नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
खोटाङ्ग


  खोटाङ जिल्लाको परिचय

जिल्लाको परिचय

नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्र्तगत सगरमाथा अञ्चलको पहाडी तीन जिल्ला मध्येको एउटा जिल्ला खोटाङ्ग हो । माझ किराँतको रुपमा परिचित खोटाङ्ग, यातायातको दृष्टीले ज्यादै दुर्गम र पूर्वाधार विकासको दृष्टीले पनि पछि परेको जिल्ला हो । खोटे राजाद्वारा शासित यस क्षेत्रलाई खोटाङ्गकोट भनिन्थ्यो । कालान्तरमा खोटाङ्गकोट शब्दको कोट शब्दांश लोप भई खोटाङ्ग मात्र बाँकी रहन गयो जुन शब्दबाट जिल्लाको नाम रहेको छ । पूर्वमा ट्याम्के, मैयू, मेरुङ्गडाँडा, पश्चिममा पहाडी ढालहरु हुदै सुनकोशी नदी जस्ता प्राकृतिक तथा ऐतिहासिक सिमानाले घेरेको खोटाङ्ग जिल्लाको सदरमुकाम दिक्तेल बजारमा रहेको छ ।

लालिगुराँश, चिमाल, र विभिन्न जातका लेकाली धुपी सल्लाले उत्तरी क्षेत्रलाई सोभायमान बनाएको यस जिल्लाको दक्षिणी क्षेत्रतर्फ खयर, साल तथा अन्य मूल्यवान वन सम्पदाले भरीपूर्ण रहेको खोटाङ्ग वास्तवमै प्राकृतिक श्रोत, साधन र सौन्दर्यले सुसज्जित रहेको छ । यति मात्र होईन समुन्द्र सतहबाट करीव १५२ मिटर देखि ३६२० मिटरसम्मको उचाईमा रहेका प्राकृतिक पर्वतमाला ट्याम्के, मैयू, मेरुङडाँडा, साल्पा, पत्रे जस्ता अग्ला होचा पहाडी डाँडाहरु रहेको यस जिल्लाको सुनकोशी र रावाले बनाएका बेंसीहरु झनै मूल्यवान छ ।

 

  • राहदानी (MRP) प्रिन्ट भई आएको जानकारी २०७५-४-४

    रसिद नं. १२०३ देखि १२९१ सम्म मिति २०७५।०४।०४ देखि २०७५।०४।२२ सम्मको राहदानी (MRP) प्रिन्ट भई आएको हुँदा आफ्नो राहदानी (MRP) लिन यस कार्यालयको ७ नं. कोठामा सम्पर्क राख्नहुन सम्बन्धित सबैमा अनुरोध छ । रसिद नं. ११२१ देखि १२०२ सम्म मिति २०७५।०३।२२ देखि २०७५।०४।०३ सम्मको राहदानी (MRP) प्रिन्ट भई आएको हुँदा आफ्नो राहदानी (MRP) लिन यस कार्यालयको ७ नं. कोठामा सम्पर्क राख्नहुन सम्बन्धित सबैमा अनुरोध छ । रसिद नं. १०८१ देखि ११२० सम्म मिति २०७५।०३।०६ देखि २०७५।०३।२१ सम्मको राहदानी (MRP) प्रिन्ट भई आएको हुँदा आफ्नो राहदानी (MRP) लिन यस कार्यालयको ७ नं. कोठामा सम्पर्क राख्नहुन सम्बन्धित सबैमा अनुरोध छ । राहदानी…

  • मुख्यमन्त्रीज्यूबाट कार्यालय प्रमुखहरुलाई निर्देशन २०७५-१-१०

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा नगरको आवधिक योजनाको अन्तिम मस्यौदा सार्वजनिक गर्न खोटाङको सदरमुकाम दिक्तेलमा अाउनु भएका प्रदेश नं १ का मुख्यमन्त्री माननीय शेरधन राईले आज जिल्ला समन्वय समितिको सभा कक्षमा उपस्थित खोटाङ जिल्लाका कार्यालय प्रमुखहरुलाई सम्वोधन गर्दै संघियता कार्यान्वयनमा सवै राष्ट्र्रसेवक कर्मचारीहरुले सहयोग गर्न, तोकिएको स्थानमा गई प्रभावकारी ढंगले कार्यसम्पादन गर्न तथा स्थानीय सरकारहरुसँग समन्वय गरी सेवा प्रवाहलाई अझ प्रभावाकारी बनाउन निर्देशन दिनु भयो ।  उक्त अवसरमा माननीय मुख्य मन्त्रिज्यूले प्रदेश सरकारका घोषित कार्यक्रमहरु एवम संघिय तथा स्थानीय सरकारका कार्यक्रमहरु सफल बनाउन कर्मचारीतन्त्रले राजनैतिक नेतृत्वलाई सहयोग गर्नु पर्ने समेत बताउनु भएको थियो । कार्यक्रममा  जिल्ला समन्वय समिति खोटागंका प्रमुख…

  • विश्व सरसफाई दिवस, २०१८ मनाउने सम्बन्धी सूचना २०७५-५-१०

    नेपाल स्वच्छ वातावरण महाअभियान, २०७५ अन्तर्गत यस वर्षको विश्व सरसफाई दिवस, २०१८, तद्अनुसार 30 September, 2018 मा तपसिलका क्रयाकलापहरु सहित मनाउने कार्यक्रम रहेकोले जिल्लाका सबै स्थानीय स्तरमा सो बमोजिमका कार्यक्रमहरु संचालन गरी वा उक्त कार्यक्रमहरुमा सहभागी भई महाअभियानलाई सफलताका साथ सम्पन्न हार्दिक अपिल गर्दछौं । दिन मिति कार्यक्रम क्रियाकलापहरु पहिलो दिन २०७५।०५।२४ घर सरसफाई दिवस नेपल भरीका हरेक नागरिक सहभागी भई आ-आफ्नो प्राङ्गगणमा विशेष सरसफाई कार्यक्रम गर्ने । दोस्रो दिन २०७५।०५।२५ शैक्षिक संस्था सरसफाई दिवस नेपाल भरिका सबै शैक्षिक संस्था (सार्वजनिक तथा निजी) हरुमा व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा अविभावकहरुको सहभागितामा विशेष सरसफाई गर्ने । तेस्रो दिन २०७५।०५।२६ सार्वजनिक संस्था सरफाई दिवस नेपाल भरीका सबै…

  • चट्याङबाट बच्न सतर्कता अपनाउने बारे २०७५-१-४

    खोटाङग जिल्लामा पछिल्ला दिनहरुमा चट्याङबाट भईरहेको धनजनको क्षतिको वारेमा सवै जिल्लावासी अवगत नै हुनुहुन्छ ।बर्षातको समय आरम्भ सँगै दैनिक जसो घटनाहरु भई रहेको हुँदा चट्याङ्गबाट बच्न देहायका विषयहरुमा ध्यान पु-र्याउन सवैमा अनुरोध छः ·         चट्याङ्ग परेको समयमा सवै विध्युतीय उपकरणहरु बन्द गर्नु होस। ·     यात्रामा हुनुहुन्छ भने एक्लो ठूलो रुख, पोखरी, विध्युतको ट्रान्सफर्मर वा हाईटेन्सन लाईनको छेउमा नवस्नोस खुला ठाँउ तर्फ जानुहोस ।मोटरसाईकल साईकल वा बढी धातुजन्य सवारीहरु जस्तै ट्रयाक्टरबाट ओर्लनुहोस ।होचो ठाँउमा बस्नुहोस । ·         सन्चार सेट र यस्तै प्रकृतिका साधनहरुरेडियो टेलिभिजन मोवाईल फोन टेलिफोन सेट फ्याक्स वा अन्यको प्रयोग तुरुन्त वन्द गर्नुहोस । ·         नाङ्गो तामाको वा…



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय