नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
मोरङ्ग


  मोरङ जिल्लाको परिचय

 

जिल्ला प्रशासन कार्यालयकाे वेबसाइटमा तपार्इलाइ हार्दिक स्वागत छ ।

 

मोरङ जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्र, कोशी अञ्चलमा पर्ने औद्योगिक जिल्ला हो। पूर्वाञ्चलकै ऐतिहासिक गौरव बोकेको मोरङ जिल्ला, औद्योगिक एवं जनसंख्याको हिसाबले नेपाल कै दोस्रो ठूलो जिल्लाको रूपमा परिचित छ। नेपालको पूर्व तराइमा पर्ने यो जिल्ला प्राचिनकालमा विराट राजाको राजधानीको रूपमा प्रख्यात थियो। बिसं २०१८ सालको प्रशासनिक विभाजन हुनुभन्दा अगाडी ३५ जिल्ला हुँदा पनि यो एउटा जिल्लामा अवस्थित थियो। जुन हाल मोरङ, सुनसरी तथा झापा जिल्लाहरूमा विभाजित भएको छ। मोरङ जिल्लाको क्षेत्रफल १,८५५ वर्ग किलोमिटर छ। सन् २००१मा यस जिल्लाको जनसङ्ख्या ८,४३,२२० थियो। मोरङ जिल्लाको सदरमुकाम र प्रमुख औद्योगिक शहर विराटनगर हो।

मोरङ जिल्लाको परिचय

-    अवस्थिति : २६.२०/२६.५३ देखि ८७.१६/८७.४१ (दक्षिणतर्फ भारतको विहार)

-    क्षेत्रफल : १८५५ वर्ग कि.मि.

-    भाषिक अवस्था : विविध

-    पूर्व तर्फ सीमाना : झापा र इलाम

-    पश्चिम तर्फ सीमाना : सुनसरी

-    उत्तर तर्फ सीमाना : धनकुटा, पाँचथर

-    दक्षिण तर्फ सीमाना : भारतको विहार प्रान्तको अररिया जिल्ला

स्थानीय तहहरु                      

                 विराटनगर महानगरपालिका, वेलवारी न.पा., उर्लावारी न.पा., सुन्दरहरैंचा न.पा., रंगेली न.पा., पथरीशनिश्चरे न.पा., लेटाङ न.पा.,     रतुवामाई न.पा., सुनवर्षी न.पा., जहदा गा.पा., बुढीगंगा गा.पा., धनपालथान गा.पा., कटहरी गा.पा., केरावारी गा.पा., मिक्लाजुङ गा.पा., कानेपोखरी गा.पा., ग्रामथान गा.पा. ।

 

  • उधोग वाणिज्य सम्बन्धी सर्वपक्षीय बैठकको निर्णय २०७५-७-६

    मिति २०७५।७।६ गते उधोग वाणिज्य सम्बन्धी बसेको सर्वपक्षीय बैठकबाट भएका निर्णयहरु  (१)भारतबाट नेपाल भित्रिने विभिन्न वस्तु तथा सरसामानको मुख्य नाका जोगवनी–विराटनगर रहेको । भारतीय क्षेत्र जोगवनी मिरगंजमा रहेको स्टिल ट्रस पुल धेरै पुरानो भै सकेको र बढी भार ओजनका मालवाहक सवारी साधन यस पुलले थेग्न नसक्ने भारतीय सडक प्राधिकरणले जानकारी गराएको विषय नेपाल–भारत संयुक्त समन्वय समितिको वैठक (२०७५।६।२९ गते भारत अररियामा वसेको) मा छलफल हुँदा नेपाली पक्षले सो पुलको विकल्प (डाइभर्सन, वेली वृज, शिघ्र नयाँ पुल) व्यवस्था गरेर मात्र तोकेको भारको प्रावधान कार्यान्वयन गर्न भारतीय पक्षलाई अनुरोध गरिएको विषय यस वैठकमा जानकारी गराउँदै, गत वर्ष २०७४ सालको बाढीको समयमा पनि…

  • कार्यालय प्रमुख बैठकको निर्णय २०७५-७-५

    २०७५।७।५ गते बसेको कार्यालय प्रमुखहरुको बैठकबाट भएका निर्णयहरु : (१)  यस अवधिमा आ–आफ्नो कार्यालयहरुबाट भएका कामहरुको प्रगति समिक्षा वैठकबाट गरियो । (२)  चाडपर्वको समयमा हुनसक्ने अवाञ्छित गतिविधिलाई मध्यनजर राखी कार्यालयको सुरक्षा, पालो पहरा लगायतको व्यवस्था सवै कार्यालयले मिलाउने । साथै, कुनैपनि किसिमको खतराजन्य गतिविधि महशुस भएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउने । (३)  भि.आई.पि.लगायत अति विशिष्ठ महानुभावहरुको आवागमन तथा शान्ति सुरक्षालाई मध्यनजर राखी जिल्ला प्रशासन कार्यालयबाट माग भएको वेला तत्काल उपलब्ध हुने गरी सवै कार्यालयले आ–आफ्नो कार्यालयमा रहेको सरकारी सवारी साधन (गाडी) चालु (तयारी) अवस्थामा राख्ने । (४)  सार्वजनिक विदाको दिन कार्यालयको काममा सरकारी सवारी साधन प्रयोग गर्नुपर्ने भए…

  • संविधान दिवस-२०७५ मनाउने सम्बन्धी बैठकको निर्णय २०७५-५-२९

    संविधान दिवस-२०७५ मनाउने सन्दर्भमा आज मिति २०७५।०५।२९ गते प्रमुख जिल्ला अधिकारीज्यूको संयोजकत्वमा सरोकारवालाहरु समेतको उपस्थितिमा यस कार्यालयमा वसेको वैठकबाट देहाय वमोजिमको निर्णय भएको-   (१)संविधान दिवस २०७५ भव्य रुपमा मनाउन २०७५ आश्विन २, ३ र ४ गते सवै सरकारी, सार्वजनिक र निजी निकायहरुले साँझ दिपावली गर्ने । (२)२०७५ आश्विन ३ गते हुने प्रदेश स्तरीय कार्यक्रममा विहान ७ः३० बजे शहिद रंगशालामा हुने कार्यक्रममा सरकारी तथा सार्वजनिक संस्थानमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु औपचारिक पोषाकमा अनिवार्य उपस्थित हुने । (३)सवै शैक्षिक संस्थाका विद्यार्थी र कर्मचारीहरु आ–आफ्नो पहिचान झल्काउने पोषाक र व्यानर सहित अनिवार्य उपस्थितिका निम्ती शिक्षा विकास तथा समन्वय इकाईले पत्राचार र पहल…

  • बाढी तथा डुवानबाट बच्न सतर्कता अपनाउने सम्बन्धी २०७५-४-२१

  • नावालिग परिपच पत्र माग गर्ने निवेदन ढाँचा २०७५-३-२१

    नावालिग परिपच पत्र माग गर्ने निवेदन ढाँचा यहाँबाट डाउनलोड गर्नुहोस । http://moha.gov.np/district/custom/editor/ckfinder/userfiles/files/नावालिग परिचय पत्र माग गर्ने निवेदन(1).jpg

  • राहदानी सम्बन्धी सूचना २०७४-७-२७

    मिति २०७५।०६।२३ गतेसम्म राहदानीकाेलागि दरखास्त दिनु हुने व्यक्तिहरुले राहदानी सम्बन्धमा बुझ्नकाेलागी यस कार्यालयको कोठा न‌‌‍‌. ११ मा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ ।

  • राष्ट्रिय पुननिर्माण प्राधिकरणको निर्णय २०७४-७-१४

    सरकारी/सार्वजनिक भवन पुननिर्माण गर्दा स्थानीय कला स‌ंस्कृति झल्किने स्थानीय सामाग्रीको प्रयोग गर्ने तथा विपदबाट सुरक्षित रहने गरी निर्माण गर्ने व्यवस्था मिलाउन सम्बद्ध निकायहरुलाई अनुरोध गर्ने भनी राष्ट्रिय पुननिर्माण प्राधिकरण कार्यकारी समितिको ८४ अौं बैठकबाट भएको निर्णय कार्यान्वयन गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (आर्थिक तथा पूर्वाधार विकास महाशाखा) बाट लेखि आएको हुँदा सो अनुसार गर्न गराउनुहुन सम्बद्ध सबैमा जानकारीका लागि अनुरोध छ ।

  • तिहार तथा छठ पर्वको अवसरमा अत्यन्त जरुरी सूचना ।। २०७५-७-२०

    तिहार तथा छठ पर्वको अवसरमा जिल्ला प्रशासन कार्यालय मोरङको अत्यन्त जरुरी सूचना ।।  २०७५ सालको महान चाड शुभ दिपावली तथा छठ पर्वको अवसरमा जिल्ला प्रशासन कार्यालय मोरङ्गद्वारा सम्पूर्ण जिल्लावासीहरुलाई शुभकामना व्यक्त गर्न चाहन्छौ । साथै, यस चाडपर्वको अवसरमा हुन सक्ने सम्भावित विपद्को जोखिम तथा अपराध नियन्त्रणका लागि तपसिल वमोजिम गर्न, गराउन हुन यसै सूचनाद्वारा सम्पूर्ण सर्वसाधारणहरुलाई जानकारी गराइन्छ ।     दिपावलीको अवसरमा दिप प्रज्वलन तथा विद्युतीय उपकरणद्वारा झिलिमिली बत्ती वाली उत्सव मनाइने हुँदा त्यसबाट हुन सक्ने सम्भावित आगजनीको विपद् न्यूनिकरण गर्न आवश्यक सावधानी अपनाउन हुन ।   दिपावलीको अवसरमा जुवा, कौडा, तास, डाईस खेल्ने/खेलाउने आदि जस्ता काम, कारवाही तथा…

  • संस्था नवीकरण सम्बन्धि पुनः प्रकाशित सुचना २०७५-७-१६

    संस्था नवीकरण सम्बन्धि जिल्ला प्रशासन कार्यालय मोरङको पुनः प्रकाशित सुचना (प्रथम  पटक प्रकाशित मिति २०७५।०६।०४) पुनःप्रकाशित मिति २०७५।०७।१४    गृह मन्त्रालयबाट लेखि आए बमोजिम माननीय गृहमन्त्री ज्युको अध्यक्षतामा बसेको बैठकबाट जिल्ला प्रशासन कार्यालय,कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई समाज कल्याण परिषदमा आवद्ध भएका गैर सरकारी संस्था,अन्तराष्ट्रिय गैर सरकारी संस्था तथा प्रतिफल वितरण नगर्ने संस्था (Non Profit Distributing Agency) हरुको ३ बर्षसम्मको नवीकरणको अवस्था हेरी नियमानुसार नविकरण भएको नपाइएमा तत् निकायबाट पुनः नविकरण गर्न १५ दिने सुचना जारी गर्ने र सो समायावधि भित्र नविकरण हुन नआउने संस्थाहरुको दर्ता खारेजी प्रकृया अगाडि बढाउने भनी निर्णय भएकोमा निर्धारित समायावधिमा नविकरण छुट भएका संस्थाहरु(यातायात सम्बद्ध…

  • CCTV/Camera जडान सम्बन्धी अत्यन्त जरुरी सुचना २०७५-७-१६

    जिल्ला प्रशासन कार्यालय मोरङ्गको CCTV/Camera जडान सम्बन्धी अत्यन्त जरुरी सुचना ।                   गृह मन्त्रालयबाट लेखि आए बमोजिम CCTV/Camera जडान तथा सन्चालनका सन्दर्भमा यस जिल्ला भित्र अनुमति नलिई CCTV/Camera विभिन्न ब्यक्ति,संघ सस्था तथा कार्यालयहरुले जडान गरेको र त्यसबाट खिचिएका श्रब्य दृष्य तथा अन्य विद्युतीय चित्रहरु न्युनतम अवधिसम्म सुरक्षित राख्नु पर्ने ब्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएको गुनासो आएकाले CCTV/Camera जडान तथा सन्चालन सम्बन्धि कार्यविधि,२०७२ बमोजिम अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालय मोरङको अनुमति लिई जडान तथा सन्चालन गर्न गराउन हुन यसै सुचनाबाट सम्वन्धित सबैलाई अनुरोध गरिन्छ । साथै उक्त कार्यविधि गृह मन्त्रालयको वेभसाइट moha.gov.np मा पनि हेर्न र…

  • यातायात क्षेत्रसँग सम्बन्धित ३५ दिने सूचना २०७५-४-९

    यातायात क्षेत्रसँग सम्बन्धित जिल्ला प्रशासन कार्यालय मोरङबाट जारी ३५ दिने सूचना यहाँबाट डाउनलोड गर्नुहोस ।

  • गैह्र कानूनी DTH को प्रयोग सम्बन्धी सूचना २०७५-३-६

    गैह्र कानूनी DTH को आयात विक्री वितरण तथा प्रयोग सम्बन्धी जिल्ला प्रशासन कार्यालय मोरङको अत्यन्त जरुरी सूचना ।।  गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा सिंहदरवारको च.नं.१५६९ मिति २०७५।०२।३० को पत्रबाट लेखी आए अनुसार राष्ट्रिय प्रशारण नियमावली, २०५२ बमोजिम नेपालमा डाउनलिंक अनुमतिपत्र नलिई कुनै पनि विदेशी च्यानलको प्रशारण गर्न र इजाजतपत्र नलिई कुनै केवल, DTH, आइपिटिभि, एम.एम.डि.एस. तथा डिजिटल टेरेष्ट्रियल टेलिभिजनहरुको प्रशारण गर्न नपाइने कानूनी व्यवस्था रहेको छ । यसका बाबजुत पनि गैह्र कानूनी रुपमा केही विदेशी डिटिएचहरुको आयात विक्री वितरण तथा प्रयोग भइरहेको भन्ने उजुरी आइरहेकोले यस्ता गैह्र कानूनी गतिविधिहरु वन्द गर्न हुन अन्यथा यस्तो गतिविधिहरु भए, गरेको…

  • राष्ट्रिय पुननिर्माण प्राधिकरणको निर्णय २०७४-७-१४

    सरकारी/सार्वजनिक भवन पुननिर्माण गर्दा स्थानीय कला स‌ंस्कृति झल्किने स्थानीय सामाग्रीको प्रयोग गर्ने तथा विपदबाट सुरक्षित रहने गरी निर्माण गर्ने व्यवस्था मिलाउन सम्बद्ध निकायहरुलाई अनुरोध गर्ने भनी राष्ट्रिय पुननिर्माण प्राधिकरण कार्यकारी समितिको ८४ अौं बैठकबाट भएको निर्णय कार्यान्वयन गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (आर्थिक तथा पूर्वाधार विकास महाशाखा) बाट लेखि आएको हुँदा सो अनुसार गर्न गराउनुहुन सम्बद्ध सबैमा जानकारीका लागि अनुरोध छ ।

  • संघ संस्था दर्ताको विवरण २०७४-६-२६

    संघ संस्था दर्ताको विवरण



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय