नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला ,
नवलपरासी (बर्दघाट सुस्ता पुर्व)

  • बजार अनुगमन २०७५-६-२४

    मिति २०७५–०६–२५ गते जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) पहलमा यस कार्यालयका प्रशासकिय अधिकृत श्री आनन्द शर्मा भुसालको संयोजकत्वमा नगरपालिका तर्फबाट राजेन्द्र देवकोटा उद्योग बाणिज्य संघ नवलपुरका अधयक्ष डासुराज पोख्रेल, उपाध्यक्ष गोविन्द क्षेत्री, कुशमाखर सापकोटा, प्रहरी रामनाथ यादव लगायतको प्रतिनिधिहरु र पत्रकारको रोहवरमा कावासोती बजार अनुगमन गरियो ।  

  • भौतिक पुर्वाधार तथा विकास मन्त्रीकाे भ्रमण २०७५-३-२८

    २०७५।३।२७ गते गण्डकी प्रदेशका माननीय भौतिक पुर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले  नवलपरासी (वर्दघाट–सुस्ता पूर्व) को गैडाकोट न.पा., देवचुली न.पा. र कावासोती न.पा. का निर्वाचित पदाधिकारीहरु र नगरबासी संग भेटघाट कार्यक्रम गरि सोही दिन साझ नवलपरासी (वर्दघाट–सुस्ता पूर्व) कार्यालय प्रमुख कावासोती न.पा. का निर्वाचित पदाधिकारीहरु, राजनितिककर्मी पत्रकार एवम् नागरिक समाज संग जिल्लाको वस्तु स्थिति एवम् विकास निर्माण र समस्याका बारेमा अन्तरक्रिया कार्यक्रम संपन्न भएको ।  २०७५।३।२८ गते विहान कावासोती न.पा. तथा मध्यविन्दु न.पा. मा पर्ने नारायणी नदीको किनारको अवलोकन गरि मध्यविन्दु न.पा. र विनयी त्रिवेणी गा.पा. निर्वाचित पदाधिकारीहरु, कर्मचारी र स्थानीयवासी संग भेटघाट एवम् अन्तरक्रिया कार्यक्रममा सरिक हुनुभएको साथै गण्डकी…

  • राहत सामाग्री वितरण २०७५-३-२५

    २०७५/३/२३  गते रातको समय देखि परेको अभिरल वर्षाका कारण मिति २०७५।०३।२४ गते ५ः०० बजेको समयमा जिल्ला नवलपरासी (वर्दघाट–सुस्ता पूर्व), हुम्सेकोट गा.पा. ६ सेलेगा बस्ने भोज बहादुर वि.क. र टक बहादुर बि.क. को घर पुर्ण रुपमा क्षती भएको साथै अन्य ४ घर जोखिमा परेको हुदा ६ घरकै बासिन्दालाई सुरक्षित स्थानमा सारिएको, तत्काल प्रहरी परिचालन गरि घटना स्थलमा पठाइएको र पिडित ६ परिवारलाई प्रमुख जिल्ला अधिकारीको पहलमा रेडक्रस बाट राहत सामाग्री र सम्बन्धीत गा.पा. बाट प्रति परिवार १००००।– को दरले राहत सामाग्री उपलब्ध गराउने व्यवस्था मिलाई प्र.जि.अ. दिपक राज नेपाल, हुम्सेकोट गा.पा. का अध्यक्ष लक्ष्मी पाण्डे नेपाल रेडक्रस सोसाइटीको पदाधीकारी समेतको उपस्थितीमा…

  • पत्रकारहरु संग परिचयात्मक तथा भेटघाट कार्यक्रम २०७५-३-२०

    मिति २०७५।०३।२० गते का.मु. प्रमुख जिल्ला अधकारी श्री दिपक राज नेपाल तथा प्रहरी उपरिक्षक रमेश थापा संग यस क्षेत्रमा क्रियाशिल पत्रकारहरु संग परिचयात्मक तथा भेटघाट कार्यक्रम सम्पन्न भयो । सो क्रममा पत्रकारहरुबाट आफ्ना समस्या तथा गुनासोहरु प्र.जि.अ. ज्यु संग राख्नु भयो । पत्रकारहरुले राखेका समस्या तथा गुनासोहरु समाधान गर्न आफु प्रतिवद्ध रहेको धारणा व्यक्त गर्नु भयो

  • प्रमुख जिल्ला अधकारीको पदभार ग्रहण सम्बन्धमा २०७५-३-१७

    नेपाल सरकार गृह मन्त्रालयको मिति २०७५।०३।१२ को निर्णय अनुसार र्इलाका प्रशासन कार्यालय बुटवलबाट सरुवा भइ आउनु भएका श्री दिपक राज नेपाल ज्यू बाट मिति २०७५।०३।१७ गते  जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्वमा का.मु. प्रमुख जिल्ला अधकारीको रुपमा  पदभार ग्रहण गर्नु भयो ।

  • बजार अनुगमन २०७५-२-२५

    मिति २०७५–०२–१८ गते जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) का प्रशासकिय अधिकृत श्री कमल प्रसाद आचार्यको संयोजकत्वमा स्थानीय तहका प्रतिनिधि ,पत्रकार,उपभोक्ता बादी लगायतका सरोकार सम्बद्ध प्रतिनिधि मण्डलको अनुगमन र निरिक्षणको क्रममा हुप्सेकोट गाउँपालिका वडा नंं ४ झ्ययलबास बजारमा रहेका ३ वटा किराना पसल,१ वटा एग्रोभेट,१ औषधि पसल तथा १ होटल रेष्टुरेन्ट गरी जम्मा ६ वटा व्यपारिक संस्थाहरुको अनुगमन निरिक्षण कार्य सम्पन्न भयो । अनुगमन तथा निरिक्षणको क्रममा अधिकांश पसलहरुमा म्याद नाघेका समान ,मूल्य सुची नरहेको तथा नविकरण नगरी सञ्चालन गरेको भेटिएकोले त्यस्ता पसलहरुलाई म्याद नाघेका समाग्री हटाई संस्था सञ्चालनार्थ आवश्यक मापदण्ड पुरा गरी सात दिन भित्र सम्पूर्ण कागजात सहीत जिल्ला…

  • तिहार विशेष सूचना २०७५-७-१६

  • सरकारी कार्यालयहरुका लागि जग्गा व्यवस्थापन २०७५-५-१०

    २०७५÷०४÷२७ गते जिल्ला प्रशासन कार्यालय, नवलपरासी (वर्दघाट–सुस्ता पूर्व) का का.मु. प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालको अध्यक्षतामा बसेको सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७१ को दफा १० बमोजिम सिफारिस समितिको बैठकले नवलपरासी जिल्लाको कावासोती क्षेत्र पूर्व जंगल, पश्चिम डण्डा खोला, उत्तर जंगल र दक्षिण राजमार्ग चार किल्ला क्षेत्र भित्रको साविक शिवमन्दिर गा.वि.स. हाल कावासोती न.पा. वडा नं.३ अन्तर्गत पर्ने राष्ट्रिय आवास कम्पनीलाई जग्गा नापजाच ऐन २०१९ को दफा ३ को उपदफा १ को अधिकार प्रयोग गरी नेपाल राजपत्रमा सूचना प्रकाशन भै नापजाँचको लागि अनुमति प्राप्त भएको ५९० विगाहा जग्गा अन्तर्गत नापजाँच हुन बाकी जग्गा मध्ये पूर्वमा सडक, पश्चिममा केरुङ्गे खोला, उत्तरमा हाल स्थापित खानेपानी…

  • यातायात सम्बद्ध संघ, सस्था, समितिको लागि सूचना २०७५-४-१०

    यातायात सम्बद्ध संघ, सस्था, समितिको लागि सूचना

  • प्रदेशकाे भाैतीत तथा याेजना मन्त्री संग भेटघाट २०७५-३-२६

    मिति २०७५/०३/२७ गते साझ ५ बजे  कावासाेती नगरपालिकाकाे हलमा जिल्ला स्थित कार्यलय प्रमुख र प्रदेशकाे भाैतीक तथा याेजना मन्त्री संग भेटघाट कार्यक्रममा  उपस्थितिकाे लागि निमन्त्रणा गरिन्छ ।

  • घुम्ति सेवा सञ्चालन सम्बन्धमा २०७५-१-२५

    यही मिति २०७५/०१/२६ गते यस जिल्लाको हुप्सेकोट गाउँपालिकाको वडा नं.०६ मौलाथरमा एकिकृत घुम्ति शिविर सञ्चालन हुन लागेकोले सम्वन्धित सवैलाई जानकारी गराईन्छ ।         जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

  • राहदानी सम्बन्धी जानकारी २०७५-१-२१

    २०७४ –१२–२१ गतेसम्म साधारण MRP को लागि यस कार्यालयमा  फाराम बुझाउने आवेदकहरुको राहदानी विभागबाट राहदानी तयार भइ आएको हुँदा आवेदक स्वयम सकल रसिद र नागिरकता प्रमाणपत्र लिई यस कार्यालयको राहदानी वितरण शाखा (कोठा नं‍. ७) मा सम्पर्क गर्न सूचित गरिन्छ । 

  • राहदानी सम्बन्धी जानकारी २०७४-१२-२५

    २०७४ –११–२९ गतेसम्म साधारण MRP को लागि यस कार्यालयमा  फाराम बुझाउने आवेदकहरुको राहदानी विभागबाट राहदानी तयार भइ आएको हुँदा आवेदक स्वयम सकल रसिद र नागिरकता प्रमाणपत्र लिई यस कार्यालयको राहदानी वितरण शाखा (कोठा नं‍. ७) मा सम्पर्क गर्न सूचित गरिन्छ । 



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय