नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
पाँचथर


  पाँचथर जिल्लाको संक्षिप्त परिचय

  • जिल्ला प्रशासन कार्यालय, पाँचथरमा आफ्नो काम कारवाहीसँग सम्बन्धित कुनै गुनासो, पीरमर्का, अनियमितता, ढिलासुस्ती जस्ता विषयमा सम्बन्धित सेवाग्राहीहरुले सीधै आफ्नो मौखिक गुनासो, उजुरी, शिकायत र सुझाव दिन टोल फ्रि नम्बर १६६०२४५२१११ र ईमेल ठेगाना dpanchthar@gmail.com मा सम्पर्क गर्नुहोस् । ।

पाँचथर जिल्लाको संक्षिप्त परिचय

पाँचथर नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तरगत मेची अञ्चलको मध्य पहाडी जिल्ला हो । यो जिल्लाको क्षेत्रफल १२४१ वर्ग कि. मि. मा फैलिएको छ । विकट तर मनोरम धरातलीय बनोट, उच्च भू–भाग र यहाँ पाइने बहुमूल्य जडीबुटीहरू जस्तैः पोट्लिङ्गो, गुराँस, धुपी, चिराइतो जस्ता वनस्पति आदिले यस जिल्लाको पर्यटकीय आकर्षण पनि उत्तिकै बढि रहेको छ । यो जिल्ला पल्लो किरातको नामले पनि प्रसिद्ध छ । यस जिल्लाको नामाकरण कसरी भयो भन्ने कुनै स्पष्ट कुनै आधार नदेखिएता पनि शोधकर्ताहरूका आधारमा पाँचथर “पान्थरथुम” शब्दबाट नामाकरण भएको भन्ने भनाई रहेको छ । पान्थरथुम शब्द पान्थरू र थुम मिलेर बनेको शब्द हो । पान्थरूको अर्थ कुरामा सहमति मिलेको (Agreed), र थुमको अर्थ ईलाका वा किल्ला (District) हो ।  किराँत इतिहासका पुराना साहित्यहरूमा इस्वी सम्वत ५५० ताकाको ऐतिहासिक वर्णनमा नै “पान्थर” शब्द प्रयोग भएको पाइन्छ । प्रशासनिक तथा राजनैतिक विभाजन अनुरूप पाँचथरलाई ७ गाँउपालिका १ नगरपालिकामा विभाजन गरिएको छ ।  २०६८ को जनगणनाअनुसार यस जिल्लाको कुल जनसंख्या १९१,८१७ छ । यस जिल्लामा लिम्वू, राई, मगर, गुरुङ, सुनुवार माझी, भुजेल र तामाङ, जस्ता जाती जनजातिको बसोबास तथा छुट्टाछुट्टै भाषा र संस्कृति छ । यो जिल्ला विभिन्न किसिमका धर्म र संस्कृति मान्ने जात जाती र भाषा भाषीको संगम स्थल पनि हो । पाँचथर जिल्लामा ऐतिहासिक, धार्मिक, सांस्कृतिक र जैविक विविधता सम्पन्न पर्यटकीय स्थलहरू पनि छन् ।

भौगोलिक अवस्थिति

नेपालको मानचित्रमा पाँचथर जिल्लाको फैलावट २६.२८ देखी २६.५९ उत्तरी अक्षांश र ८०.०२  देखी ८७. ३० पूर्वी देशान्तरमा अवस्थित छ । यस जिल्लाको पूर्वमा भारतको सिक्किम र दार्जिलिङ्ग, पश्चिममा तेह्रथुम र धनकुटा उत्तरमा ताप्लेजुङ तथा दक्षिणमा इलाम र मोरङ जिल्लासँग सिमाना जोडिएको छ । यस जिल्लाको कूल क्षेत्रफल १,२५,२८९ हे. (१२४१ व.कि.मि.) मध्ये भू–उपयोगको दृष्टिकोणमा कृषियोग्य क्षेत्रफल ६५,५४७ हे., वनजंगलले ढाकेको भू–भाग ५७,७०७ हे., सामुदायिक वनले ढाकेको क्षेत्रफल १३,२४३ हे., कवुलियती वनले ढाकेको क्षेत्रफल ५६४ हे., बुट्यान क्षेत्र ७,८८७ हे., चरन क्षेत्र ५,२९२ हे., सिंचित क्षेत्रफल ८,६७१ हे., बाह्रै महीना सिंचित हुने ७५० हे., आंशिक सिंचाई हुने ७,९२१ हे. रहेको छ ।

हावापानी तथा जलवायु

अधिकतम तापक्रम २६.१ डिग्री सेल्सियस र न्युनतम १२.३ डिग्री सेल्सियस मापन गरिएको पाईने यस जिल्लामा बार्षिक कुल औसत बर्षा २०७१ मि.मि. सम्मको मापन रहेको छ ।

ठूला नदीहरु
पाँचथर र तेह्रथुम सिमाना भइ वग्ने सप्तकोशीको सहयाक तमोर नदी साथै पाँचथर र ताप्लेजुङ्गको सिमाना भइ वग्ने कावेली नदी गरी २ ठुला नदीहरु रहेका छन् ।
वन सम्पदा

पाँचथर जिल्ला वन सम्पदाको दृष्टिकोणले पनि धेरै धनी मानिन्छ । यस जिल्लाम निजी, सामुदायिक, सरकारी र कबुलियत वनहरु रहेका छन् । यस जिल्लामा हाल सम्म २९ कबुलियत वन रहेको छ जसले ६५८ घरधुरीलाई प्रत्यक्ष फाईदा पुर्याएको छ भने २६९ सामुदायिक वनहरु रहेको छ, जसले १३,९०५ लाई प्रत्यक्ष लाभान्वित पुर्याएको छ । यस जिल्लाको हावापानी र भौगोलिक विविधताका कारण पनि यहाँको वन र वनसम्पदामा विविधता पाइन्छ । यस जिल्लाको तल्लो भागमा भागमा तातो हावापानी भएको कारण साल सिसौ आदि जस्ता कडा काठका रुखहरु पाईन्छ भने माथिल्लो भागमा चिसो हावापानीमा पाईने रुख बिरुवाहरु पाईन्छ ।

  • सामाजिक सञ्जालहरुको प्रयोग एवं सञ्चालन गरिएको २०७५-७-९

     सामाजिक सञ्जालहरुको प्रयोग एवं सञ्चालन गरिएको ।   सरकारी निकायहरुमा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि, २०७५ अनुरुप तपशील बमोजिमका सामाजिक सञ्जालमार्फत यस कार्यालयबाट सम्पादित कार्यहरुको गतिविधि प्रवाह हुने व्यवस्था छ । यी सामाजिक सञ्जालमार्फत शान्ति सुरक्षा, विपद् सेवा प्रवाह, सुशासन कायम गर्ने लगायतका बिषयमा आफूलाई परेका कुनै पनि गुनासाहरु एवं सुझाव राख्न सक्नु हुनेछ । व्यक्तिगत लान्छाना लगाउने, चरित्र हत्या गर्ने, सामाजिक सद्भाव भड्काउने, गाली गलौज गर्ने प्रकृतिका सूचनाहरु प्रयोग हुने छैनन् भन्ने कुरामा हामी विश्वस्त छौं । यस्ता सूचनाको प्रयोग कानूनद्वारा नै दण्डनीय हुनेछन् । यहाँहरुको सकरात्मक सुझाव सल्लाह सदैव मार्गदर्शक हुनेछन् ।                                                                                          तपशील:- Website       : -   …

  • जिल्ला विपद् पूर्व तयारी प्रतिकार्य योजना २०७५ २०७५-७-९

    जिल्ला विपद् पूर्व तयारी प्रतिकार्य योजना तेस्रो संस्करण पुनरावलोकन सहित २०७५

  • मनसुन विपद् जोखीम न्यूनीकरण कार्ययोजना २०७५ २०७५-७-९

    मनसुन विपद् जोखीम न्यूनीकरण कार्ययोजना, २०७५

  • २०७५ साल भाद्र २९ सम्मको राहदानी(M.R.P) बनी आएको २०७५-६-२३

    मिति २०७५ साल भाद्र २९ गतेसम्म यस कार्यालयमा राहदानी (M.R.P)फाराम पेश गर्नेहरुको राहदानी बनी आएकोले वितरण भईरहेको जानकारी गरिन्छ ।

  • १ नं. प्रदेशका प्रमुख सचिव एवं क्षेत्रीय प्रशासक २०७५-६-२३

    १ नं. प्रदेशका प्रमुख सचिव एवं क्षेत्रीय प्रशासक श्रीमान् केदार न्यौपानेज्यू विशेष उपस्थितिमा पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका अध्यक्ष श्री प्रकाशचन्द्र अधिकारीज्यूको अध्यक्षतामा मिति २०७५ साल आश्विन २३ गते विहान ८.०० बजेको समयमा जिल्ला प्रशासन कार्यालयको सभाहलमा जिल्ला सुरक्षा समितिको बैठक बसी नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी शान्ति सुरक्षा अवस्थालाई चुस्त बनाई राख्न र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन एवं जिल्लाको विकास निर्माण लगायतका विषयमा छलफल अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

  • जिल्लास्थित कार्यालयका सूचना अधिकारीज्यूहरुको बैठक २०७५-६-४

    मिति २०७५ साल असोज ४ गते बिहिवारका दिन प्रमुख जिल्ला अधिकारी श्री प्रकाशचन्द्र अधिकारीज्यूको अध्यक्षतामा बसेको पाँचथर जिल्लास्थित कार्यालयका सूचना अधिकारीहरुको बैठकमा विविध विषयहरुमा छलफल भई देहायबमोजिम निर्णय गरियो । देहायः- १. सार्वजनिक सेवा प्रवाहलाई पारदर्शीता, जवाफदेही, छिटो छरितो बनाउन सबै कार्यालयले सूचनाको हक सम्बन्धि ऐन नियममा उल्लेखित व्यवस्थाको प्रभावकारी ढंगले कार्यान्वयन गर्ने २. प्रत्येक सार्वजानिक निकायले सूचनाको हक सम्बन्धि ऐन, २०६४ बमोजिम प्रत्येक ३ महिनामा प्रकाशन गर्नुपर्ने स्वतः प्रकाशन अनिवार्य गरी सार्वजानिक गर्ने ।

  • जिल्लास्थित कार्यालय प्रमुखज्यूहरुको बैठकको निर्णय २०७५-६-५

    मिति २०७५ असोज ५ गते प्रमुख जिल्ला अधिकारी श्री प्रकाशचन्द्र अधिकारीज्यूको अध्यक्षतामा बसेको पाँचथर जिल्लाका कार्यालय प्रमुखज्यूहरुको बैठकमा विविध विषयहरुमा छलफल भई देहायबमोजिम निर्णय गरियो ।  देहायः १. सबै कार्यालयहरुले सार्वजनिक खर्चमा मितव्यिता कायम गर्न मापदण्ड २०७५ को पूर्व पालना गर्नुको साथै आ-आफ्नो कार्यालयको बेरुजु फछयौर्ट कार्ययोजना तयार गरी कार्यालयको बेरुजु कम गर्ने/शून्य बनाउने । २.नेपालीहरुको महानचाडँ वडादशैँ तथा दिपावली( तिहार) २०७५ को सरकारी विदाको समयमा जिल्ला स्थित सरकारी कार्यालयहरुको सुरक्षाको दृष्टिले आ-आफ्नो कार्यालयहरुमा निम्न अनुसारको व्यवस्था मिलाउने । निम्न ​क. जिल्ला स्थित सबै कार्यालयहरुमा विदाको समय कर्मचारीहरुको पालो पहराको भरपर्दो व्यवस्था मिलाउने साथै पालोमा बस्ने कर्मचारी तथा निजको मोवाईल…

  • २०७५ साल भाद्र १४ सम्मको राहदानी(M.R.P) बनी आएको २०७५-६-७

    मिति २०७५ साल भाद्र १४ गतेसम्म यस कार्यालयमा राहदानी (M.R.P)फाराम पेश गर्नेहरुको राहदानी बनी आएकोले वितरण भईरहेको जानकारी गरिन्छ ।

  • ३ वर्षसम्म नवीकरण नभएका गै.स.सं सम्बन्धी ३५ दिने २०७५-६-५

                                                                                                                                        मितिः- २०७५।०६।०५ जिल्ला प्रशासन कार्यालय, पाँचथरको अत्यन्त जरुरी सूचना ।   पाँचथर जिल्लाभित्र कार्यक्षेत्र बनाई संस्था दर्ता ऐन, २०३४ बमोजिम यस कार्यालयमा दर्ता भएका गैर सरकारी संस्था तथा प्रतिफल वितरण नगर्ने संस्था (यातायात सम्बद्ध बाहेक)…

  • ०७५ भाद्र २७ र २८ मा सञ्चालित नागरिकता घुम्ती सेवा २०७५-५-२९

    जिल्ला प्रशासन कार्यालय, पाँचथरको संयोजनमा मिति २०७५ साल भाद्र २७ र २८ गते याङवरक गाउँपालिका वडा नं. ४ र ५  को संयुक्त रुपमा वडा नं. ४ स्थित मेदिबुङ उ.मा.वि. थर्पू, र ६ नं. वडा कार्यालय, परेवाडाँडामा नागरिकता घुम्ती शिविर सेवा कार्यक्रम सम्पन्न भयो । उक्त घुम्ती सेवा कार्यक्रममा महिना ९७ र पुरुष ८४ गरी जम्मा १८१ जना सेवाग्राहीहरुले नेपाली नागिरकताको प्रमाण-पत्र  प्राप्त गरेका थिए ।

  • राहदानी (M.R.P) बापतको राजश्व शूल्क बैंक दाखिला २०७४-१०-२४

    उपरोक्त सम्बन्धमा राहदानी (M.R.P) बापतको राजश्व शूल्क यस कार्यालयमा नगदै लिने गरिएकोमा मिति २०७४ फाल्गुण १ गते देखि नेपाल बैंक लिमिडेट, फिदिम शाखाको राजश्व खाता नं. क १११८ मा जम्मा गरी भौचर यस कार्यालयको राहदानी शाखामा दाखिला गर्नुहुन सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।

  • अनुमती प्राप्त र अत्यावश्यक सवारी साधन चलाउने बारे २०७४-८-७

    मिति २०७४।०८।१० गते आइतबारका दिन प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका दिन अनुमती प्राप्त र अत्यावश्यक सवारी साधनबाहेक अन्य नीजि तथा सार्वजनिक सवारी साधनहरु चलाउन नपाउने व्यहोरा जानकारी गराईन्छ ।

  • अनुगमन भ्रमण २०७४-७-२७

    क्षेत्रीय सुरक्षा समितिका पदाधिकारीहरुको पाँचथर जिल्ला अनुगमन भ्रमण

  • जिल्ला प्रशासन कार्यालयको जानकारी एवं सूचना २०७४-७-२९

    सूचनाको हकसम्बन्धी ऐन,२०६४ को दफा ५ को उपदफा (३) र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ३ को प्रयोजनका लागि सार्वजनिक गरिएको सूचना

  • हातहतियार तथा खरखजना बुझाउने सम्बन्धि सुचना २०७३-१२-१०

    आगामी मिति २०७४/०१/३१ गतेका दिन हुन गईरहेको स्थानीय तहको निर्वाचनमा अवाञ्छित कृयाकलाप हुन नदिनको लागी जिल्ला प्रशासन कार्यालयहरुबाट ईजाजत प्राप्त ठुला तथा साना हतियारहरु यहि मिती २०७३/१२/११ गतेदेखि मिती २०७३/१२/३० भित्रमा स्थानीय प्रहरी कार्यालयहरु मार्फत श्री जिल्ला प्रहरी कार्यालय, पाँचथरमा बुझाउन हुन मिति २०७३/११/२४ गतेको जिल्ला सुरक्षा समिति पाँचथरको निर्णयानुसार यो सुचना जारी गरिएको छ । तोकिएको म्याद भित्र ठुला तथा साना हतियार नबुझाएमा नियमानुसार कारवाही भई जाने व्यहोरा समेत अग्रिम जानकारी गराईन्छ ।

  • बढुवा सम्बन्धमा । २०७३-११-१८

    लोक सेवा आयोग पुर्वाञ्चल क्षेत्रीय निर्देशनालय धनकुटाबाट नेपाल प्रशासन सेवा/सामान्य प्रशासन समुह (रा.प.अनं.प्रथम श्रेणि) नायब सुब्बा पदको प्रतिशत निर्धारण भई आयोगको विज्ञापन सुचना नं. २३१/७३/७४ र ३८०/७३/७४ अनुसार पर्न आएका बढुवाका सम्भाव्य उम्मेद्वारहरुको दरखास्त उपर वढुवा समितिको मिति २०७३/११/१७ को बैठकबाट देहाय बमोजिम बढुवा सिफारिस गर्ने निर्णय भएको हुँदा निजामती सेवा ऐन २०४९ को दफा २०(४) र दफा २४(च) को प्रयोजनार्थ यो सुचना प्रकाशित गरिएको छ । विवरण हेर्न डाउनलोड गर्नुहोस ।

  • राहदानि प्राप्त भएको बारे । २०७३-११-६

               मिति २०७३ पौष २९  गते देखी माघ ११ गते सम्म राहदानि प्राप्त गर्न यस कार्यालयमा दरखास्त  पेश गर्नुहुने सेवाग्राहीहरुको राहदानि प्राप्त भएको छ । राहदानी प्राप्त गर्न दरखास्त पेश गर्नुहुने सेवाग्राही आफैले रसिद लिएर कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध छ । नामावली हेर्न डाउनलोड गर्नुहोस ।  Additional Documents

  • राहदानि प्राप्त भएको बारे । २०७३-१०-२५

               मिति २०७३ पौष १४  गते देखी पौष २८ गते सम्म राहदानि प्राप्त गर्न यस कार्यालयमा दरखास्त  पेश गर्नुहुने सेवाग्राहीहरुको राहदानि प्राप्त भएको छ । राहदानी प्राप्त गर्न दरखास्त पेश गर्नुहुने सेवाग्राही आफैले रसिद लिएर कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध छ । नामावली हेर्न डाउनलोड गर्नुहोस ।

  • राहदानि प्राप्त भएको बारे । २०७३-१०-९

    मिति २०७३ म‌ंसिर ३०  गते देखी पौष १३ गते सम्म राहदानि प्राप्त गर्न यस कार्यालयमा दरखास्त  पेश गर्नुहुने सेवाग्राहीहरुको राहदानि प्राप्त भएको छ । राहदानी प्राप्त गर्न दरखास्त पेश गर्नुहुने सेवाग्राही आफैले रसिद लिएर कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध छ । नामावली हेर्न डाउनलोड गर्नुहोस ।

  • राहदानि प्राप्त भएको बारे । २०७३-९-१९

    मिति २०७३ कार्तिक २६ देखी म‌ंसिर २९ गते सम्म राहदानि प्राप्त गर्न यस कार्यालयमा दरखास्त  पेश गर्नुहुने सेवाग्राहीहरुको राहदानि प्राप्त भएको छ । राहदानी प्राप्त गर्न दरखास्त पेश गर्नुहुने सेवाग्राही आफैले रसिद लिएर कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध छ । नामावली हेर्न डाउनलोड गर्नुहोस ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय