपुर_ मा २९ नोभेम्वर २०१७ मा हुने निर्वाचनको लागि ४८ घण्टा -नोभेम्बर २९ अगाडि_ र ७ डिसेम्वर २०१७ मा नेपालमा हुने निर्वाचनका लागि ७२ घण्टा -डिसेम्बर ४ को मध्यरात देखि डिसेम्बर ७ को मध्यरात सम्म_  यस जिल्लाको सीमा नाका बन्द -सील_ हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।  

  • २०७४ साल (सन् २०१७) को हजयात्रा सम्बन्धी सूचना २०७३-१२-७

    २०७४ साल (सन् २०१७) मा साउदी अरबकाे मक्का मदिनामा हज गर्न जान चाहने इच्छुक यस जिल्लाका नेपाली मुसलमानहरुले २०७४ वैशाख १० गते भित्र रीतपूर्वकको दरखास्त फारम, सक्कल राहदानी, हाललार्इ रु.१०००००।- (एकलाख रुपैया) राष्ट्रिय वाणिज्य बै‌‌कको भैरहवा शाखामा बुझाएको सक्कलै बैक भौचर, पासपोर्ट साइजको फोटो ३ प्रति, अटो साइजको फोटो २ प्रति लगायतका कागजातहरु सहित जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा सम्पर्क राख्नुहुन जानकारी गराइन्छ । यस सम्बन्धी विस्तृत जानकारीका लागि मिति २०७३।१२।०७ को गोरखापत्र दैनिक, यस कार्यालयकाे वेबसाइट daorupandehi.moha.gov.np एव‌ं कार्यालय समयमा यस कार्यालयमा सम्पर्क राखी बुझ्न सकिनेछ ।

  • घुम्ती शिविर २०७१-९-८

    विशेष कारण बश मिति २०७१/०९/१३ गते विष्णुपुरा गा‍.वि.स. मा घुम्ती शिविर अायाेजना हुने भनेकाेमा हालका लागि स्थगित भएकाे व्यहाेरा जानकारी गराइन्छ ।

  • घुम्ती शिविर २०७०-११-२९

    मिति २०७०-११-२९ गते सुर्यपुरा गा‍.वि.स.मा घुम्ती शिविर सम्पन्न भयो । त्यसमा ९५ वटा नागरिकता बाँडियो ।

  • नागिरकता वितरण सम्बन्धी सूचना २०६९-११-२३

    यसअघि रुपन्देही जिल्लामा नागरिकता वितरणमा CCDS सफ्टवेयर प्रयोग हुँदै आएकोमा हाल सर्वसाधारणको हितलाई मध्यनजर गर्दै नयाँ वेब बेस्ड सिटिजनसिप म्यानेजमेन्ट सिस्टम (Web Based Citizenship Management System) २०६९।११।२३ देखि लागू गरिएको व्यहोरा सर्वसाधरणको लागि सूचित गरिन्छ । साथै यस नयाँ अनलाईन सफ्टवेयरबाट कार्य गर्दा कार्य सम्पादनमा सहज तथा सरल हुने विश्वास लिएको छौ ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय