नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
कास्की


  गृह पृष्ठ

राहदानी सम्बन्धी जानकारी 

२०७५ भाद्र ३१ गतेसम्म साधारण MRP को लागि यस कार्यालयमा  फाराम बुझाउने आवेदकहरुको राहदानी विभागबाट राहदानी तयार भइ आएको हुँदा आवेदक स्वयम सकल रसिद र नागिरकता प्रमाणपत्र लिई यस कार्यालयको राहदानी वितरण शाखा (कोठा नं‍. १०७) मा सम्पर्क गर्न सूचित गरिन्छ । 


 

सेवाग्राहीसँग जिल्ला प्रशासन कार्यालय, कास्कीको विशेष अनुराेध 

१. जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने कुनै पनि सेवा वापत सेवाग्राहीले कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन । 

२. जिल्ला प्रशासन कार्यालयकाे कामकाे लागि भनी काेही कसैलाई चिन्न भनसुन गराउन वा सोर्स लगाउनु पर्दैन । 

३. जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुसँग राम्रो सम्बन्ध छ भनी हामी काम मिलाई दिन्छु भन्दै विचौलियाको काम गर्ने व्यक्तिहरुको विश्वास नगर्नुहोस । यदि कसैले त्यस्तो गरेको थाहा पाएमा कार्यालयका अधिकृतहरुलाई सूचना दिनुहोस । 

४‍. कामसँग सम्बन्धित कागजपत्रहरु असम्बन्धित व्यक्तिहरुलाई नदिनुहोस । 

५. जिल्ला प्रशासन कार्यालयका कर्मचारी कानुन बमोजिम तपाईको सेवा गर्न हरदम प्रयत्नशील छन् । तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो । 

६. स्थानीय तह वा अन्य निकायबाट सिफारिस भई अाएको वा लेखी अाएको काममा थप निवेदन लेखी रहनु पर्दैन । 

७. ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त र विपन्नहरुको लागि प्राथमिकता साथ सेवा उपलब्ध हुन्छ । त्यसका लागि सहायता कक्ष (Help Desk) मा सम्पर्क राख्नुहोस ।

८. सहायता कक्ष (Help Desk) का कर्मचारीहरु तपाईको काममा सहजीकरण गर्न तत्पर छन् । 

९. कार्यालयको सेवा सम्वन्धी थप जानकारी आवश्यक परेमा यस कार्यालयको वेभसाइट www.moha.gov.np/kaski मा लगइन गरेर र एन्ड्रोइड मोवाइलको गुगल प्लेस्टोरमा गई DAO kaski लेखेको एप्लिकेशन डाउनलोड गरी हेर्नुहोस । साथै यस कार्यालयको फेसवुक पेज www.facebook.com/daokaski बाट पनि यस कार्यालयकाे विभिन्न गतिविधि तथा सूचना तथा समाचार समेत जानकारी लिन सकिने छ । 

१०. कार्यालयको काम सम्बन्धमा कुनै गुनासो भएमा यस कार्यालयको कोठा नं.२०६ मा गई गुनासो अधिकारीसँग सम्पर्क गर्नुहोस । 

 

  • प्रदेशस्तरीय सुरक्षा गोष्ठी २०७५ सम्पन्न २०७५-१-३१

    मिति २०७५ वैशाख ३० गते आइतवार पोखरामा प्रदेशस्तरीय एकदिने सुरक्षा गोष्ठी सम्पन्न भएको छ । गृह मन्त्रालयको आयोजना तथा जिल्ला प्रशासन कार्यालय कास्कीको व्यवस्थापनमा ४ नं. प्रदेशको सदरमुकाम पोखरामा श्रीमान गृहसचिव प्रेम कुमार राईको अध्यक्षतामा संचालन भएको उक्त सुरक्षा गोष्ठीको प्रमुख अतिथिको रुपमा माननीय गृहमन्त्री राम बहादुर थापा "बादल" ज्यूको समुस्थिति रहेको थियो । ४ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय हरि बहादुर चुमानज्यू विशेष अतिथिको रुपमा सहभागी रहेको उक्त कार्यक्रममा यस प्रदेशका प्रमुख सचिव श्रीमान लक्ष्मण अर्याल,  प्रहरी महानिरीक्षक श्री सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक श्री शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप राज रेग्मी, गृह मन्त्रालय…

  • निजामती सेवा दिवस २०७४-५-२१

    निजामती सेवा दिवस २०७४ को नारा "निजामती कर्मचारीको प्रतिबद्धता : पारदर्शी र चुस्तता"

  • नागरिकता तथा सूचना प्रविधि अभिमुखीकरण तालिम २०७३-११-१८

              नेपाल सरकार, गृह मन्त्रालयकाे अायोजनामा मिति २०७३।११।१८ गतेदेखि २१ गतेसम्म पाेखरामा नागरिकता तथा सूचना प्रविधि अभिमुखीकरण तालिम सन्चालन भइरहेकाे छ । प्रदेश न‌ं ४ का ११ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी वा प्रशासकीय अधिकृत १/१ जना र कम्प्युटर अपरेटर एव‌ं नासु तथाा खरिदार १/१ जना सहभागी भएका उक्त तालिममा कास्कीका प्रमुख जिल्ला अधिकारी श्री हरिप्रसाद मैनालीज्यूकाे अध्यक्षतामा कास्की जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुकाे पनि सहभागिता रहेकाे । 

  • सार्वजनिक सूचना २०७५-६-१४

    सार्वजनिक सूचना

  • चाडपर्व लक्षित बैठककाे निर्णय २०७५-६-१२

    प्रमुख जिल्ला अधिकारीज्यूकाे अध्यक्ष्यतामा मिति २०७५/६/१२ मा बसेकाे चाडपर्व लक्षित बैठककाे निर्णयहरु । 

  • मिति २०७५/६/५ मा बसेकाे कार्यालय प्रमुखकाे निर्णय २०७५-६-५

    मिति २०७५/६/५ मा बसेकाे कार्यालय प्रमुखकाे निर्णय

  • संघ/संस्था सम्बन्धी अत्यन्त जरुरी सूचना २०७५-६-२

    संघ/संस्था सम्बन्धी अत्यन्त जरुरी सूचना

  • संविधान दिवस २०७५ मनाउने सम्वन्धमा २०७५-५-२८

    संविधान दिवस २०७५ मनाउने सम्वन्धमा गण्डकी प्रदेशका मुख्यमन्त्री मा. पृथ्वीसुव्वा गुरुङको अध्यक्षतामा बसेको वैठकको निर्णय डाउनलोड गरी अवगत गर्नुभई आ-आफ्नो कार्यालयबाट सम्पादन गर्नु पर्ने कार्य गर्नु हुन अनुरोध गरिन्छ । 

  • डुंगा व्यवस्थापन सम्बन्धमा २०७५-५-२७

    जिल्ला प्रशासन कार्यालय कास्कीकाे  डुंगा व्यवस्थापन र दुर्घटना न्यूनीकरण बारेकाे जानकारी सम्बन्धी सूचना

  • विवरण पेश गर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना २०७५-४-६

    जिल्ला प्रशासन कार्यालय कास्कीको यातायात व्यवसायी संघ संस्थाहरुको दायित्व भित्र पर्ने विवरणहरु ३५ दिन भित्र पेश गर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना 

  • सार्वजिनक सूचना २०७५-२-२९

    जिल्ला प्रशासन कार्यालय कास्कीकाे विश्व कप फुटवल पर्दशनी सम्बन्धी सार्वजिनक सूचना

  • निषेधित क्षेत्र ताेकिएको --

    जिल्ला प्रशासन कार्यालय कास्कीको निषेधित क्षेत्र तोकिएको सम्बन्धी सूचना पोखरा लेखनाथ महानगरपालिका वडा न‌ं. ३ साविकको नगर विकास प्रशिक्षण केन्द्रको पूर्व नदिपुर चोक, उत्तर तर्फको पि.एन. क्याम्पसको तर्फको सिमलको रुख, दक्षिणमा अधिकारी टोल, पश्चिममा बागबजार तर्फको कम्पाउण्ड भन्दा १०० मिटर परसम्मको चार किल्ला क्षेत्र र एे.एे. वडा नं. ७ स्थित उत्तर फिर्के चौतारो, दक्षिण संघीय प्रहरी ईकाइ कार्यालय र सडक डिभिजनको चोक, पूर्वमा कोष तथा लेखा नियन्त्रकको कार्यालयको प्रबेशद्धार, पश्चिम प्रदेश प्रहरी कार्यालय क्षेत्र भित्र मिति २०७५/०२/२८ गते देखि मानिसहरु भेला हुन नपाउने, विरोध प्रदर्शन गर्न नपाउने, जुलुश र्याली गर्न नपाउने गरी स्थानीय प्रशासन एेन २०२८ को दफा ६ को…

  • 3 months Progress Report २०७५-१-११

    Progress Report



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय