नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गुल्मी

  • पत्रकार सम्मेलन २०७५-६-१०

    मिति २०७५।६।८ र ९ गते का दिन औषधी पसलहरुमा भएको अनुगमन/निरीक्षणको क्रममा पाइएका कमीकमजोरीहरु र सो को लागि दिइएको निर्देशनको बारेमा विस्तृत जानकारी दिने उद्देश्यले प्रमुख जिल्ला अधिकारी श्री यदुनाथ पौडेलज्यूबाट जिल्लास्थित पत्रकारहरुबीच पत्रकार सम्मेलन गरिएको ।

  • औषधी पसलहरुको निरीक्षण/अनुगमन २०७५-६-१०

    मिति २०७५।६।८ र ९ गते का दिन औषधी व्यवस्था विभागका प्रतिनिधिको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय¸ जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरुको संयुक्त टोलीद्धारा गुल्मी जिल्लामा सदरमुकामस्थित संचालित १९ र सदरमुकाम बाहिर संचालन भएका ४ वटा गरी जम्मा २३ वटा औषधी पसलहरुको अनुगमन/निरीक्षण हुँदा सदरमुकामस्थित ४ वटा औषधी पसलहरुले आधारभूत प्रक्रिया नै नपुर्याई क्लिनिक संचालन गरेको पाइएको र अन्य औषधी पसलहरुले औषधी पसल संचालन गर्दा ध्यान दिनुपर्ने आवश्यक कार्यहरु गरेको नपाइएको । सदरमुकाममा आवश्यक प्रक्रिया र पुर्वाधार पुरा नगरी संचालित भएका ४ वटा क्लिनिक औषधी पसलहरुलाई हाल उक्त सेवा बन्द गर्न निर्देशन दिइएको । रुरु गाउँपालिका रिडी बजारस्थित संचालित…

  • वृहत स्वास्थ्य शिविर संचालन २०७५-५-१७

    विश्व मुटु दिवसको अवसरमा Lions Club, Lord Buddha Kathmandu को आयोजनामा Nepal Heart Foundation Gulmi को सह आयोजनामा यही २०७५ आश्विन १२ र १३ गते तमघासमा हुने वृहत स्वास्थ्य शिविर संचालन सम्बन्धमा प्रमुख जिल्ला अधिकारी श्री यदुनाथ पौडेलको संयोजनमा सर्व पक्षीय बैठक सम्पन्न । मिति २०७५।०६।०२

  • सेवा चुस्त दुरुस्त बनाउने सम्बन्धमा २०७५-५-१७

    आज मिति २०७५ साल भाद्र २ गते प्रमुख जिल्ला अधिकारी श्री यदुनाथ पौडेलको अध्यक्षतामा कार्यालयकाे नियमित स्टाफ बैठक बसी कार्यालयबाट भैरहेको सेवा प्रवाहलाई प्रभावकारी एवं चुस्त दुरुस्त बनाउने सम्बन्धमा व्यापक छलफल एवं निर्णय भयो।  कार्यालयलाई विचौलिया रहित,  लेखनदास रहित बनाउन सबै शाखाले अझ बढी सक्रिय भूमिका निर्वाह गराउने कार्यको समिक्षा गरियो ।  सेवाग्राहीहरुको हितलाई मध्यनजर राखी हेल्प डेक्सको स्थापना गरी निवेदन र हुलाक टिकट समेत  कार्यालयमै व्यवस्था हुँदै आइरहेको छ र आगामी दिनहरुमा प्रशासनको सेवालाई अझ बढी प्रभावकारी बनाउने सम्बन्धमा समेत व्यापक छलफल गरियो ।

  • सरसफाई कार्यक्रम २०७५-५-२९

    बालदिवस २०७५ को अवसरमा जिल्ला प्रशासन कार्यालयका प्र.जि.अ. , प्र.अ. एवं कर्मचारी लगायत सुरक्षाकर्मी र अन्य महानुभावहरुले बालमन्दिर, लाकुरीमन्च , जिल्ला प्रशासन कार्यालय अगाडिको परिसर, सहिद चोक लगायतका स्थानहरुमा सरसफाई कार्यक्रम गरियो ।

  • सेवाग्राहीको हितमा थप सेवा संचालनमा २०७५-५-१७

    जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवाग्राहीका लागि थप सेवा सञ्चालनमा ल्याएको छ । जिल्ला प्रशासनका कार्यालय गुल्मीमा जिल्लाका विकट स्थानहरुबाट सेवा लिन आउने सेवाग्राहीहरुको हितलाई ध्यानमा राखेर विचौलियाबाट ठगिने र अनावश्यक झण्झट व्यहोर्नु परेको गुनासोलाई सम्बोधन गर्नको लागि कार्यलयमै दुई जना कर्मचारी व्यवस्था सहित हेल्प डेक्स स्थापना गरेर नागरिक मैत्री सेवा सञ्चालनमा ल्याएको छ । प्रमुख जिल्ला अधिकारी श्री यदुनाथ पौडेलज्यूको आवश्यक निर्देशन एवं पहलमा कार्यालयबाट उपलब्ध गराइने सेवाहरु जस्तै निशुल्क निवेदन लखेन¸ नागरिकता अभिलेख पठाउने¸ राहदानी सिफारिस सम्बन्धी कार्य, शान्ति सुरक्षा निवेदन लेखन¸ मुद्दा तथा ठाडो उजुरी सम्बन्धी निवेदन¸ स्थानीय प्रशासन सम्बन्धी विभिन्न सिफारिस एवं निवेदन¸ पेन्सन सम्बन्धी विभिन्न कार्य…

  • विविध कार्यक्रमका बीच निजामती सेवा दिवस २०७५ २०७५-५-२२

    निजामती सेवा दिवस २०७५ को विविध कार्यक्रमका साथ भव्य र सभ्य रूपमा सम्पन्न । निजामती सेवा दिवस २०७५ अवसरमा यही मिति २०७५।५।२० गतेदेखि यही २२ गतेसम्म अन्तर कर्मचारी ब्याडमिन्टन प्रतियोगिता आयोजना गरियो । उक्त प्रतियोगितामा  कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष प्रमुख श्री शशिन्द्र खाती र जिल्ला प्रशासन कार्यालयका क.अ. कृष्ण पन्थीको टिमले प्रथम स्थान प्राप्त गर्न सफल भयो । दोस्रो स्थानमा शसस्त्र प्रहरी बल गुल्मका प्र.नि. देवराज मल्ल र पुरन पौडेल को समूह र तेस्रो स्थानमा जि.प्र.का. गुल्मीका प्र.ना.उ. रोशन खड्का र स.ई. भेषबहादुर घ.म. तथा नापी कार्यालय मजुवा बजारका ना.अ. दिनेश बखुन्छे र प्र.ज. लोक बहादुर पुलामी भएका…

  • प्र‍.जि.अ. ज्यूको स्वागत २०७५-३-१८

    आज मिति २०७५।३।१८ गतेका दिन गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री यदुनाथ पौडेलज्यूलाई जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरुबाट  कार्यालयमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना प्रदान गरियो ।

  • प्र‍.जि.अ. ज्यूको विदाई २०७५-३-१४

     प्रमुख जिल्ला अधिकारी श्री कोशलराज शर्माज्यूले आफ्नो जीवनको उर्जाशील समय झण्डै ३६ वर्ष निजामती सेवामा समर्पित गरी  मिति २०७५।३।१३ गते ५८ वर्ष उमेरहदको कारण अवकाश प्राप्त गर्नुभयो । उहाँको अवकाश विदाई कार्यक्रम कार्यालयका सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा भव्यताका साथ कार्यालयको सभाहलमा सम्पन्न भयो । उक्त अवसरमा उहाँले आफूलाई तोकिएको जिम्मेवारी सफलतापूर्क सम्पन्न गरी जिल्लाबासीहरुप्रति पुर्याउनुभएको प्रभावकारी भूमिका,  हार्दिकता,  सदासयताको उच्च मूल्याङ्कन गर्दै वहाँको अवकाश पछिको भावी जीवन सुखमय, दीर्घायु एवं सामाजिक कार्यमा क्रियाशील भइरहोस भन्ने कामनाकासाथ शुभकामना प्रदान गरियो ।

  • विश्व वातावरण दिवस २०७५-२-२२

    "भावी पुस्तालाई स्वच्छ वातावरण सबैकाे दायित्व" भन्ने मूल नाराका साथ आज मिति २०७५।२।२२ गते (जुन ५) मा विश्व वातावरण दिवस  काे अवसरमा नेपाल सरकारबाट आव्हान भए बमोजिम एक राष्ट्रसेवक एक फलफुलको विरुवा अभियान अन्तर्गत प्रमुख जिल्ला अधिकारी श्री कोशलराज शर्माज्यूबाट जिल्ला प्रशासन कार्यालयको परिसर र उर्लेनी डाँडामा माेकाडामियानट (जापानी कटुस) का बिरुवा  र राेपी कार्यक्रमको शुभारम्भ गर्नुभयो साथै अन्य  अन्य राष्ट्रसेवक कर्मचारीहरुले आ-आफ्नो पायक पर्ने सार्वजनिक स्थलहरुमा विभिन्न किसिमका फलफुलका विरुवा रोपी उक्त कार्यक्रम भव्यताका साथ मनाइयो ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय