नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला ,
रुकुम पुर्व


  कार्यालयकाे परिचय

 
 
सेवा मैत्री प्रशासन — संघीयतामा सुशासन
 
रूकुम पूर्व जिल्ला नेपालकाे कान्छाे जिल्ला तथा प्रदेश न‌. ५ काे एकमात्र हिमाली जिल्ला हाे । यस जिल्लामा आदिवासी जनजाति मगर समुदायको अतिरिक्त विभिन्न जातजातिहरुको बसोबास रहेको छ । यहाँको भेष-भूषा, चालचलन, संस्कृति र चार्डपर्वमा धार्मिक विविधता रहेकाे छ । यहाँको जनजीवन भौगोलिक धरातल अनुसार प्रभावित रहेको छ। साविकको र्इलाका प्रशासन कार्यालय रुकुमकाेट,  वि.स‌. २०७४ साल आश्‍विन १९ गते देखि राज्य पुन:स‌ंरचनाकाे क्रममा स्तराेन्‍नति भर्इ जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व बनेकाे छ । हाल जिल्ला प्रशासन कार्यालय लगायत सबै कार्यालहरु रुकुमकोटमा अवस्थित रहेका छन् । 

  • ३३ वटा कसुर सम्बन्धित मुद्दा CDO ले नै हेर्ने २०७५-५-५

    अझै ३३ वटा कसुर सम्बन्धित मुद्दा सीडीओले नै हेर्ने’ २०७५ साल भाद्र ०५ गते गोरखपत्रमा प्रकाशित समाचार । सङ्घीय संरचनामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को पद खारेजी समेतका माग उठिरहेका बेला भदौ १ देखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताले भने सीडीओलाई उत्तिकै शक्तिशाली कायम राखेको छ । हालै कार्यान्वयनमा आएको अपराध संहिताको व्यवस्था अनुसार अझै ३३ विषयका मुद्दा सीडीओकै क्षेत्रधिकारमा पर्ने भएका छन् । जिल्ला अदालतमा कारबाही चल्ने मुद्दामा लगाउ भएको अवस्थाबाहेकका एक वर्षभन्दा कम सजाय हुने मुद्दा सीडीओको क्षेत्रधिकारमा परेका हुन् ।  सीडीओले हेर्ने मुद्दाहरुको विवरण कानुन, न्याय तथा संसदीय मन्त्रालय मन्त्रालयले राजपत्रमा प्रकाशनका लागि पठाइसकेको छ । संविधानले…

  • घुम्ती शिविर सन्चालन २०७५-३-४

    सुशासन (सन्चालन तथा व्यवस्थापन) ऐन, २०६४ को दफा २६ र नियमावली, २०६५  को नियम १५ बमोजिम सरकारले प्रदान गर्ने सेवाहरू नागरिकको घरदैलोमा पुर्‍याउन जिल्लाको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले संयोजन गरी घुम्ती सेवा शिविर सन्चालन गर्नुपर्ने व्यवस्था रहेको छ । जिल्ला प्रशासन कार्यालय, रुकुम पूर्वको संयोजनमा मिति २०७४।१२।०६ गते देखि २०७५।१२।०८ गते सम्म सन्चालन भएको नागरिकता घुम्ती शिविर स.प्र.जि.अ. गोकर्ण बहादुर पुनको नेतृत्वमा यस जिल्ला अन्तर्गत भूमे गाउँपालिका वडा नं. ९, चुनबाङका नागरिकहरुलार्इ नागरिकता प्रदान गरिएको थियो र त्यहाँका नागरिकहरु खुसीले लाभान्वित भएका थिए ।  जिल्ला प्रशासन कार्यालय, रुकुम पूर्वको संयोजनमा मिति २०७५।०१।१६ गते देखि २०७५।०१।२७ गते सम्म सन्चालन भएको नागरिकता…

NO record found


© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय