नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
कैलाली


  जिल्ला प्रशासन कार्यालय, कैलाली

कैलाली चिसापानीमा डु‌ंगा दुर्घटना सम्बन्धी समाचार

मिति २०७५।०६।२३ काे अनुगमन प्रतिवेदन

 

 

एसएसबीको ज्यादती अझै नरोकिएको कैलालीको कैलारी गाउँपालिकाका नागरिकले जिल्लाका सुरक्षा अधिकारी समक्ष गुनासो गरेका छन् ।

जनताका गुनासो सुन्नका लागि शनिबार हसुलिया पुगेका सुरक्षा निकायका प्रमुख समक्ष उनीहरुले भारतीय एसएसबीले नेपालीमाथि दुव्र्यहार गर्ने गरेको, सहज रुपमा भारतीय बजार जान नपाएको लगायतका गुनासो गरेका छन् ।

यसका साथै गाउँपालिकाको भुगोल ठूलो भएपनि सुरक्षा निकायको उपस्थति पातलो हुदाँ शान्ति सुरक्षाको अनूभूति गर्न नसकेको, कृषि योग्न भूमिमा मलखाद, डिजेललगायतको समस्या भोग्नुपरेको गुनासो कैलारीवासीले सुरक्षा अधिकारीहरु सामु राखे । सुरक्षा अधिकारीहरुले समस्या समाधानका लागि पलह गर्ने आश्वासन दिएका छन् ।

जनताको गुनासो सुन्न, शान्ति सुरक्षाको अवस्था बुझेर नयाँ सुरक्षा योजना बनाउने उदेश्यका साथ जिल्लास्थित सुरक्षा निकायको टोली प्रत्येक शनिबार जनताको घरदैलोमा जाने गर्छ ।

सोही अनुरुप कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठसहित जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद घिमिरे र सीमा सुरक्षा बलका निमित्त कार्यालय प्रमुख विष्णु प्रसाद भट्ट कैलारी गाउँपालिकाका पुगेका थिए ।

सो क्रममा सुरक्षा निकायमा प्रमुख समक्ष हसुलियाका नागरिकले लामो समयदेखि सीमा क्षेत्रमा एसएसबीको दुव्र्यहार सहनु परेको गुनासो गरेका छन् ।

उनीहरुले दैनिक उपभोग्य बस्तुका लागि सिमावर्ती बजार चन्दनचौकी जादासमेत सहजरुपमा आवात जावत गर्न नपाएको र दुर्व्यबहार खेप्नुपरेको गुनासो गरे ।

कैलारी गाउँपालिकाका नागरिकले भुगोल ठूलो भएपनि पर्याप्त मात्रामा सुरक्षा निकायको उपस्थिति हुन नसकेको गुनासो सुरक्षा अधिकारी समस्या पुगेका छन् । उनीहरुले शान्ति सुरक्षाको अनुभूति गर्नका लागि सुरक्षा निकायको उपस्थिति बढाउन माग गरेका छन् ।

गाउँगाउँमा सिंहदरबार भन्ने नारा भएपनि त्यसको अनुभूति गर्न नपाएको दुखेको कैलारी गाउँपालिकाका नागरिकको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपनि समयमै मल, डिजेल पाउन नसकेको, स्थानीय तहले जनताको ढाड सेक्ने गरी कर बढाएको आरोप उनीहरुको छ ।

नागरिकलाई शान्ति सुरक्षाको अनुभूति गराउनका लागि पनि विभिन्न क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका युनिट स्थापना गर्ने तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए ।

 

     जिल्ला प्रशासन कार्यालय, कैलालीले जिल्लास्थित सुरक्षा निकाय समेतको सहभागीतामा जिल्लाका स्थानीय तहहरु संग सम्बन्धित स्थानीय तहमै गएर शान्ति सुरक्षाको अवस्था, विकास निर्माण, दैवी प्रकोप पूर्वतयारी लगायत समसामयीक बिषयमा अन्तरकृया कार्यक्रमको शुरुवात गरेको छ । यसै शिलशिलामा प्रमुख जिल्ला अधिकारी श्री बाबुराम श्रेष्ठ यस जिल्लामा हाजिर भए लगतै मिति २०७५।०३।३२ गते यस जिल्लाका बाढीबाट अति जोखिमग्रस्त क्षेत्रको रुपमा चिनिने भजनी नगरपालिका, जानकी गाउँपालिका, टीकापुर नगरपालिकाका प्रमुख लगायत अन्य पदाधिकारी तथा नेपाल रेडक्रस सासाईटी, उद्योग वाणिज्य संगका प्रतिनिधिहरुसंग अन्तरकृया गरियो । उक्त अन्तरकृयामा स्थानीय तहबाट दैवप्रकोप पूर्वतयारी सम्बनधमा गरिएको तयारीको बारेमा छलफल भयो भने शुरक्षा निकायबाट सुरक्षा व्यवस्था, दैवी प्रकोप तयारी बिषयमा स्थानीय तहका प्रमुख लगायतलाई जानकारी गराइयो । प्रमुख जिल्ला अधिकारीज्यूबाट स्थानीय तहसंग प्रत्यक्ष रुपमा अन्तरकृया गर्दा भोलीका दिनमा सहकार्य गर्न सहज हुने तथा स्थानीय तहबाट दैवी प्रकोप पूर्वतयारी लगायत बिषयमा गरिएको तयारीको सह्राना गर्नु भयो । यसै गरी साउन ५ गते कैलारी गाउँपालिकाको हसुलियामा, श्रावण १२ गते चुरे गाउँपालिकाको सहजपुरमा, श्रावण १९ गते जोशीपुर गाउँपालिकाको जोशीपुरमा अन्तरकृया कार्यक्रम सम्पन्न भएका छन् । उक्त अन्तरकृया कार्यक्रमको अध्यक्षता सम्बन्धित गाउँपालिकाका अध्यक्षले गर्नु भयो भने प्रमुख जिल्ला अधिकारी श्री बाबुराम श्रेष्ठले प्रमुख अतिथिको भूमिका निभाउनु भएको थियो । अन्तरकृया कार्यक्रमा जिल्लाका सुरक्षा निकाय प्रमुखहरु, गाउँपालिकाका पदाधिकारीहरु, स्थानीय भद्रभलाद्मी, उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस, पूर्व सभासद्, जिल्ला समन्वय समिति सदस्यहरु, स्थानीय सुरक्षा निकायहरुको उपस्थिती रहेको थियो । अन्तरकृया कार्यक्रममा शान्ति सुरक्षा, सामाजिक अपराधहरु, महिला हिंसा, विकास निर्माण, दैवी प्रकोप तथा शुसासनको बिषमा छलफल भई आपसमा अनुभव आदान प्रदान भएको थियो ।

  • मिति २०७५।६।२३ गतेको बजार अनुगमन प्रतिवेदन २०७५-६-२३

    मिति २०७५।६।२३ गतेको स‌युक्त बजार अनुगमन टाेलीबाट गरिएकाे बजार अनुगमन प्रतिवेदन

  • मिति २०७५।४।३१ गतेको अनुगमन प्रतिवेदन २०७५-४-३१

    मिति २०७५।४।३१ गतेको  गरिएकाे पेट्रोल पम्पहरुकाे अनुगमन प्रतिवेदन

  • पेट्रेाल पम्पहरुको अनुगमन प्रतिवेदन २०७५-४-२८

    पेट्रेाल पम्पहरुको अनुगमन प्रतिवेदन

  • गुनासाे सुनुवाई कार्यक्रम २०७५-४-२७

      एसएसबीको ज्यादती अझै नरोकिएको कैलालीको कैलारी गाउँपालिकाका नागरिकले जिल्लाका सुरक्षा अधिकारी समक्ष गुनासो गरेका छन् । जनताका गुनासो सुन्नका लागि शनिबार हसुलिया पुगेका सुरक्षा निकायका प्रमुख समक्ष उनीहरुले भारतीय एसएसबीले नेपालीमाथि दुव्र्यहार गर्ने गरेको, सहज रुपमा भारतीय बजार जान नपाएको लगायतका गुनासो गरेका छन् । यसका साथै गाउँपालिकाको भुगोल ठूलो भएपनि सुरक्षा निकायको उपस्थति पातलो हुदाँ शान्ति सुरक्षाको अनूभूति गर्न नसकेको, कृषि योग्न भूमिमा मलखाद, डिजेललगायतको समस्या भोग्नुपरेको गुनासो कैलारीवासीले सुरक्षा अधिकारीहरु सामु राखे । सुरक्षा अधिकारीहरुले समस्या समाधानका लागि पलह गर्ने आश्वासन दिएका छन् । जनताको गुनासो सुन्न, शान्ति सुरक्षाको अवस्था बुझेर नयाँ सुरक्षा योजना बनाउने उदेश्यका साथ…

  • अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको सम्बन्धमा २०७५-४-२०

          जिल्ला प्रशासन कार्यालय, कैलालीले जिल्लास्थित सुरक्षा निकाय समेतको सहभागीतामा जिल्लाका स्थानीय तहहरु संग सम्बन्धित स्थानीय तहमै गएर शान्ति सुरक्षाको अवस्था, विकास निर्माण, दैवी प्रकोप पूर्वतयारी लगायत समसामयीक बिषयमा अन्तरकृया कार्यक्रमको शुरुवात गरेको छ । यसै शिलशिलामा प्रमुख जिल्ला अधिकारी श्री बाबुराम श्रेष्ठ यस जिल्लामा हाजिर भए लगतै मिति २०७५।०३।३२ गते यस जिल्लाका बाढीबाट अति जोखिमग्रस्त क्षेत्रको रुपमा चिनिने भजनी नगरपालिका, जानकी गाउँपालिका, टीकापुर नगरपालिकाका प्रमुख लगायत अन्य पदाधिकारी तथा नेपाल रेडक्रस सासाईटी, उद्योग वाणिज्य संगका प्रतिनिधिहरुसंग अन्तरकृया गरियो । उक्त अन्तरकृयामा स्थानीय तहबाट दैवप्रकोप पूर्वतयारी सम्बनधमा गरिएको तयारीको बारेमा छलफल भयो भने शुरक्षा निकायबाट सुरक्षा व्यवस्था, दैवी…

  • मिति २०७५।४।१० गतेको अनुमगन प्रतिवेदन २०७५-४-११

    मिति २०७५।४।१० गतेको अनुमगन प्रतिवेदन

  • जिल्ला दैवी प्रकाेप उद्धार समितिको प्रेश विज्ञप्ती २०७२-३-१४

    अत्याधिक बर्षाकाे बेला सबैलाई सचेत रहन अाग‍्रह गरिन्छ ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय