नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
झापा


  जिल्लाको परिचय

      नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, मेची अञ्चलमा पर्ने अत्याधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यसको उत्तरी भाग पहाडी पर्वतमालाले सजिएको छ भने अतिरिक्त सम्पूर्ण भूभाग तराई पर्दछ । विसं २०६८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या ८१,२६५० रहेको छ । यो जिल्लाको क्षेत्रफल १६०६ बर्ग कि.मी. रहेको छ । यो जिल्लाको पूर्वमा मेची नदीले भारतको पश्चिम बङ्गाल सँग सिमाना छुट्याएको तथा यस जिल्लाको दक्षिणमा भारतको बिहार रहेको छ। उत्तरमा इलाम, पश्चिममा मोरङ जिल्ला रहेका छन् । नेपालको सबभन्दा होचो भू-भाग केचनाकवल -५८ मी. र नेपालको सबभन्दा लामो पक्की पुल कन्काई  ७०२ मी.) पनि यसै जिल्लामा पर्दछ। यहाँका प्रमुख व्यापारिक सहरहरू बिर्तामोड नगरपालिका, दमक नगरपालिका   काकरभिट्टा हुन् । यस जिल्लाका प्रसिद्ध   पर्यटकीय एवं तीर्थस्थलहरूमा कन्काई धाम कोटीहोम, अर्जुनधारा, जामुनखाडी सिमसार क्षेत्र, किच्चक वध, केचनाकवल, सतासीधाम आदि पर्दछन् । झापाका प्रमुख नदी भनेर कनकाई नदी, बिरिङ नदी,   रतुवा नदी मावा नदी, मेची नदीलाई जानिन्छ । >> सबै हेर्नुहाेस्



 

  • लागू पदार्थ एवं अवैध मदिरा नियन्त्रण सम्वन्धी २०७५-६-२४

    जिल्ला प्रशासन कार्यालय झापाले गौरिगन्ज गाउँपालिकाको सँयोजनमा मिती २०७५ असोज २४ गते लागू पदार्थ एवं अवैध मदिरा नियन्त्रण सम्वन्धी एक दिने अन्तरकृया कार्यक्रम गौरिगन्जमा सम्पन्न गरेको छ । चेतना नेपाल नामक सामाजिक सँस्था र नेपाल प्रहरीको तर्फवाट लागू पदार्थ एवं अवैध मदिरा नियन्त्रण सम्वन्धी विषयमा कार्यपत्र प्रस्तुत भएको थियो । गौरिगन्ज गाउँपालिकाका अध्यक्ष बावुराजा श्रेष्ठको अध्यक्षता एवम प्रमुख जिल्ला अधिकारी श्री जनकराज दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानिय जनप्रतिनिधी एव नागरिक हरु सहित ४८ जनाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा अवैध मदिरा नियन्त्रण सम्वन्धमा स्थानिय सँघसँस्था र जनप्रतिनिधीवाट अवैध मदिरा तथा लागू औषधको नियन्त्रण का लागि प्रतिवद्धता व्यक्त भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला…

  • झापाका चिया मजदुरको ज्याला सम्वन्धमा भएको वैठक २०७५-५-२४

    जिल्ला प्रशासन कार्यालय झापामा नेपाल चिया उत्पादक संघ र ट्रेड यूनियनहरु विच चिया वगानका मजदुरहरुको ज्याला दररेटका सम्वन्धमा छलफल भयो । यस सम्वन्धमा नेपाल चिया उत्पादक संघका प्रतिनिधीहरु केन्द्रिय स्तर (काठमान्डौ)मा गइ सो सम्वन्धमा समन्वय गर्ने र त्यहाँवाट जे जस्तो निर्णय भइ आएमा पनि नेपाल राजपत्र खण्ड ६८ सँख्या २० मिति २०७५/४/३१ गते प्रकाशित श्रमिकहरुको लागि निर्धारण भएको ज्याला भुक्तानि दिन सहमति गरियो । वैठक मिति २०७५/५/२१ विहिवार

  • झापामा निजामति सेवा दिवस २०७५ सम्पन्न २०७५-५-२२

    निजामति सेवा समग्र सरकारी सेवाको मियोको रुपमा रहेको विदितै छ । जनतालाइ आधारभूत सेवा सुविधा प्रदान गर्ने देखि लिएर अन्य मानविय आवश्यकताको पूर्तीका लागी यसको विकल्प आजसम्म खोज्न सकिएको छैन । सेवाप्रदायकको रुपमा पेशाविदहरुवाट सँचालित यो सेवाले विगत देखि नै निति निर्माता नियामक समन्वयकर्ता श्रोत परिचालक सँरक्षक मध्यस्थकर्ता तथा कार्यान्वयनकर्ताको भुमिकामा आफूलाइ खरो रुपमा प्रमाणित गरि सकेको छ । २०१३ साल भाद्र २२ गते तत्कालिन प्रधानमन्त्रि टकप्रसाद आचार्यले निजामति सेवा एन लागू गराएको सम्झनामा हरेक वर्ष भदौ २२ लाइ निजामति सेवा दिवसको रुपमा मनाउँदै आइएको छ । नतिजामुखि प्रशासन समृद्धि र सुशासन भन्ने मुल नाराका साथ यस वर्ष झापामा यो…

  • वाल कल्याण समिति झापाको बैठक सम्पन्न २०७५-५-१७

    जिल्ला वालकल्यण समिति झापाको बैठक प्रमुख जिल्ला अधिकारी  श्री जनकराज दाहालको अध्यक्षतामा सम्पन्न भएको छ । वाल कल्याण समिति झापाका २७ जना सदस्यको उपस्थितिमा भएको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलको संयोजकत्वमा जिल्लामा सरकारी स्वामित्वको वाल संरक्षण गृह स्थापना गर्ने कामका लागि जग्गा प्राप्ती गर्न एक उपसमिति गठन गर्ने निर्णय गरेको छ । यसका साथै साना हात भद्रपुर झापाको संरक्षणमा रहेकि १३ वर्षिय बालिका प्रज्ञा तामाङ्गको अभिभावक पत्ता नलागेको हुँदा उनको पठनपाठन लगायत स्थायी संरक्षणको लागि साना हात नेपाल केन्द्रिय कार्यालयद्धारा संचालित वालगृह काठमाण्डौंमा पठाउन सिफारिस गरेको छ । बैठकमा वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट उद्धार गरि वर्ष…

  • सडक सुशासन कार्यक्रम कार्यान्वयनमा ल्याइने २०७५-५-१०

    जिल्ला प्रशासन कार्यालय झापामा सरोकारवाला निकायहरु विच मिति 2075/5/8 मा सम्पन्न वैठकले १ नम्वर प्रदेश सरकारको अवधारणा अनुसार झापाको सुरुङ्गा देखि विर्तामोड मुक्ती चोकसम्मको १० कि.मि. राजमार्गमा सडक सुशासन कार्यक्रम कार्यान्वयन गर्ने तर्फ कामको शुरुवात गरेको छ । उक्त वैठकमा ट्राफिक कार्यालय विर्तामोडवाट सडक सुशासन सम्वन्धि विषयमा प्रस्तुतिकरण भइ विस्तृत छलफल भएको थियो । सडक क्षेत्रभित्र रहेका निर्माण सामाग्री, व्यापार, व्यवसाय, छाडा पशु नियन्त्रण लगायतका विषयमा नियन्त्रण गर्न स्थानिय तहमा लेखि पठाउने र स्थानिय तहहरुले सडक सुशासनका विषयमा आफ्नो क्षेत्रमा व्यापक छलफल चलाउने समेत निर्णय भएको छ । यातायात व्यवसायि एवम यातायात सँचालकहरुवाट सम्भव भएसम्म सिट सँख्याको आधारमा मात्र यात्रुहरु…

  • महिला हिसा न्युनिकरण डेस्क सँचालनमा २०७५-५-१०

    जिल्ला प्रशासन कार्यालय झापाले 2075 भदौ ७ गतेदेखि महिला हिसा न्युनिकरण डेस्क सँचालनमा ल्याएको छ । वढ्दो महिला हिसा न्युनिकरण गर्न प्रमुख जिल्ला अधिकारी मातहत रहने गरि डेस्क सँचालनमा आएको हो । मुलुकभरि नै महिला माथी हुने हिसा न्युनिकरणका आवाजहरु उठिरहेको वेला यस्तो सँरचनाको शुरुवात गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले वताउनु भयो । महिलामाथि हुने कुनै पनि अपराधलाइ समाजमा निरुत्साहन गर्ने र सो को गुनासो सुनुवाइ गर्न यस्तो सँरचनाको आवश्यकता रहेको थियो । यसका साथै नियमित रुपमा हुने कार्यालय प्रमुखको भाद्र ३ गतेको वैठकले वढ्दो महिला हिसा न्युनिकरणका लागि कार्यालयको शुन्य समयमा छलफल चलाइ आवश्यक सचेतना फैलाउन हरेक कार्यालयका…

  • प्रगति विवरण २०७५-५-४

    प्र.जि.अ. श्री जनकराज दाहालज्यूको अध्यक्षतामा निम्न मितिमा बैठक बसी विविध विषयमा छलफल एवम निर्णय गरिएको व्यहोरा अनुरोध छ ।                    निम्न – मिति २०७५-०२-२६ गते विपद्ध जोखिम न्यनिकरण तथा विपद्ध व्यस्थापन एन २०७४ अनुसारको विपद्ध व्यवस्थापन समितिको बैठक बसेको। मिति २०७५-०३-०३ गते नियमित रुपमा कार्यालय प्रमुखको बैठक बसेको । मिति २०७५-०४-०३ गते नियमित रुपमा कार्यालय प्रमुखको बैठक बसेको । मिति २०७५-०४-२८ गते विपद्ध जोखिम न्यनिकरण तथा विपद्ध व्यस्थापन एन २०७४ अनुसारको विपद्ध व्यवस्थापन समितिको बैठक बसेको। मिति २०७५-०५-०३ गते नियमित रुपमा कार्यालय प्रमुखको बैठक बसेको ।           तपसिल – जिल्लमा शान्ति सुरक्षाको, सुव्यवस्था कायम राख्ने । सेवा प्रवाहलाई प्रभावकारी बनाउने । विकास निर्माणलाई सहजीकरण समन्वय…

  • प्रगति विवरण २०७५-२-२१

    प्र.जि.अ. श्री जनकराज दाहालज्यूको अध्यक्षतामा निम्न मितिमा बैठक बसी विविध विषयमा छलफल एवम निर्णय गरिएको व्यहोरा अनुरोध छ ।                    निम्न – मिति २०७५-०१-२३ गते परिचय आदान प्रदान तथा समसामयिक बिषयमा छलफल। मिति २०७५-०१-२० गते कार्यालय प्रमुखको बैठक बसेको । मिति २०७५-०२-०४ गते उद्धोग बाणिज्य सँघ होटल व्यसायी सँघ र उद्धोग सँघ सग बैठक बसेको । मिति २०७५-०२- ०८ गते  झापाको निर्माण व्यवासायी र बिकास निर्माण सँग सम्बन्धित सरकारी कार्यालयहरु समेतको उपस्थितिमा बैठक बसेको । मिति २०७५-०२-०८ नदीजन्य सामाग्री अनाधिकृत रुपले उत्खनन भन्ने जनगुनासो सम्बन्धी बैठक बसेको । मिति २०७५-०२-०८ गते कृष्णाद्धैपाएनन गुरुकुल बिद्धार्थी भर्ना सम्बन्धी बैठक बसेको । मिति…

  • प्रगती विवरण २०७३-८-२६

    प्र.जि.अ. श्री उत्तरकुमार खत्रीज्यूको अध्यक्षतामा निम्न मितिमा बैठक बसी विविध विषयमा छलफल एवम निर्णय गरिएको व्यहोरा अनुरोध छ ।                    निम्न – मिति २०७३-०८-१३ गते जिल्ला सुरक्षा समिति झापाको बैठक बसेको ।  मिति २०७३-०८-१५ गते राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि ज्यूहरुसँग सर्वदलीय / सर्वपक्षीय बैठक बसेको । मिति २०७३-०८-१६ गते जिल्ला मेडियाकर्मी तथा संचारकर्मीहरु सँग बैठक बसेको । मिति २०७३-०८-१९ गते समसामयीक विषयमा सुरक्षा निकायका प्रमुख, जिल्ला वन कार्यालयका प्रमुखसँग बैठक बसेको । मिति २०७३-०८-२० गते कार्यालयका प्रमुखहरुसँग बैठक बसेको । मिति २०७३-०८-२३ गते यस कार्यालयका कर्मचारीहरुसँग बैठक बसेको ।             तपसिल – जिल्लमा शान्ति सुरक्षाको, सुव्यवस्था कायम राख्ने…



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय