नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गोर्खा


  Activities

मिति २०७५ भाद्र  २१  गते सम्म राहदानीको लागि यस जिल्ला प्रशासन कार्यालय गोरखा मार्फत आवेदन फाराम पेश गर्नु भएका सेवाग्राहीले आफ्नो राहदानी लिन सक्कल नागरिकता र रसिद सहित यस कार्यालयकाे काेठा नं. १०४ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

राहदानी अाए/नअाएकाे हेर्नकाे लागि तलको लिंकमा क्लिक गर्नुहाेस् ।

http://moha.gov.np/district/custom/editor/ckfinder/userfiles/files/2075-06-14%20passport.xlsx

संस्था नविकरण सम्बन्धी अत्यन्त जरूरी सूचना

दोस्रो पटक सूचना प्रकाशित २०७५।०६।०२

यस कार्यालयमा संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भै लगातार ३ वर्ष वा सो भन्दा बढी समयदेखि नविकरण नगराएका संघ–सस्थाहरुको खारेजी प्रकृया अघि बढाउने भनी गृह मन्त्रालयको मिति २०७५।२।२४ को आदेशानुसार यस कार्यालयको मिति २०७५।०२।३० गते नविकरणको लागि १५ दिने सुचना प्रकाशित गरि  २०७५।४।२१ को निर्णयबाट खारेजी प्रक्रिया अघि बढाइएकोमा निर्धारित समयावधिमा नबिकरण छुट भएका संस्थाहरू (यातायात सम्बद्ध बाहेक) को हकमा पुनः एक पटक ३५ दिने म्याद दिइ नविकरणको लागि सूचना प्रकाशित गर्न सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने भनि मिति २०७५।५।३१ मा (माननीय मन्त्रीस्तरिय) निर्णय भएकोले मिति २०७५।०२।३० गते प्रकाशित १५ दिने सुचना अवधिभित्र नविकरण हुन नसकेका संघसंस्थाहरूका लागि यो सूचना प्रकाशित भएको मितिले  लागू हुने गरि ३५ दिन भित्र संस्था नविकरण गर्नको लागि आबश्यक कागजात पेश गरी नविकरण गराइसक्न पुनः यो सूचना प्रकाशित गरिएको छ ।अन्यथा संस्था खारेज गरिने व्यहोरा समेत यसै सुचना मार्फत जानकारी गराइन्छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाको जिल्लाबासीमा अनुरोध ।

नजिकीदै गरेका नेपालीहरुका महान चाड विजया दशमी, तिहार, छठ लगायतका समयमा विभिन्न गाउँ, टोल तथा समाजमा विभिन्न किसिममा व्यक्ति तथा समुहहरु प्रवेश गरी विविध बाहाना (जस्तैः सुन चम्काईदिने, ग्यास चुलो वनाउने आदि) बनाई विभिन्न औषधीहरु प्रयोग गरी लठ्याउने साथै चोरी लगायतका अबैध तथा आपराधिक क्रियाकलाप गर्ने तथा समाजमा शान्ति भङ्ग गर्ने जस्ता कार्यहरु बढ्दै गएकोले त्यस्ता व्यक्ति तथा क्रियाकलापहरुमा विश्वास नगर्न साथै सतर्क तथा सचेत रहनुहुन सम्पुर्ण जिल्लाबासीमा अनुरोध छ । साथै त्यस्ता संकास्पद व्यक्ति, समूह तथा क्रियालाप कहि कतै देखिएमा तुरुन्त नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालय गोरखामा खबर गरिदिनुहुन अनुरोध छ ।

सेवाग्राहीसँग जिल्ला प्रशासन कार्यालय, गोरखाको विशेष अनुरोध

१. जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने कुनै पनि सेवा वापत सेवाग्राहीले कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन । 

२. जिल्ला प्रशासन कार्यालयको कामको लागि भनी कोही कसैलाई चिन्न भनसुन गराउन वा सोर्स लगाउनु पर्दैन । 

३. जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुसँग राम्रो सम्बन्ध छ भनी हामी काम मिलाई दिन्छु भन्दै विचौलियाको काम गर्ने व्यक्तिहरुको विश्वास नगर्नुहोस । यदि कसैले त्यस्तो गरेको थाहा पाएमा कार्यालयका अधिकृतहरुलाई सूचना दिनुहोस

४‍. कामसँग सम्बन्धित कागजपत्रहरु असम्बन्धित व्यक्तिहरुलाई नदिनुहोस । 

५. जिल्ला प्रशासन कार्यालयका कर्मचारी कानुन बमोजिम तपाईको सेवा गर्न हरदम प्रयत्नशील छन् । तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो । 

६. स्थानीय तह वा अन्य निकायबाट सिफारिस भई अाएको वा लेखी अाएको काममा थप निवेदन लेखी रहनु पर्दैन । 

७. ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त र विपन्नहरुको लागि प्राथमिकता साथ सेवा उपलब्ध हुन्छ । त्यसका लागि सहायता कक्ष (Help Desk) मा सम्पर्क राख्नुहोस ।

८. सहायता कक्ष (Help Desk) का कर्मचारीहरु तपाईको काममा सहजीकरण गर्न तत्पर तथा तयार छन् । 

९. कार्यालयको सेवा सम्वन्धी थप जानकारी आवश्यक परेमा यस कार्यालयको वेभसाइट daogorkha.moha.gov.np मा लगइन गरेर  साथै यस कार्यालयको फेसवुक पेज www.facebook.com/daogorkha अर्थात facebook page DAO GORKHA बाट पनि यस कार्यालयको विभिन्न गतिविधि, सूचना तथा समाचार समेत जानकारी लिन सकिने छ । 

१०. कार्यालयको काम सम्बन्धमा कुनै गुनासो भएमा यस कार्यालयको कोठा नं. १०५ मा गई गुनासो अधिकारीसँग सम्पर्क गर्नुहोस ।

  • वजार अनुगमन सम्पन्न २०७५-६-२९

    वजार अनुगमन सम्पन्न       दशैंको समयमा वजारमा भर्इरहेका गतिविधिहरूलार्इ व्यवस्थित गरी उपभोक्ताहरूले गुणस्तरीय वस्तु प्रतिस्पर्धी मूल्यमा प्राप्त गर्न सक्ने वातावरणको सिर्जना गरी उपभोक्ता हितको रक्षा गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय गोरखाको नेतृत्वमा जिल्ला सदरमुकामका विभिन्न पसलहरूमा वजार अनुगमन सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतद्वय गौतम भण्डारी र डिल्लीप्रसाद श्रेष्ठले नेतृत्व गर्नुभएको दुर्इ अनुगमन समूहमा पशु सेवा कार्यालय, घरेलु तथा साना उद्योग विकास कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च लगायतका कार्यालय एवं निकायहरूको सहभागिता रहेको थियो । सदरमुकामका तरकारी पसल, होटल, मासु पसल, खाद्यान्न पसल लगायतका ३० पसलहरूमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रेका…

  • सिर्दीवासमा घुम्ती शिविर सम्पन्न २०७५-६-२४

    सिर्दीवासमा घुम्ती शिविर सम्पन्न जिल्लाको विकट उत्तरी क्षेत्रलार्इ लक्षित गरी चुमनुव्री गा. पा. ३ सिर्दिवास, फिलिममा जिल्ला प्रशासन कार्यालय गोरखाको अगुवार्इमा घुम्ती शिविर सम्पन्न भएको छ । २०७५ आश्विन १५ देखि २० गते सम्म इलाका प्रशासन कार्यालयमा सञ्चालित उक्त शिविरमा २७ महिला एवं २४ पुरूष गरी कूल ५१ जनाले नयाँ नागरिकता प्राप्त गरेका थिए भने ६ महिला र ८ पुरूष गरी कूल १४ जनाले नागरिकताको प्रतिलिपी पाप्त गरेका थिए । यसैगरी ३ महिला र १७ पुरूष गरी कूल २० जनाले सीमा पास एवं १ जनाले राहदानी सिफारिस प्राप्त गरेका थिए ।उक्त शिविरवाट धार्चे गा. पा. वडा नं १, २ र…

  • (Flood Bulletin) २०७५-५-३१

    बाढी बुलेटिन (Flood Bulletin) (जारी मिति: २०७५-०५-३१, बिहान ६ बजे) विशेष बाढी सूचना मिति २०७५/०५/२९ गते करिब ११.३० बजे देखि २०७५/०५/३० बिहान ५.३० बजे सम्म कालीगण्डकीको प्रमुख शाखा नदी बढिगाड खोला करिश ६ घण्टा पहिरोले गुनिएको र त्यस पश्चात बहाव ओभरफ्लो भएको जानकारी प्राप्त भएको । बढिगाड खोलाको रुद्रवेनीमा २०७५/०५/२९ गते राति मापन भएको स्वचालित जलसतह र सोको रेटिङको आधारमा रुद्रवेनीमा करिब (१००-१०५) घनमिटर प्रतिसेकेन्ड रहेको तथा पहिरोले थुनिएको स्थान उपल्लो तटिय क्षेत्रमा रहेको सो अनुसार उक्त ड्यामको जलाशयमा करिब (९०-१००) घनमिटर प्रतिसेकेन्डका दरले पानी जम्मा हुंदा ६ घण्टामा लगभग २१६०००० घनमिटर पानी जम्मा भएको हुन सक्छ । ठुला चट्टानले बनेको…

  • चुमनुब्री गाउँपालिकावाट सुन सहितका सामानहरू वरामद २०७५-५-२५

    चुमनुब्री गाउँपालिकावाट सुन सहितका सामानहरू वरामद       मिति २०७५/०५/२३ गते शनिवारका दिन बेलुका अन्दाजी चार वजेको समयमा जिल्ला गोरखा चुमनुब्री गाउँपालिका वडा नं. ३ फिलिम स्थित प्रहरी चौकी सिर्दिबास गोरखाको प्रहरी चेकपोष्ट अगाडी प्रहरी नायव  निरीक्षक तुल बहादुर सेनको कमाण्डमा चेकिङमा वसेको प्रहरी टोलीले शंकास्पद व्यक्ति तथा सामानहरू चेकजाँच गर्ने क्रममा छेकम्पारवाट आरुघाट तर्फ ल्याउँदै गर्दा जिल्ला गोरखा चुमनुब्री गा. पा. वडा नं. ७ छेकम्पार बस्ने निम्न व्यक्तिहरूवाट निम्न सामानहरू वरामद गरिएको । जिल्ला गोरखा चुमनुब्री गा. पा. वडा नं. ७ छेकम्पार वस्ने दोर्जे लामाको छोरा वर्ष ५८ को मुटुप लामा भन्ने छिरिङ ङुटुप लामाले उनीको गलवन्दी भित्र सुन राखी…

  • माननीय गृह मन्त्रीज्यूद्भारा भवन उद्घाटन २०७५-५-२४

    माननीय गृह मन्त्रीज्यूद्भारा जिल्ला प्रशासन कार्यालयको भवन उदघाटन       जिल्ला प्रशासन कार्यालय गोरखाको कार्यालय भवनको गृह मन्त्री मा. राम वहादुर थापा (बादल) ज्यूवाट मिति २०७५/०५/२३ गते एक समारोहका विच उद्घाटन भएको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टरार्इको अध्यक्षता, मा. गृहमन्त्रीज्यूको प्रमुख आतिथ्यता, राष्ट्रिय सभामा विपक्षी दलका नेता मा. सुरेन्द्र पाण्डे, पूर्व मन्त्री मा. चीनकाजी श्रेष्ठ, गण्डकी प्रदेश सभाका सदस्य मा. प्रकाशचन्द्र दवाडी, मा. गृहमन्त्री ज्यूको राजनीतिक सल्लाहकार सूर्य सुवेदी (पथिक), सुरक्षा सल्लाहकार डा. इन्द्रजित रार्इ, प्रेस सल्लाहकार किरण भट्टरार्इ सहितको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उदघाटन मन्तव्य व्यक्त गर्दै मा. मन्त्रीज्यूले भूकम्पको पूनर्निर्माण प्रक्रियालार्इ गति प्रदान गर्न र सेवा…

  • वृक्षारोपण कार्यक्रम २०७५-५-२०

    निजामती सेवा दिवसकाे सन्दर्भमा वृक्षारोपण कार्यक्रम मिति २०७५ भाद्र १४ गते विहिवारका दिन यही भाद्र २२ गतेको निजामती सेवा दिवस मनाउने सन्दर्भमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको कार्यालय प्रमुखहरु एवं ट्रेड युनियनका पदाधिकारीहरु सहितको बैठकको निर्णयानुसार गोरखा दरबार हेरचाह अड्डाका रामेश्वर कट्टेलको संयोजकत्वमा जिल्ला आयोजना कार्यान्वय इकाई (शिक्षा) का प्रमुख राम प्रसाद आचार्य एवं मनास्लु संरक्षण क्षेत्र सम्पर्क कार्यालयका प्रमुख विश्वबाबु श्रेष्ठ रहेको ३ सदस्यीय वृक्षारोपण उपसमिति गठन गरिएकोमा उक्त समितिको संयोजकत्वमा आज मिति २०७५।०५।२० गतेका दिन गोरखा नगरपालिका वडा नंं. ६ मा अवस्थीत गोरखा दरबार परिसरको रामशाह चौताराको आसपासका स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्र.जि.अ. एवं…

  • नयाँ मुुलुकी एेनहरू २०७५-४-३०

    २०७५ भाद्र ०१ देखि लागु हुने नयाँ मुलुकी एेनहरू हेर्नकाे लागि तलकाे लिंकमा जानुहाेला ।।।।।। http://moha.gov.np/district/custom/editor/ckfinder/userfiles/files/%E0%A4%A8%E0%A4%AF%E0%A4%BE%E0%A4%81%20%E0%A4%AE%E0%A5%81%E0%A4%B2%E0%A5%81%E0%A4%95%E0%A5%80%20%E0%A4%8F%E0%A5%87%E0%A4%A8%E0%A4%B9%E0%A4%B0%E0%A5%82.rar

  • दर्ता खारेजी प्रक्रियामा रहेका संघसंस्थाहरू २०७५-४-२३

    मिति २०७५।२।२४ गते माननीय गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ज्यूको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णयहरु पाना २ (दुई) कार्यान्वयनका लागि भनि गृहमन्त्रालयबाट च.नं.१५४२ मिति २०७५।२।५ को पत्र प्राप्त भएको ।        जिल्ला प्रशासन कार्यालय, कम्पनी रजिष्टार कार्यालयमा दर्ता भै समाज कल्याण परिषदमा आवद्ध भएका गैरसरकारी संस्था, अन्तराष्ट्रिय गैर सरकारी संस्था तथा प्रतिफल वितरण नगर्ने कम्पनीहरुको ३ (तीन) वर्ष सम्मको नविकरणको अवस्था हेरी तत् तत् निकायमा नविकरण भएको नपाइएमा तत् तत् निकायबाट पुनः नविकरण गर्न १५ (पन्ध्र) दिने सूचना जारी गर्ने र सो समयावधी भित्र नविकरण हुन नआउने संस्थाहरुको दर्ता खारेजी प्रकृया अघि बढाउने साथै नविकरण गर्दा उक्त संस्थाहरुको…

  • गिटी, बालुवा कार्यविधि सम्बन्धी अन्तरक्रिया २०७५-४-२१

            गण्डकी प्रदेशले तयार पारेको ढुङ्गा, गिट्टी, वालुवा उत्खनन, सङ्कलन, क्रसिङ र विक्रिवितरण तथा क्रसर उद्योग स्थापना र संचालनलार्इ व्यवस्थित गर्ने कार्यविधि, २०७५ का सम्वन्धमा जिल्ला स्थित स्थानीय तहहरूलार्इ जानकारी गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा एक दिवसीय अन्तरक्रिया कार्यक्रम २०७५ श्रावण २० गते सम्पन्न भएको छ ।जिल्ला प्रशासन कार्यालयको वैठक हलमा प्रमुख जिल्ला अधिकारी श्री नारायण प्रसाद भट्टरार्इको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख श्री अशोक कुमार गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला स्थित सम्पूर्ण स्थानीय तहका प्रमुखहरू, प्रमुख प्रशासकीय अधिकृतहरू, नदिजन्य सामाग्रीहरू उत्खनन गर्ने घाट रहेका स्थानका वडा अध्यक्षहरूको सहभागिता रहेको थियो । प्रमुख जिल्ला…

  • ढुङ्गा, गिटी, बालुवा सम्बन्धी कार्यविधि २०७५ २०७५-४-२१

    गण्डकी प्रदेशकाे ढुङ्गा, गिट्टी, बालुवा  उत्खनन, संकलन, क्रसिङ र विक्रिवितरण तथा क्रसर उद्याेग स्थापना र सञ्चालनलार्इ व्यवस्थित गर्ने कार्यविधि २०७५ हेर्नकाे लागि तलकाे लिंकमा क्लिक गर्नुहाेला ।। http://moha.gov.np/district/custom/editor/ckfinder/userfiles/files/%E0%A4%97%E0%A4%BF%E0%A4%9F%E0%A5%80%20%E0%A4%B5%E0%A4%BE%E0%A4%B2%E0%A5%81%E0%A4%B5%E0%A4%BE%20%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A5%80.pdf

  • बडादशैंकाे साइत सम्बन्धमा २०७५-६-१८

    २०७५ सालकाे बडादशैंकाे सार्इत तपसिल बमाेजिम रहेकाे व्यहाेरा जानकारीकाे लागि अनुराेध छ । तपसिल १)         वि.सं. २०७५ आश्विन २४ गते, बुधबार – नवरात्रारम्भ, घटस्थापना बिहान ७.१५ बजे । २)         वि.सं. २०७५ आश्विन २५ गते, बिहिबार– नवरात्रारम्भ, झण्डा फेर्ने बिहान १०.२४ बजे ।(पश्चिम मोहडा) ३)         वि.सं. २०७५ आश्विन २८ गते, आर्इतबार – श्रीपचलीभैरवयात्रा । ४)         वि.सं. २०७५ आश्विन ३० गते, मंगलबार – फूलपाती, श्रीतुलजाभवानी यात्रा बिहान ९.२१ बजे ।                                              स्थिरासन बिहान १०.०२ बजे । ५)         वि.सं. २०७५ आश्विन ३१ गते, बुधबार – महाअष्टमी, कालरात्रि । ६)         वि.सं. २०७५ कार्तिक १ गते, बिहिबार – महानवमी। ७)         वि.सं. २०७५ कार्तिक २…

  • अाधिकारीक नक्सा प्रयाेग गर्ने सम्बन्धमा २०७५-६-१२

    सहि नक्सा प्रयोग गर्ने बारेको सम्बन्धित सबैमा जरुरी सूचना १. सम्पुर्ण कार्यालय, कार्यकक्ष, सभाहलमा राखिने नेपालको नक्सा, विभिन्न डाटा, सूचनाहरु देखाउन तयार गरिने नक्सा, विभिन्न सभा, गोष्ठी, प्रदर्र्शनी, भेला, मेला, सेमिनारमा प्रदर्शन गरिने तुल, व्यानरमा राखिने नक्सामा सही सिमाना भएको नापी विभागले वेबसाइट (www.dos.gov.np) मा उपलब्ध गराएको नक्सा मात्रै स्रोत खुलाई प्रकाशन, प्रदर्शन गर्नु गराउनु हुन । २. कार्यालयमा प्रयोग हुने लेटर प्याड, छाँप आदिमा प्रयोग भएको सरकारी निशान -Emblem_ मा नेपालको सही सीमाना भएको नक्सा प्रयोग भए नभएको तत्काल चेक जाँच गरी शुद्द नक्सा भएको -Emblem_ मात्रै प्रयोग गराउनु हुन  सम्बन्ति सबैमा अनुरोध छ ।

  • व्यापार व्यवसायसँग सम्वन्धी सूचना ।।। २०७५-६-९

    जिल्लामा उपभोग्य सामानको अभाव हुन नदिने तथा खरिद बिक्रि गर्ने गराउने बारेको जिल्ला प्रशासन कार्यालय गोरखाको सूचना १. सम्पुर्ण व्यवसायीमा दशैँ, तिहार, छठ, इद जस्ता नेपालीहरुका महान चाडहरु सुरु हुन लागेको र सो अवसरमा उपभोग तथा किनमेल बढी हुने हँदा बजारमा उपाभोग्य सामानहरुको अभाव हुन नदिन आवश्यक पुर्व तयारी र सावधानी अपनायनुहुन सबै उद्योगी तथा व्यापारीमा अनुरोध छ । साथै बजारमा उपभोग्य सामानको अभाव हुने सम्भावना भएमा वा कसैले कृत्रिम अभाव सिर्जना गरेमा तत्काल सूचना उपलब्ध गराइदिनुहुन समेत सम्बन्धित सबैमा अनुरोध छ । २. सम्पुर्ण उपभोक्तामा बजारमा कृत्रीम अभाव, कालो बजारी, राजश्व छली लगायतका उपभोक्ता हित विरोधी क्रियाकलाप हुन सक्ने…

  • नागरिकता वितरण सम्बन्धी सूचना २०७५-६-९

    यस गोरखा जिल्लाको उत्तरी क्षेत्रमा रहेको चुमुनुब्री गा पा अन्तरगत सिर्दिबासमा अबस्थित इलाका प्रशासन कार्यालयबाट चुमुनुब्री गा पा सबै र धार्चे गाउँपालिकाका वडा नं. १, २ र ३ साविक उहिया र केरौजा गा.वि.स. लाई मध्यनजर गरि निम्न मिति र समयमा नयाँ नागरिकता, प्रतिलिपी नागरिकता (इलाका प्रशासन कार्यालय सिर्दिबासमा रहेका अभिलेखको लागि मात्र) र नेपाल चीन सिमा पास कार्ड वितरण सम्वन्धी सेवा संचालन हुने भएकोले उक्त स्थानमा तोकिएको समयमा गइ सेवा लिनुहुन तथा सेवा लिन सहयोग गर्नु हुन सम्बन्धित सबैमा अनुरोध छ ।  तपशिल  मितिः २०७५ अशोज १६ देखि २० गतेसम्म समयः (बिहान ८ः०० बजेदेखी बेलुका ५ः०० बजेसम्म) स्थान: ईलाका प्रशासन…

  • संस्था नविकरण गर्ने सम्वन्धमा २०७५-६-२

    जिल्ला प्रशासन कार्यालय गोरखाको संस्था नविकरण सम्बन्धी दोस्रो पटक प्रकाशित सुचना   यस कार्यालयमा संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भै लगातार ३ वर्ष वा सो भन्दा बढी समयदेखि नविकरण नगराएका संघ–सस्थाहरुको खारेजी प्रकृया अघि बढाउने भनी गृह मन्त्रालयको मिति २०७५।२।२४ को आदेशानुसार यस कार्यालयको मिति २०७५।०२।३० गते नविकरणको लागि १५ दिने सुचना प्रकाशित गरि  २०७५।४।२१ को निर्णयबाट खारेजी प्रक्रिया अघि बढाइएकोमा निर्धारित समयावधिमा नबिकरण छुट भएका संस्थाहरू (यातायात सम्बद्ध बाहेक) को हकमा पुनः एक पटक ३५ दिने म्याद दिइ नविकरणको लागि सूचना प्रकाशित गर्न सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने भनि मिति २०७५।५।३१ मा (माननीय मन्त्रीस्तरिय) निर्णय भएकोले मिति…

  • विश्व सरसफार्इ दिवश २०७५-५-२६

    विश्व सरसफाई दिवशको अवसरमा गोरखा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको आयोजनामा हुने तपसिल बमोजिमको कार्यतालिकामा उल्लेखित मिति, समय र स्थानमा हुने सरसफाई कार्यक्रममा यहाँको गरीमामय उपस्थितीको लागि अनुरोध तथा हार्दिक निमन्त्रण गर्दछौ । तपसिल विश्व सरसफार्इ दिवश मनाउने सम्बन्धमा २०७५–०५–२८ देखि ३० सम्म सफा नेपाल, स्वास्थ नेपाली   क्र.सं. कार्यक्रमको नाम मिति समय स्थान १       सरसफार्इ कार्यक्रम २०७५–०५–२८ गते बिहिबार बिहान ७ देखि ९ रानीपोखरी परिसर वडा नं. ६ (ठुलो आँगन देखि पुरानो बसपार्क) २ २०७५–०५–२९ गते शुक्रबार बिहान ७ देखि ९ गोरखकाली मन्दिर दरबार परिसर ३ २०७५–०५–३० गते शनिबार बिहान ७ देखि ९ वडा नं. ८,७ र…

  • विश्व सरसफाइ दिवस 2075 २०७५-५-११

    विश्व सरसफाइ दिवस 2075 मनाउने सम्बन्धी सूचना..

  • कर्मचारी संचय कोष सम्बन्धी सूचना २०७५-५-११

    कर्मचारी संचय कोष सम्बन्धी सूचना

  • निजी आवास निर्माण सम्बन्धी जरूरी सूचना २०७५-५-६

    आवास तथा अन्य पुनः निर्माण कार्यमा संलग्न  निर्माण व्यवसायीहरूलार्इ यस कार्यालयको अत्यन्त जरूरी सूचना.....

  • विदेश जान चाहाने महिला दिदि वहिनिमा विशेष अनुराेध २०७५-५-३

    बैदिशिक रोजगारीमा जान चाहने महिला दिदी बहिनीहरुसंग सम्बन्धित जिल्ला प्रशासन कार्यालय गोरखाको अत्यन्त जरुरी सूचना   प्रस्तुत विषयमा बैदेशिक रोजगारी र त्यसमा पनि खास गरी खाडी मूलूकहरुमा लैजाने प्रलोभनमा पारी महिला दिदी बहिनीहरुलाई भारतको विभिन्न स्थानमा पुर्याई अलपत्र पारेको तथा विभिन्न बाटो प्रयोग गरी तेस्रो मुलुकमा बैदेशिक रोजगारी जाने महिलाहरुले दुख पाइरहेका भन्ने गुनासो आउने गरेको सन्दर्भमा यस कार्यालयको ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा श्रम स्वीकृति लिएर, नेपालको बाटो हुदै मात्र विदेश जानुहुन बैदेशिक रोजगारीमा जान चाहनुहुने महिला दिदी बहिनीहरुलाई अनुरोध गरिन्छ । साथै कुनै पनि व्यक्त्तिले महिलाहरुलाई ललाई फकाई वा प्रलोभनमा परी श्रम स्वीकृति विना, भारत हुदै विदेश…



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय