नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
रसुवा


  जिल्ला प्रशासन सुधार कार्ययोजना रसुवा २०७५

 

नेपाल सरकार गृह मन्त्रालयबाट जारी गरिएको गृह प्रशासन सुधार कार्ययाेजना २०७४ तथा  समय समयमा  प्राप्त  अन्य निर्देशन, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट जारी निर्देशनका साथै जिल्लाकाे समग्र  वस्तुस्थितीका आधारमा ''जिल्ला प्रशासन सुधार कार्ययाेजना रसुवा २०७५'' जारी गरिएको छ । कार्ययाेजना तयारीकाे क्रममा  कार्ययोजना सम्बद्ध व्यक्ति,पदाधिकारी तथा निकायहरु (कर्मचारी/आधिकारीक ट्रेड युनियन,विषयगत कार्यालयहरु,स्थानीय तहका जनप्रतिनिधिहरु,नागिरक समाज, राजनैतिक दल लगायत) काे राय सुझाव समेत समावेश गरीएकाे छ । कार्ययाेजनाकाे प्रभावकारी कार्यान्वयनबाट रसुवा जिल्लाकाे समग्र सार्वजानिक प्रशासन स्वच्छ,सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचार रहित तथा जनउत्तरदायी भइ सुशासन कायम हुने तथा समग्र विकास र सम्वृद्विमा सहयोगी हुने अपेक्षा गरिएको छ । कार्ययाेजना बमोजिमका क्रियाकलापहरु कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय रसुवा सम्वद्ध पक्षहरुस‌ग अनुरोध गर्दछ ।

 

  • लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान सम्बन्धमा २०७५-७-३

    मिति २०७५ म‌ंसीर ०९ गते देखि ऐ.२४ गतेसम्म लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान मनाउने सम्बन्धमा श्रीमान् प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलज्यूको अध्यक्षतामा वसेको वैठकमा निम्नानुसार निर्णय भएकोले सोही अनुसार विभिन्न गतिविधिहरु सञ्चालन गरी लैङ्गिक हिंसाजन्य सामाजिक अपराध न्यूनिकरणमा सहयोग गरिदिनुहुन सम्वद्व सरोकारवालाहरु समक्ष अनुरोध छ । १६ दिने अभियानका क्रममा गरिने क्रियाकलापहरु १. लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान  २०७५ लाइ भव्यताका साथ सम्पन्न गर्न  विभिन्न कार्यक्रम सञ्चालन गर्न सबै  गाँउपालिकाहरुलाइ अनुरोध गर्ने । २. माध्यमिक विद्यालयमा तोकिएका सामाजिक अपराध न्यूनिकरण सम्पर्क शिक्षक(Focal Person) हरुको नेतृत्वमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाइ  लैङ्गिक हिंसा न्यूनिकरणका बारेमा समुदाय सचेतना (Community Awareness)…

  • अपाङ्गता परिचय पत्र सम्बन्धमा २०७५-८-४

    अपाङ्ता भएका व्यक्तिहरुको परिचय-पत्र साविकमा महिला तथा बालबालिका कार्यालयबाट वितरण हुने गरेकोमा हाल उक्त कार्यालय खारेज भई स्थानीय तहमा समायोजन भई सकेकाे र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले समेत  अपाङ्गता परिचय-पत्र स्थानीय तहबाटै वितरण गर्ने व्यवस्था गरेअनुसार  महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट  जारी गरिएको "अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि(नमूना), २०७५ अनुसार सबै स्थानीय तहहरुले आ-आफ्नो कार्यविधि तर्जुमा /स्वीकृत गरी अपाङ्गता परिचय-पत्र व्यवस्थापन गर्नु/गराउनु हुन अनुरोध छ । साथै अपाङ्गता भएका व्यक्तिहरुले परिचय-पत्र प्राप्तिका लागि उप्रान्त सम्बन्धित स्थानीय तहमा सम्पर्क गर्नुहुन समेत अनुरोध छ ।  अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि (नमूना), २०७५ यसै साथ स‌ंलग्न छ ।

  • घटना दर्तासम्बन्धि व्यवस्था स्पष्ट पारिएको २०७५-७-२७

    मुलुकी देवानी (संहिता) ऐन र मुलुकी अपराध (संहिता) ऐन  २०७४ को कार्यान्वयन पश्चात जन्म मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने)ऐन २०३३ को साविकको व्यवस्था वमोजिम २०७५ भाद्र १ गते पश्चात २० वर्ष नपुगी भएको विवाह,वालविवाह र बहुविवाहको दर्ता साथै आमा र बाबुको उमेर २० वर्ष पुरा नभइ जन्मेको वच्चाको जन्म दर्ता सम्बन्धमा  द्विविधा उत्पन्न भएको सम्वन्धमा विभिन्न स्थानीय तहका स्थानीय पञ्जीकाधिकारीहरुबाट जानकारी माग भइ रहेकोले सो सम्बन्धी निर्देशन अध्ययन गरी सोही अनुसार कार्यान्वयन गर्नु गराउनुहुन सबै स्थानीय तहहरुलाइ अनुरोध छ । प्रमुख जिल्ला अधिकारी

  • विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना (DPRP) २०७५ २०७५-७-८

    जिल्ला विपद् व्यवस्थापन समिति रसुवाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्री कृष्ण पौडेलज्यूको अध्यक्षतामा मिति २०७५।०६।२१ गते वसेको जिल्ला विपद् व्यवस्थापन समिति रसुवाको बैठकबाट विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना(Disaster Preparedness and Recovery Plan)रसुवा २०७५ स्वीकृत गरिएको छ ।  उक्त योजना जिल्लाका विपद व्यवस्थापन सम्वद्व सबै सरोकारवालाहरुको पृष्ठपोषणका आधारमा तर्जुमा गरिएकोले यसको सफल कार्यान्वयनका लागि  समेत सवे पक्षमा हार्दिक अनुरोध छ । विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना(Disaster Preparedness and Recovery Plan)रसुवा २०७५ का मुख्य विशेषताहरु निम्नानुसार रहेका छन; १.  विगतका विपद् व्यवस्थापन सम्बन्धि योजना,जोखिमको प्रवृत्ति तथा स्थानीय  जनप्रतिनिधिहरुवाट प्राप्त तथ्याँकका आधारमा सम्भावित जोखिम तथा संकटासन्नताको अवस्था पहिचान गरी सबै सरोकारवालाहरुको पृष्ठपोषणाका आधारमा  योजना तर्जुमा गरिएको …

  • नेपाल-चीन(रसुवा-केरुङ)द्विपक्षीय सीमा वैठक सम्पन्न २०७५-६-२७

    Keyrung Frontier Inspection Station Keyrung, People Republic of China को निमन्त्रणा अनुसार मिति २०७५।०६।२४ गते (तदनुसार १० अक्टुवर)  रसुवा र चीनको स्वशाशित क्षेत्र तिव्वत अन्तर्गत जिलोङ काउण्टी स्थीत जनवादी गणतन्त्र चीन सरकारका प्रतिनिधिहरु विच केरुङमा सिमा वैठक सम्पन्न भएको छ । उक्त वैठकका रसुवा जिल्लाका तर्फवाट प्रमुख जिल्ला अधिकारी श्री कृष्ण पौडेल तथा सुरक्षा अधिकारीहरु सहित ७ जना तथा चिनिया सरकारका तर्फवाट Keyrung Frontier Inspection Station Keyrung, People Republic of China का Director/ Cornel Mr. gao Huihai को नेतृत्तवमा था भन्सार,अध्यागमन अधिकारी सहित ५ जना सदस्यहरुको सहभागिता रहेको थियो । उक्त बैठकमा दुइ देश विचको सीमा सुरक्षा,सीमा तथा भन्सारजन्य गतिविधि एवम्…

  • सवारी साधन प्रयोग गरी हुने तस्करी नियन्त्रण तालिम २०७५-६-८

    जिल्ला प्रशासन सुधार कार्ययोजना रसुवा २०७५ मा उल्लेख भएबमोजिम  सवारी साधन प्रयोग गरी हुने चोरी तस्करी नियन्त्रण गर्नका लागि जिल्ला प्रशासन कार्यालय तथा लामटाङ राष्ट्रिय निकुन्ज रसुवाको संयुक्त आयोजनामा मिति २०७५।०६।०७ र ०८ गते टिमुरे रसुवामा  सुरक्षाकर्मीहरुका लागि क्षमता विकास तालिम सम्पन्न भएको छ । तालिम कार्यक्रममा नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी वल तथा राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीहरु गरी जम्मा २५ जना सुरषाकर्मीहरुको सहभागीता रहेको थियो । सवारी साधनहरुमा फल्स वटम वनाइ हुने चोरी तस्करी नियन्त्रणका लागि फल्स वटन बनाउन सकिने सम्भावित स्थानहरुका वारेमा  विज्ञ प्रशिक्षकबाट प्रयोगात्मक अभ्यास सहितको तालिम सञ्चालन गरिएको थियो ।  यस्ता कार्यहरुबाट प्रविधिमैत्री सुरक्षा चेकजाँचमा सुरषाकर्मीहरु सक्षम हुने…

  • सामाजिकअपराध न्यूनीकरण सम्वन्धीअन्तरक्रिया सम्पन्न २०७५-६-७

      ''जिल्ला प्रशासन सुधार कार्ययोजना  रसुवा २०७५'' बमोजिम जिल्ला प्रशासन कार्यालयको आयोजनामा  सामाजिक अपराध न्यूनिकरणमा स्थानीय तहको भुमिका विषयक अन्तर्क्रिया   कार्यक्रम कालिका गाँउपालिकामा मिति २०७५।०६।०५  र उत्तरगया गाँउपालिकामा २०७५।०६।०६ गते  श्रीमान् प्रमुख जिल्ला अधिकारी श्री कृष्ण पौडेलज्यूको अध्यक्षतामा सम्पन्न  भएको छ । अन्तर्क्रिया कार्यक्रममा गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्यहरु तथा पत्रकार, माइती नेपाल लगायतका संघसंस्थाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा खासगरी समाजमा घटीरहने सामाजिक अपराधहरु जस्तै जवर्जस्ती करणी, घरेलु हिंसा/लैङिक हिंसा, मानव वेचविखन तथा ओसारपसार, वालविवाह, वहुविवाह, साइवर अपराध,लागु औषध लगायतका बारेमा मुलुकी अपराध संहितामा भएका कानुनी प्रावधान तथा  सजाय निर्धारण कार्यविधिका वारेमा जानकारी गराउनुका साथै उक्त अपराधहरुको…

  • मानव वेचविखन,ओसारपसार नियन्त्रण जिल्ला समिति वैठक २०७५-५-१९

    मानव वेचविखन लगायतका सामाजिक अपराधहरू न्यूनिकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम,श्रव्यदृष्य सामाग्री प्रशारण गर्ने सम्बन्धमा जिल्ला प्रशासन सुधार कार्ययोजना २०७५ मा उल्लेख भएअनुसार २०७५ भाद्र २० गते '' संघियताको महत्वपूर्ण सार, मावन वेचविखन अन्त्यका लागि जिम्मेबारी र सहकार्य सहित गरौ खवरदार '' मूल नाराका साथ १२ औ मानव वेचविखन तथा ओसारपसार विरुद्वको राष्ट्रिय दिवस मनाउने सन्दर्भमा मानव वेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी श्री कृष्ण पौडेलज्यूको अध्यक्षतामा वसेको वैठकमा निम्नानुसार निर्णय भएकोले सोही अनुसार गर्नु गराउनु हुन सबै स्थानीय तह,विद्यालयहरु,संघसंस्था तथा सम्पूर्ण सरोकारवालाहरुमा जिल्ला प्रशासन कार्यालय हार्दिक अपील गर्दछ । निर्णयहरु निर्णय न. १ - मिति २०७५/०५/२०…

  • निजामती सेवा दिवस २०७५ भव्यताका साथ सम्पन्न २०७५-५-२२

    ''नतिजामुखी प्रशासन;सम्वृद्धि र सुशासन '' भन्ने मुल नाराका साथ निजामती सेवा दिवस २०७५ सम्पन्न भएको छ । निजामती सेवा दिवस समारोह समितिबाट विभिन्न कार्यक्रमको आयोजना गरी दिवस सञ्चालन भएको छ । निजामती सेवा दिवसका अवसरमा निम्नानुसार कार्यक्रमहरु सञ्चालन गरिएको थियो । क. कारागारमा रहेका कैदी ,थुनुवाहरुको लागि स्वास्थ्य परीक्षण शिविर र फलफुल वितरण कार्यक्रम (२०७५।०५।२१) (कारागार कार्यालय रसुवाका कैदी वन्दीहरुका साथमा श्रीमान् प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल,कालिजंग गणका गणपति प्रमुख सेनानी शितलबहादुर वानिया,जिल्ला न्यायधिवक्ता लगायत कर्मचारी मिलन केन्द्र तथा कर्मचारी संगठनका पदाधिकारीहरु) ख.  अतिरिक्त क्रियाकलाप सञ्चालन १. व्याटमिन्टन प्रतियोगिता(डवल- खुल्ला) (२०७५।०५।२१)           २. कविता प्रतियोगिता (खुल्ला)…

  • JDS अध्ययन/छात्रवृतिमा आवेदन दिने सम्बन्धी सूचना २०७५-५-६

    JDS अध्ययन/छात्रवृतिमा आवेदनका लागि कर्मचारीहरु मनोनयन गर्ने सम्बन्धमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जरुरी सूचना । तपसिल अनुसारको अध्ययन/तालिम कार्यक्रममा सवै निकायबाट योग्यता पुगेका कर्मचारीहरुलाई छात्रवृतिमा आवेदनका लागि मनोनयन गर्ने गरी निजामती सेवा ऐन, २०४९(संसोधन सहित) को दफा ४०ख को उपदफा(३)बमोजिम गठित  समितिको २०७५/०४/२९ को बैठकबाट निर्णय भएको हुँदा उक्त कार्यक्रममा उपयुक्त उम्मेदवार मनोनयन गरी अर्थ मन्त्रालय, अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा पठाउनुहुन तथा मनोनयन गरिएको कर्मचारीको संकेत नं.समेत उल्लेख गरी सो को जानकारी यस मन्त्रालयमा समेत अनिवार्य रुपमा उपलब्ध गराउने व्यवस्था हुन जानकारी गराईन्छ । क्र.सं. अध्ययन/तालिम/सेमिनारको विषय सिट संख्या अध्ययन तालिमको अवधि फारम भर्ने मिति अवसर प्रदान गर्ने…

  • अपाङ्गता व्यक्तिहरुको परिचयपत्र सम्बन्धि अनुरोध २०७५-८-४

    अपाङ्ता भएका व्यक्तिहरुको परिचय-पत्र साविकमा महिला तथा बालबालिका कार्यालयबाट वितरण हुने गरेकोमा हाल उक्त कार्यालय खारेज भई स्थानीय तहमा समायोजन भई सकेकाले उप्रान्त अपाङ्गता परिचय-पत्र स्थानीय तहबाटै वितरण गर्ने सन्दर्भमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट २०७५ म‌ंसिर ०३ गतेमा जारी गरिएको "अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि(नमूना), २०७५ अनुसार स्थानीय तहहरुले आ-आफ्नो कार्यविधि तर्जुमा स्वीकृत गरी अपाङ्गता परिचय-पत्र व्यवस्थापन गर्न/गराउनु हुन अनुरोध छ । साथै अपाङ्गता भएका व्यक्तिहरुले परिचय-पत्र प्राप्तिका लागि उप्रान्च सम्बन्धित स्थानीय तहमा सम्पर्क गर्नुहुन समेत अनुरोध छ ।  अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७५ यसै साथ स‌ंलग्न छ ।

  • CCTV/Camera जडान तथा सचालन सम्बन्धि जरुरी सूचना २०७५-७-१६

    यस जिल्लामा घट्न सक्ने सामाजिक अपराध अनुसन्धान र नियन्त्रण गर्ने कार्यमा सुरक्षाका विद्युतीय साधनहरु  CCTV/Camera को प्रयोगमा प्रभावकारीता वढाउन आवश्यक रहेकोले यस जिल्ला अन्तर्गत CCTV/Camera भएका सार्वजानिक क्षेत्र,व्यापारिक क्षेत्र तथा नीजि प्रयोगकर्ताहरुले सो को विवरण यथासिघ्र यस कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध छ । साथै आगामी दिनमा CCTV/Camera जठान गर्न इच्छुकहरुले CCTV/Camera जडान तथा सचालन सम्बन्धि कार्यविधि २०७२ बमोजिम यस कार्यालयको पूर्व अनुमति लिएर मात्र जडान तथा सञ्चालन गर्नु गराउनुहुन अनुरोध छ ।

  • मनसुन जन्य प्रकोप (पहिरो)बाट सतर्क रहने सम्बन्धमा २०७५-३-२५

    मनसुनजन्य प्रकोप (पहिरो र वाढी) बाट रसुवा जिल्ला उच्च जोखिममा रहेको व्यहोरा सर्वविदितै छ । हाल निरन्तरको झरी, वर्षाका कारण पहिरोबाट उच्च जोखिममा रहेका निम्न स्थानहरुमा वसोवास गर्ने स्थानीय वासिन्दाहरु विशेष तर्क रहनुपर्ने अवस्था रहेको छ । जोखिमयुक्त स्थानका जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरु विषेश चनाखो रहनुहु अनुरोध छ ।  विपत सम्बन्धि कुनै सूचना भए तुरुन्त ०१० ५४००१९ (हटलाइन)मा सम्पर्क गरी जानकारी गराइदिनु होला । विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि पूर्वतयारी,प्रतिकार्य तथा पूनर्लाभका गतिविधिहरु सञ्चालन गर्ने गरी मनसुन आपतकालिन कार्ययोजना २०७५ तर्जुमा गरी कार्यान्वयन भैरहेको छ ।  विपत् सम्बन्धि कुनैपनि घटनाको जानकारी पाएको ५ मिनेट भित्र विपद व्यवस्थापन सम्बद्ध पदाधिकारीहरु(सबै…

  • ''स्वास्थ्य सुविधा सहितको सार्वजानिक सेवा'' २०७५-२-२८

    जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको ''जिल्ला प्रशासन सुधार कार्ययोजना २०७५'' कार्यान्वयनको क्रममा रहेको छ । सोही कार्ययोजना अनुसार २०७५ जेष्ठ २७ गते देखि हरेक हप्ताको आइतवार सेवा ग्राहीहरुको उच्च चाप रहेका कार्यालयहरु; जिल्ला प्रशासन कार्यालय,मालपोत कार्यालय र नापी कार्यालयमा सबै सेवाग्राहीहरुको लागि निशुल्क स्वास्थ्य परिक्षण सुरु भएको छ । आगामी दिनमा समेत रहेक आइतवार नियमित रुपमा स्वास्थ्य परीक्षण हुने हुदा सबै सेवाग्राहीहरुलाइ आफ्नो स्वास्थ्य परीक्षण गराउनुहुन जानकारी गराइन्छ । यो जानकारी सबै स्थानीय तह मार्फत सेवाग्रहीहरुलाइ हुन समेत अनुरोध छ । यस कार्यमा जिल्ला स्वास्थ्य कार्यालयले पुर्याएको सहयोग प्रति जिल्ला प्रशासन कार्यालय आभार व्यक्त गर्दछ ।

  • जिल्ला प्रशासन सुधार कार्ययाेजना २०७५,रसुवा २०७५-२-२०

    जिल्ला प्रशासन सुधार कार्ययाेजना २०७५,रसुवा

  • मदिरा बेच बिखनमा निषेध सम्बन्धमा २०७४-८-३

    मदिरा बेच बिखनमा निषेध सम्बन्धमा मिति २०७४०८०१ गते बसेको जिल्ला सुरक्षा रसुवाको बैठकबाट मदिरा सेवनको कारण सर्वसाधारण जनताको दैनिकी, मतदाता, मतदान सम्बन्धि गतिबिधि र निर्वाचन प्रचार प्रसारमा प्रभाव पारी शान्ति सुरक्षाको व्यवस्थामा असर पार्ने भएकोले मंसीर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूको निर्वाचन सम्बन्धी गतिबिधि सम्पन्न नभएसम्म मदिरा व्यावसायीहरूले यस जिल्लामा मदिरा बेच बिखन गर्न निषेध गर्ने निर्णय भएको हुँदा सोहि अनुसार गर्न गराउन हुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय, रसुवा ।

  • सवारी खरिद सम्बन्धमा २०७४-५-२७

    नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय, रसुवा    सवारी साधन खरिद सम्बन्धमा  प्रथम पटक प्रकाशित मिति: २०७४।०५।२८   यस कार्यालयलाई आवश्यक भएको देहाय बमोजिमका सवारी साधन सार्वजनिक खरिद ऐन,२०६३ को दफा ८ को उपदफा (१)(क)(८) तथा सार्वजनिक खरिद नियमावली,२०६४ को नियम ३१ख बमोजिम त्यस्तो सवारी साधन उत्पादक कम्पनी वा सो को आधिकारिक विक्रेताहरु विच मात्र प्रतिस्पर्धा गराउने (क्याटलग सपिङ्ग) विधिबाट खरिद गर्नुपर्ने भएकोले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१ ख को उपनियम २ अनुसार देहाय बमोजिमको स्पेशिफिकेशन, गुणस्तर, मूल्य र सुविधा सहितको विवरण(क्याटलग वा ब्रोसर) संलग्न राखि यो सूचना प्रकाशित भएको मितिले १० (दश) दिन भित्र यस कार्यालयमा निवेदन दर्ता गर्न हुन सम्बन्धित उत्पादक वा आधिकारिक…

  • जिल्ला दैवि प्रकोप उद्दार समितिDDRC) रसुवा,को मिति २०७४-४-२४

    जिल्ला दैवि प्रकोप उद्दार समितिDDRC) रसुवा,को मिति २०७४।०४।२४  गतेको वैठकमा गरीएको निर्णयहरु

  • मनसुन पुर्वतयारी कार्ययाेजना, २०७४ २०७४-४-२

    मनसुन पुर्वतयारी कार्ययाेजना, २०७४

  • जिल्ला दैवि प्रकोप उद्धारसमितिको निर्णय २०७४-३-२२

    मिति २०७४।०३।२१ मा बसेको जिल्ला दैवि प्रकोप उद्धार समितिको निर्णय



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय