नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
धनुषा


  nagrik badapatra

nagraik bada patra

  • बजार अनुगमन --

    २०७५/८/१३ गतेका दिन जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकिय अधिकृत दिनेस साहको नेतृत्वमा श्याम श्रवण आयल स्टार्स जनकपु ७, शंकर स्टोर्स जनकपुर ७ र राम आयल स्टोस जनकपुर ८ मा पेट्रोलियम पदार्थको गुण स्तर चेक गरी सो पेट्रोलियम पदार्थ गुणस्तर हो, होइन? ल्याव परिक्षणको लागि नेपाल आयल निगम महेन्द्रनगर धनुषामा पठाइएको ।

  • बजार अनुगमन --

    २०७५/०८/१२ गतेका दिन जिल्ला प्रशासन कार्यालय धनुषाका प्र.अ. दिनेश साहको नेतृत्वमा न्यू सीताराम डेरी उद्योग, महेन्द्रनगर, मिथिला डेरी इण्ष्ट्रिज, लक्ष्मीनिया बजार, जानकी डेरी उद्योग, जनकपुर १४, सुरज किराना स्टोर्स, महेन्द्रनगर, धनलक्ष्मी किराना भण्डार महेन्द्रनगर समेतमा निरीक्षण गरी दुध डेरीहरुमा पाउडर दुध राखिएकोमा सो कब्जामा लिई त्यसतै किराना स्टोर्सहरुमा किरानाका म्याद गुजरिएका सामानहरु समेतलाई टोलीसाथ लिई जफत गरिएको र थप कारवाहीको लागि अनुसन्धान भईरहेको ।

  • बजार अनुगमन --

    २०७५/०८/११ गतेका दिन जिल्ला प्रशासन कार्यालय धनुषाका प्र.अ. दिनेश साहको नेतृत्वमा जनकपुर ७ स्थित खसी बजारमा बाख्राको मासु काटी विक्रि वितरण गरिरहेको अवस्थामा मो.असलम राईनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा आवश्यक कारवाहीको लागि पठाइएको र बरामद भएका करिव ९ किलो बाख्रा मासु नष्ट गरेको र माहालक्ष्मी गल्ला भण्डार जनकपुर, विशाल भण्डार जनकपुर समेतमा आवश्यक चेकजाँच गरी आवश्यक निर्देशन दिइएको ।

  • बजार अनुगमन --

    २०७५/०८/१० गते जनकपुर उपमहानगरपालिका प्रमुख, उपप्रमुख र प्र.जि.अ. समेतको टोलीबाट अस्पताल क्षेत्र वरिपरि औषधि पसलले जथाभावी फालेको फोहोरहरुलाई सफा गर्न लगाई मापदण्ड विपरित ४ वटा पसलमा ताला लगाई अनुसन्धान प्रकृया अगाडि बढाइएको ।

  • मर्मत सम्भार तथा निर्माण कार्य सुधार --

    जिल्ला प्रशासन कार्यालय धनुषामा मर्मत सम्भार तथा निर्माण कार्य सुधार हुँदै।

  • बजार अनुगमन --

    २०७५/८/१० गतेका दिन जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकिय अधिकृत दिनेस साहको नेतृत्वमा संयुक्त बजार अनुगमन हुँदा मापदण्ड विपरित पानी उद्योग संचालन भएका माहामाया धारा प्रा.लि. जनकपपुर ८, श्री जल इण्ड्रिष्ज जनकपुर ७ र ग्लोवल अकुवा जनकपुर ४ लाई सिलबन्दी गरि थप अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालय धनुषामा संचालकहरुलाई  बोलाईएको र थप बजार  अनुगमन कार्यहरुलाई निरन्तरता दिईनेछ ।  

  • बजार अनुगमन --

    २०७५/८/९ गतेका दिन जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकिय अधिकृत दिनेस साहको नेतृत्वमा संयुक्त बजार अनुगमन हुँदा मापदण्ड विपरित पानी उद्योग संचालन भएका गंगा जल पानी उद्योग र स्टालिष्ट अकुवा प्रा.लि. जनकपुरलाई सिलबन्दी गरि थप अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालय धनुषामा संचालकहरुलाई मिति २०७५/८/१० गतेका दिन बोलाईएको र थप बजार  अनुगमन कार्यहरुलाई निरन्तरता दिईनेछ ।

  • सफा सुन्दर जनकपुर --

    सफा सुन्दर जनकपुरधामका लागि आ आफनो पसल, औधौगिक प्रतिष्ठान, विद्यालय, पार्क तथा घर र आसपास आ आफैले सफा राख्ने, सडकमा फोहर नफाल्न र फोहर फाल्नेलाई देख्नेले टिप्न लगाउने कार्यमा सम्बद्ध सबै पक्षको सहयोग हुन जिल्ला प्रशासन अनुरोध गर्दछ ।

  • बजार अनुगमन --

    छठपर्वमा फलफुल पसलहरु र हालै खाद्यन्नमा तथा दैनिक उपभोग्य वस्तुका पसलहरुको जनकपुर उ.म.न.पा. क्षेत्रमा अनुगमन गरिएको छ । यसमा सरोकारवाला प्रतिनिधी समेतको सहभागिता रहेको । अव प्रदेश नं. २ स्तरिय खाद्यय प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अगुवाईमा  बजार अनुगमनलाई अझै प्रभाकारी तुल्याईनेछ ।

  • जनकपुरधाममा लागू औषध निषेध, मदिरा नियन्त्रण तथा लै --

     जनकपुरधाममा लागू औषध निषेध, मदिरा नियन्त्रण तथा लैङ्गिक हिंसा विरुद्ध विशेष सचेतना

  • विपन्न व्यक्तिलाई न्यानो कम्बल वितरण --

    मिति २०७५/११/२२ गतेका दिन जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता बनाउनको लागि आएका सेवाग्राही राम बरण सादालाई कम्बल वितरण गरियो ।

  • राहदानी (MRP) सम्बन्धमा --

    २०७५/१०/२९ गते सम्मको राहदानी/पासपोर्ट आइसकेको व्यहोरा सर्व साधारणको जानकारीको लागि अनुरोध छ ।

  • कम्बल वितरण --

    मिति २०७५/११/०२ गतेका दिन जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउनको लागि आएका सेवाग्राही बेचनी मुसहरलाई कम्वल वितरण गरियो ।

  • कदर पत्र --

    जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत का.स., खरिदार देखि सुरक्षाकर्मी सम्मका राष्ट्र सेवककर्मचारी मध्ये कार्य सम्पादन सूचक र कर्मचारीहरुको रायको आधारमा २०७५ माघ महिनाको देहायका उत्कृष्ट कर्मचारीहरुलाई प्र.जि.अ.बाट कदर पत्र सहित सम्मान गरिएको छ । खरिदार सन्तोष कुमार पासवान का.स. नोत बहादुर श्रेष्ठ स.प्र.स.नि. विनोद कुमार झा

  • अवकाश विदाई --

    २०७५/१०/२२ गतेका दिन यस कार्यालयका ह.स.चा.श्री सुनिल मिश्रको अनिवार्य अवकाश विदाई कार्यक्रम

  • विपन्न महिलाहरुलाई न्यानो कपडासहित नागरिकता वितरण --

    मिति २०७५/१०/१४ गतेका दिन जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन आएका सेवाग्राही जिल्ला धनुषा, सखुवा महेन्द्रनगर वडा नं. ४ बस्ने रुपनी देवीलाई नागरिकता प्रमाण पत्रको साथै कम्वल समेत वितरण गरियो ।

  • कदर पत्र --

    तत्काल उत्कृष्ट काम गर्ने कार्यालय प्रमुख ठाउँको ठाउँ सम्मानीत २०७५/१०/६ जनकनन्दनी गा.पा. का प्रमुख प्रशासकीय अधिकृत कुलानन्द झा २०७५ माघ महिनाको का.प्र./सु.इ.प्र.को संयुक्त बैठकमा प्र.जि.अ. द्वारा कदर पत्र सहित सम्मानीत हुनु भएको छ ।

  • कदर पत्र --

    महिनाको उत्कृष्ट कर्मचारी पुरस्कृत २०७५/१०/६  जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत का.स. देखि ना.सु. सम्मका राष्ट्र सेवक कर्मचारी मध्ये कार्य सम्पादन सूचक र कर्मचारीहरुको रायको आधारमा २०७५ पुष महिनाको देहायका २ उत्कृष्ट कर्मचारीलाई प्र.जि.अ.बाट कदर पत्र सहित सम्मान गरिएको छ । ना.सु.प्रभा बाज्राचार्य मण्डल का.स. नवल यादव

  • विपन्न महिलाहरुलाई न्यानो कपडासहित नागरिकता वितरण --

    मिति २०७५/०९/२६ गतेका दिन जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउनको लागि आएका सेवाग्राही सुफली देवी यादवलाई नागरिकता प्रमाण पत्रको साथै कम्वल समेत वितरण गरियो ।

  • न्यूनतम प्रमाण पुगेका विपन्न महिलाहरुलाई न्यानो कप --

    मिति २०७५/०९/२६ गतेका दिन जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउनको लागि आएका सेवाग्राही भुली देवीलाई नागरिकता प्रमाण पत्रको साथै कम्वल समेत वितरण गरियो ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय