नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
रोल्पा


  जिल्ला प्रशासन कार्यालय, रोल्पा

  • जिल्ला प्रशासन कार्यालय रोल्पाबाट जारी सूचना २०७५-७-१६

    जिल्ला प्रशासन कार्यालय रोल्पाबाट जारी गरिएको सूचना । "CCTV/Camera जडान तथा संचालन सम्बन्धी कार्यविधि, २०७२" अनुसार जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र CCTV/Camera जडान गरी सञ्चालन गर्नुपर्ने प्रावधान रहेकोमा यस जिल्ला भित्र विभिन्न व्यक्ति, निकाय, संघ संस्था र कार्यालयहरुले अनुमति विना CCTV/Camera जडान गरि सञ्चालनमा रहेका भन्ने बुझिन आएको हुँदा यो सूचना प्रकाशित भएको छ अत: जारी भएको मितिले १५ (पन्ध्र) दिन भित्र कार्यविधिमा उल्लेख भए अनुसारको प्रकृया पुरा गरी अनिवार्य रुपमा यस कार्यालयबाट अनुमति लिई अभिलेखीकृत हुनु होला अन्यथा विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ बमोजिम कारवाही भै जाने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।

  • सूचनाको हकसम्बन्धी वार्षिक सम्पादित कार्यहरु २०७५-५-६

    सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको आ.व. २०७४।०७५ को यस कार्यालयबाट वार्षिक सम्पादित प्रमुख कार्यहरुको विवरण

  • जिल्ला प्रशासन कार्यालय रोल्पाबाट जारी सूचना २०७५-५-५

    जिल्ला प्रशासन कार्यालय रोल्पाबाट जारी अत्यन्त जरुरी सूचना   यस जिल्ल अन्तर्गत लिबाङ–दारबोट सडक खण्डमा पर्ने माडिखोलामा पुल निर्माण कार्य सञ्चालन हुन लागेको र सोको लागि ४० मिटर माथिबाट ढिस्को काट्नुपर्ने भएकोले सो सडक खण्डको बाटो मिति २०७५।०५।०८ गते देखि अर्को निर्णय नहुँदासम्म निम्न समयमामात्र बाटो खुल्ला रहने र सो बाहेक अन्य समयमा बन्दहुने हुदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ ।    खुल्ला हुने समय  विहान ५ः३० बजेदेखि विहान ७ः०० बजेसम्म  विहान ९ः३० बजेदेखि विहान १०ः३० बजेसम्म  दिउसो १ः३० बजेदेखि दिउसो २ः३० बजेसम्म बेलुका ५ः३० बजेदेखि बेलुका ७ः०० बजेसम्म   

  • घुम्ती सेवा सञ्चालन गरिएकाे । २०७५-३-३२

    यस जिल्लाको गंगादेव गाउँपालिकाको सुकाओदार भन्ने स्थानमा मिति २०७५ जेष्ठ २७ गते देखी २९ गतेसम्म र मिति २०७५।०३।३० गते रोल्पा नगरपालिकाको अति दुर्गम वडा, वडा नं. ५ को (साविक जेदबाङ गा.वि.स.) बाल प्रकाश आधारभूत विद्यालयमा घुम्ती सेवा सञ्चालन भई तपशिलका कार्यालयहरुबाट तपशिल बमोजिमको सेवा प्रदान गरिएकोले सोको प्रगति विवरण पठाईएको व्यहोरा अनुरोध छ । तपसिल सि.नं. सेवा प्रदान गर्ने निकाय सेवाको किसिम २०७५।०२।२७–२९ २०७५।०३।३० जम्मा संख्या इकाई संख्या इकाई १ जिल्ला प्रशासन कार्यालय, रोल्पा वंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र वितरण ५८४  जना  २६जना   ६२० जना २ महिला तथा बालबालिका कार्यालय, रोल्पा ज्येष्ठ नागरिक परिचय पत्र विवरण  २७  जना…

  • घुम्ति सेवा सञ्चालन गरिएको २०७५-२-३०

    यस जिल्लाको गंगादेव गाउँपालिकाको सुकाओदार भन्ने स्थानमा मिति २०७५ जेष्ठ २७ गते देखी २९ गतेसम्म एकीकृत घम्ति सेवा सञ्चालन गरी तपसिलका कार्यालयहरुबाट तपसिल बमोजिमको सेवा प्रवाह भएको छ । तपसिल सि.नं. सवा प्रदान गर्ने निकाय सेवाको किसिम संख्या कैफियत १ जिल्ला प्रशासन कार्यालय रोल्पा वंशजको आधारमा नेपाली नागरिकतको प्रमाण पत्र वितरण   ५८४ जना     २ जिल्ला स्वास्थ्य कार्यालय रोल्पा निशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण १८० जना विरामी     ३ जिल्ला कृषि विकास कार्यालय रोल्पा तरकारी किट सेट (सिमि, रायो, मुला तथा करेला) विउ विजन वितरण तथा तरकारी खेति सम्बन्धी जानकारी ३२५ जना कृषक     ४…

  • जिल्ला विपद् व्यवस्थापन समितिको बैठक र निर्णय २०७५-२-५

    प्रमुख जिल्ला अधिकारी श्री गञ्जबहादुर एम‌‌.सी. ज्यूको अध्क्षतामा अाज मिति २०७५ जेष्ठ ५ गते राजनीतिक दल,पत्रकार महासंघ, गैरसरकारी सस्था महासघ, उधोग वाणिज्य संघ, स्थानीय तहका प्रमुखहरु, नेपाल रेडक्रस सोसाइटी, पूर्वाधार र सामाजिक विकाससंग सम्बन्धित सरकारी कार्यालयका कार्यालय प्रमुहहरुकाे उपस्थितिमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी तपिसलका निर्णयहरु गरियो । तपसिल निर्णय नं. १ः–  मिति २०७४-०७-०५ गते प्रमाणिकरण भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन,२०७४ सम्बन्धि जानकारी भयोे । निर्णय नं.२ः–  गृह मन्त्रालय राष्ट्रिय आपत्कालीन कार्य संचालन केन्द्र सिंहदरवार,काठमाण्डौंको च.नं. १८२ मिति २०७४-११-२०, १९८ मिति २०७४-१२-१२, २२० मिति २०७४-१२-२९, २८७ मिति २०७५-०२-०४ र २८९ मिति २०७५-०२-०४ बाट प्राप्त पत्रहरुकाबारेमा जानकारी भयो…

  • लागू औषध निषेध तथा अवैध मदिरा नियन्त्रण कार्ययोजना २०७५-१-३१

        पृष्ठभूमिः गृह मन्त्रालयको लागू औषध निषेध तथा अबैध मदिरा नियन्त्रण र नियमन अभियान सम्बन्धी अवधारणा, सरोकारवाला निकायहरुसंगको छलफल तथा अन्तक्रियाको आधारमा स्थानीय आवश्यकता अनुसार लागू औषध निषेध तथा मदिरा नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन २०७५ जेष्ठ १ गतेबाट २०७५ कार्तिक मसान्तसम्म कार्यान्वयन गर्ने गरी निम्न अनुसारको ६ महिने कार्य योजना तयार गरिएको छ ।                                                  उद्देश्यः देशको अमूल्य जनशक्ति यूवापिढी लागू औषध दुव्र्यसनको चपेटामा पर्न गई भविष्यमा देशको उन्नति, प्रगति एवं सम्बृद्धिमा समेत ह्रस आउन नदिन…

  • जिल्ला प्रशासन कार्यालय रोल्पाबाटजारी गरिएको सूचना २०७५-१-२०

    गृह मन्त्रालयबाट हालै जारी भएकोे गृह प्रशासन सुधार कार्ययोजनाको बुँदा नं. ३० लाई कार्यान्वयनमा ल्याउने सन्दर्भमा जिल्ला सुरक्षा समितिबाट राजनीतिक दल, संघ संगठन तथा समूहबाट समय समयमा हुन सक्ने विरोध प्रदर्शनलाई थप मर्यादित, सभ्य र शान्तिपूर्ण तुल्याई आम सर्वसाधारण नागरिकको दैनिक जनजीवनलाई सहज तुल्याउने हेतुले विभिन्न पक्षहरुबाट हुने विरोध प्रदर्शनका लागि जिल्ला स्थित देहायका स्थानहरु तोकिएको हुँदा तोकिएको स्थानहरुमा मात्र विरोध प्रर्दशन गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपसिल  १. रोल्पा न.पा. वडा नं. ४ स्थित टुँडिखेलको खुल्ला चौर २. सुनिल स्मृति गा.पा. वडा नं. ४ स्थित पिपलचौतारा ३. रुन्टीगढी गा.पा. वडा नं. ५ स्थित…

  • बजार अनुगमण गरिएको २०७५-१-१३

    मिति २०७५ बैशाख ११ गते जिल्ला प्रशासन कार्यालय रोल्पाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, घरेलु विकास समिति, रोल्पा नगरपालिका, नेपाल खाद्य संस्था, रोल्पा उद्योग बाण्ज्यि संघ, पत्रकार महाँसंघ र जिल्ला प्रहरी कार्यालय सहितको सयुक्त टोलीले रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. ४ स्थित शिवालय टोल आसपास देखी खाद्य संस्थान टोलसम्म खोलिएका विभिन्न पसलहरुको दर्ता भए/नभएको, मूल्य सूची टाँस गरेको/नगरेको, साईन वार्ड राखे/नराखेको, मूल्य अभिवृद्धि/स्थायी लेखा नम्बर लिए/नलिएकोे र विभिन्न दैनिक उपभोग्य बस्तुहरुको म्याद गुज्रिए/नगुज्रिएको अनुगमण गर्दा ५ वटा पसलहरु व्यवसाय दर्ता नगरी संचालन गरेको पाईकोले १५ दिन भित्र तोकिएको कार्यालयमा दर्ता गरी स्थायी लेखा नम्बर/भ्याट नम्बर…

  • सूचनाको हकसम्बन्धी प्रमुख कार्य विवरण २०७४-११-२८

    सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको आ.व. २०७४।०७५ को कार्तिक, मंसिर र पौष महिनामा यस कार्यालयबाट सम्पादित प्रमुख कार्यहरुको विवरण

  • जिप खरिद सम्बन्धी सिलबन्दी प्रस्ताव २०७५-१-३१

    नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय रोल्पा क्याटलग÷ब्रोसर सपिङ विधिबाट जिप खरिद सम्बन्धी सिलबन्दी प्रस्ताव आव्हानको सूचना प्रथम पटक प्रकाशन मिति २०७५।०१।३१  गते   यस कार्यालयका आ.व.२०७४।०७५ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार देहाय बमोजिमको सवारी साधन सार्वजनिक खरिद ऐन २०६३ पहिलो संशोधन २०७३ को दफा ८ को उपदफा १ क ८  तथा सार्वजनिक खरिद नियमावली २०६४ चौथो संशोधन को नियम ३१ ख बमोजिम त्यस्तो सवारी साधन उत्पादक कम्पनी वा सो को आधिकारिक बिके्रताहरु बीच मात्र प्रतिस्पर्धा गराउने क्याटलग सपि विधिबाट खरिद गर्नुपर्ने भएकोले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१ ख  को उपनियम २ अनुसार देहाय बमोजिम सवारी साधनको…

  • गृह मन्त्रालयकाे अत्यन्त जरुरी सूचना २०७४-१२-८

    सरकारी सवारी साधनहरुको दुरुपयाेग नियन्त्रण सम्बन्धी श्री गृह मन्त्रालयकाे अत्यन्त जरुरी सूचना !!!

  • घुम्ति सेवा सन्चालन स्थगित गरिएको सूचना! --

    जिल्ला प्रशासन कार्यालय रोल्पाले २०७४ श्रावन ३१ र ३२ गते रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिकाको दहवनमा घुम्ति सेवा सन्चालन गरी नेपाली नागरिकताको प्रमाण पत्र वितरण गर्ने भनिएकोमा  जिल्लामा वर्षाका कारण मौसम प्रतिकुल भई घुम्ति सेवा सन्चालत गर्न कठिनाई भएकोले उक्त घुम्ति सेवा सन्चालन स्थगित गरिएको व्यहोरा  जानकारी गराईन्छ । 

  • वेपत्ता व्यक्तिहरुको नामावाली २०७४-३-२०

    सशस्त्र द्वन्द्वको क्रममा वेपत्ता पारिएका व्यक्तिहरुको नामावाली PDF File मा उपलब्ध छ Download गरी जानकारी लिनुहोला ।

  • बिस्थापित व्यक्ति परिवारको नामावाली २०७४-३-२०

    सशस्त्र द्वन्द्वको क्रममा बाध्नायात्मक अवस्वथाले अान्तिरकरुपमा बिस्थापित व्यक्ति परिवारको नामावली  PDF फाईलमा उपलब्ध छ Download गरी जानकारी  लिनुहोला । 

  • अा.व.२०७३/७४ मा राहत प्राप्त गर्नेहरुको नामावली २०७४-३-२०

    सशस्त्र द्वन्द्वको क्रममा मृत्यू भई  विगत वर्षमा ५ लाख पाईसकेका र यस आ.व.२०७३/०७४  असार मशान्त भित्र रु‍. ५ लाख पाउने मृतक र निजका नजिकका हकदारहरुको नामावली  PDF फाईलमा उपलब्ध छ Download गरी जानकारी  लिनुहोला । 



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय