नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
पाल्पा


  पाल्पा जिल्लाको जानकारी

पाल्पा जिल्लाको वस्तुस्थिती सम्बन्धी संक्षिप्त जानकारी
                                                                   
१.    जिल्लाको वस्तुस्थित:

नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने यो जिल्ला नेपाल राज्यको लगभग मध्य बिन्दुमा अवस्थित छ । विश्व मानचित्रमा यो जिल्ला ८३  १५ देखि ८४ २२ पूर्वी देशान्तर तथा २७  ३७  देखि २७  ५७  उत्तरी अक्षांशमा रहेको छ । यो जिल्ला समुद्री सतहबाट करीब २०० मि. देखि २००० मि. उंचाई सम्म फैलिएको छ । जिल्लाको भौगोलिक क्षेत्रफल १३७३ वर्ग कि.मि. (के.त.वि.२०६१) रहेको छ । पाल्पा जिल्लामा ८ गाउँपालिका, २ नगरपालिका र २ वटा संसदीय निर्वाचन क्षेत्रहरु रहेका छन् । यस जिल्लाको कुल जनसंख्या २,६१, १८० रहेको छ, जसमध्ये पुरुष ४४.३५ (१,१५,८४०) र महिला ५५.६५ (१,४५,३४०) रहेका छन् ।
    
        जिल्लाको सीमाना:
        पूर्व–        नवलपरासी र तनहूं जिल्ला
        पश्चिम–        अर्घाखांची र गुल्मी जिल्ला
        उत्तर–        गुल्मी  र स्याङजा जिल्ला
        दक्षिण–        नवलपरासी र रुपन्देही जिल्ला

२. प्रमुख स्थलः

यस जिल्लामा रानीमहल, श्रीनगर डाँडा, भैरवस्थान, मदनपोखरा, रम्भा देबि, पूर्वखोला, रामपुर, राम्दी सुन गुफा, कालीगण्डकी, दर्लममहाकाली, दर्लमडाँडा,महामृत्युन्जय शिबासन बराङ्दि जस्ता धेरै पर्यटकीय स्थलहरू छन्। केहि समय पहिला अवलोकन चुचुरो पनि बनेको छ । रानीमहल खड्गशम्सेरले आफ्नी रानीको सम्झनामा बनाएको मनोहर भवन हो, जसलाई नेपालको ताजमहल भनिन्छ। यो जिल्ला देशकै सबैभन्दा अनुकूल हावापानी भएको जिल्ला हो।

 

  • घुम्ती सिविर, निस्दी गा.पा. २०७५-८-८

    २०७५ मंसिर ५-७ गते सम्म जिल्ला प्रशासन कार्यालय पाल्पाको आयोजनामा निस्दी गाउँपालिकाको मित्याल रुप्सेभञ्याङ्ग मा (वडा न‌ ३,४,५ र ६‍ झिरुबास, मित्याल, गल्धा र अर्चलेमा) स‌ंचालित एकीकृत घुम्ती सेवामा प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल र गाँउपालिकाका अध्यक्ष मुक्त बहादुरसारु बाट शारीरिक रुपमा अशक्त लालमाया राक्सेलाई नागरिकता प्रदान गरी सेवा प्रवाहको उद्घाटन भएपछि महिला १७९ र पुरुष ११० गरि जम्मा २८९ जना सेवाग्राहीलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ ।

  • बजार अनुगमन २०७५।०६।२८ २०७५-६-२८

    मिति २०७५।०६।२८ गते जिल्लाबाट खटिएकाे संयुक्त बजार अनुगमन टाेलीकाे प्रतिवेदन ।  

  • बजार अनुगमन २०७५।०६।२७ २०७५-६-२८

    मिति २०७५।०६।२७ गते जिल्लाबाट खटिएकाे संयुक्त बजार अनुगमन टाेलीकाे प्रतिवेदन ।

  • बजार अनुगमन २०७५।०६।२६ २०७५-६-२६

    मिति २०७५।०६।२६ गते जिल्लाबाट खटिएकाे संयुक्त बजार अनुगमन टाेलीकाे प्रतिवेदन ।  

  • बजार अनुगमन २०७५-६-२५

    मिति २०७५।०६।२५ गते जिल्लाबाट खटिएकाे संयुक्त बजार अनुगमन टाेलीकाे प्रतिवेदन ।  

  • सेवा ग्राही सहायता कक्ष संञ्चालन २०७५-६-१७

     मिति २०७५।०६।१६ गतेबाट जिल्ला प्रशासन कार्यालय पाल्पामा सेवा ग्राही सहायता कक्ष संञ्चालन गरिएको छ ।  

  • अाैषधि पसल निरिक्षण २०७५-६-१०

    अाज मिति 2075।06।10 गते अाैषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, अनुसन्धान तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीबाट पाल्पा, तानसेन बजार क्षेत्रमा संचालनमा आएका अाैषधि पसल तथा अाैषधि विक्रेताहरुकाे निरिक्षण गरियाे ।  १. क्लिनिकहरुको हकमा जिल्ला जनस्वास्थ्य कार्यलयबाट २१ दिन भित्र आवश्यक प्रकृया सम्पन्न गराइ दर्ता गराउने र सो को जानकारी सहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुने । २. नार्कोटिक औषधिहरु बेच्ने औषधि पसलहरुले रेकर्ड दुरुस्त राख्ने र जिल्ला प्रशासन कार्यालयको निरीक्षणमा सो पारदर्शी हुनुपर्ने ।  ३. भ्रामक विज्ञापनहरु प्रकाशन प्रसारण नगर्ने । ४. बिलमा कारोबार गर्दा औषधि व्यवस्था विभागको बिलको ढांचामा हुनुपर्ने (बिलमा विभागको र.प.नं, औषधिको व्याच नं. र म्याद…

  • संविधान दिवस २०७५ २०७५-६-३

    सविधान दिवस २०७५ काे अवसरमा अायाेजित प्रभातफेरी कार्यक्रम तथा यसै अवसरमा अायाेजित जिल्ला स्तरीय खुल्ला पुरुष डवल ब्याडमिन्ट प्रतियाेगितामा सहभागि भर्इ प्रथम,दितीय तथा तृतीय स्थान हासिल गर्नु भएका प्रतियाेगिहरुलार्इ प्रमाणपत्र वितरण सम्पन्न भएकाे ।  

  • सेवाग्राही सम्मान कार्यक्रममा २०७५ २०७५-५-२२

    जिल्ला प्रशासन कार्यालय पाल्पाकाे अायाेजनामा निजामती सेवा दिवस २०७५ काे अवसरमा अायाेजित सेवाग्राही सम्मान कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पाल्पामा सेवा लिन अाउनु भएका प्रथम सेवाग्राही रम्भा ५ निवासी भक्त बहादुर सुर्यवंशी तथा रम्भा ४ निवासी ९० वर्षिय जेष्ठ नागरिक वेध राज सिग्देल लाई नागरिकता प्रमाणपत्र प्रदान गरी सम्मान गरियो ।

  • निजामती सेवा दिवस २०७५ २०७५-५-२२

    निजामती सेवा दिवस २०७५ काे अवसरमा जिल्ला प्रशासन कार्यालय पाल्पाकाे अायाेजनामा अाज मिति २०७५/५/२२ गते निजामती सेवा दिवस २०७५ मुल समाराेह समितिद्वारा "नतिजामुखि प्रशासन, सम्मृद्धि र सुशासन" भन्ने मुल नाराका साथ प्रभातफेरी, सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीलार्इ सम्मान लगाएतका कार्यक्रम अायाेजना गरी निजामती सेवा दिवस २०७५ मनार्इयाे । कार्यक्रममा राष्ट्र सेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, राजनैतिक दलका प्रमुख/प्रतिनिधि, पत्रकार, नागरिक समाज, पुर्व राष्ट्र सेवक कर्मचारीहरुकोउल्लेख्य सहभागीता रहेकाे थियाे ।    

  • Proactive information Disclosure २०७५-७-२७

    सूचनाको हक सम्बन्धी ऐन 2064 को दफा 5(3) र सूचनाको हक सम्बन्धी नियमावलीको नियम 3 बमोजिम सार्वजनिक गरिएको विवरण  

  • CCTV जडान सम्बन्धी अत्यन्त जरुरी सूचना २०७५-७-२६

    CCTV जडान सम्बन्धी अत्यन्त जरुरी सूचना (CCTV जडान सम्बन्धी कार्यविधि पेजको अन्तिममा भएको Downloads बाट प्राप्त गर्नसक्नुहुनेछ )    

  • सिलबन्दी बाेलपत्र अाह्रनकाे सुचना २०७५-७-२०

    सिलबन्दी बाेलपत्र अाह्रनकाे सुचना

  • पत्रपत्रिकाहरुको भुक्तानी सम्बन्धी सूचना २०७५-६-४

    पत्रपत्रिकाहरुको भुक्तानी सम्बन्धी सूचना

  • MRP वितरण सम्बन्धमा २०७५-२-२४

    यहि मिति २०७५ जेठ ०७ गतेसम्म यस कार्यालयमा MRP पाउँ भनि आवेदन दिनुभएका सेवाग्राहीहरुको केन्द्रिय राहदानी विभाग, काठमाण्डौबाट MRP तयार भै आइसकेको हुँदा आफ्नो MRP लिनकाे लागि सम्बन्धित व्यक्ति नै निम्न कागजातको साथमा यस कार्यलयमा कार्यालय समयमा सम्पर्क गनुहनु अनुरोध छ ।   १) सक्कल नेपाली नागरीकताको प्रमाणपत्र,   २) सक्कल नगदी रसिद र   ३) आफ्नो पुरानाे सक्कल पासपोर्ट (भएमा)।

  • MRP वितरण सम्बन्धमा २०७५-१-६

    यहि मिति २०७४ चैत्र १३ गतेसम्म यस कार्यालयमा MRP पाउँ भनि आवेदन दिनुभएका सेवाग्राहीहरुको केन्द्रिय राहदानी विभाग, काठमाण्डौबाट MRP तयार भै आइसकेको हुँदा आफ्नो MRP लिनकाे लागि सम्बन्धित व्यक्ति नै निम्न कागजातको साथमा यस कार्यलयमा कार्यालय समयमा सम्पर्क गनुहनु अनुरोध छ ।  १) सक्कल नेपाली नागरीकताको प्रमाणपत्र,  २) सक्कल नगदी रसिद र  ३) आफ्नो पुरानाे सक्कल पासपोर्ट (भएमा)।

  • निजामती सेवा दिवस 2074 (निबन्ध प्रतियाेगिता) २०७४-५-४

    निजामती सेवा दिवस 2074 (निबन्ध प्रतियाेगिता)

  • MRP वितरण सम्बन्धमा २०७४-१-२१

    यहि मिति २०७३ चैत्र २७ गतेसम्म यस कार्यालयमा MRP पाउँ भनि आवेदन दिनुभएका सेवाग्राहीहरुको केन्द्रिय राहदानी विभाग, काठमाण्डौबाट MRP तयार भै आइसकेको हुँदा आफ्नो MRP लिनकाे लागि सम्बन्धित व्यक्ति नै निम्न कागजातको साथमा यस कार्यलयमा कार्यालय समयमा सम्पर्क गनुहनु अनुरोध छ । १) सक्कल नेपाली नागरीकताको प्रमाणपत्र, २) सक्कल नगदी रसिद र ३) आफ्नो पुरानाे सक्कल पासपोर्ट (भएमा)।

  • मासिक प्रगती विवरण 2073 श्रावण २०७३-५-७

    मासिक प्रगती विवरण 2073 श्रावण

  • मासिक प्रगती विवरण 2073 अाषाढ २०७३-४-५



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय