नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
दैलेख


  जिल्ला प्रशासन कार्यालय भवन दैलेख

  • मिति २०७५।०६।०५ कार्यालय प्रमुखहरूकाे नियमित बैठक २०७५-६-५

    अाज मिति २०७५।०६।०५ गते प्रमुख जिल्ला अधिकारी श्री लक्ष्मी प्रसाद बास्काेटाकाे अध्यक्षतामा जिल्लास्थित सम्पुर्ण सरकारी कार्यालयका कार्यालय प्रमुखहरूकाे उपस्थितीमा नियमित कार्यालय प्रमुखकाे बैठक बसी देहाय बमाेजिम गर्ने निर्णय गरियाे । निर्णय नं.१ जिल्ला स्थित सरकारी कार्यालय प्रमुखहरूले जिल्ला प्रशासन कार्यालयकाे विविध कार्यमा सहयाेग गर्ने कार्यालय प्रमुखहरू (नेपाल विधुत प्राधिकरणले कार्यालय परिसरकाे माथिल्लाे भागकाे वरिपरि बत्तीकाे व्यवस्था, घरेलु तथा साना उद्याेग विकास समिति, नेपाल टेलिकम लगायत अन्य स्थानिय तहहरूले समेत प्रतिबद्ता दिएकाे) लाइ सधन्यवाद व्यक्त गरियाे साथै अन्य स्थानिय तहका कार्यालय प्रमुखहरूकाे समेत सहयाेग  गर्ने प्रतिबद्ता गर्ने निर्णय गरियाे । निर्णय नं.२ जिल्ला स्थित सशस्त्र प्रहरी बेस गुल्म स्थापनार्थकाे लागि तत्कालै…

  • मिति २०७५।०५।०५ कार्यालय प्रमुखहरूकाे नियमित बैठक २०७५-५-५

    अाज मिति २०७५।०५।०५ गतेका दिन प्रमुख जिल्ला अधिकारी श्री लक्ष्मी प्रसाद बास्काेटाकाे अध्यक्षतामा जिल्लास्थित सम्पुर्ण सरकारी कार्यालयका कार्यालय प्रमुखहरूकाे उपस्थितीमा देहाय बमाेजिम गर्ने निर्णय गरियाे । निर्णय नंं.१ जिल्लास्थित सम्पुर्ण सरकारी कार्यालयहरूमा कर्मचारीहरूलाइ नियमित रूपमा कार्यालयमा उपस्थित हुदा परिचयपत्र साथै ड्रेस अनिवार्य लगाउनुपर्ने । निर्णय नं.२ जिल्लामा महालेखा परीक्षककाे कार्यालयबाट पाल्नुभएका लेखापरीक्षककाे डाेरलाइ समन्वय गर्नुका साथै सम्पुर्ण सरकारी कार्यालय, स्थानिय तहहरूका कार्यालय प्रमुख र लेखा समुहका कर्मचारीहरूअावश्यक श्रेस्ता सहित उपस्थित हुने । निर्णय नं.३ गृह मन्त्रालयकाे परिपत्रानुसार यहि भदाै २२ गते निजामती कर्मचारी दिवस मनाउन जिल्लास्थित निजामती कर्मचारीकाे अाधिकारीक ट्रेड युनियनका अध्यक्षकाे संयाेजकत्वमा कार्यदल गठन गरी अावश्यक कार्यक्रम संचालन गर्ने…

  • जिल्ला विपद् व्यवस्थापन समितिको बैठक २०७५-४-२१

    आज मिति २०७५।०४।२१ गते जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी श्री लक्ष्मी प्रसाद बास्कोटा को अध्यक्षतामा बैठक बसी तपशिल बमेजिमको उपस्थितीमा देहाय बमेजिम गर्ने निर्णय गरिये । निर्णय नं. १. विगत एक हप्तादेखि लगातार रूपमा आइरहेको वर्षाले छिमेकी जिल्ला लगायत विभिन्न स्थानमा जनधनको क्षति भइरहेको सन्दर्भमा यस जिल्लामा समेत त्यस किसिमका विपद्का घटनाबाट जनधनको क्षति हुन नदिन विपद् प्रतिकार्यमा संलग्न सबै निकायहरूले समन्वयात्मक ढंगबाट आ-आफनो जिम्मेवारी प्रभावकारी रूपमा बहन गर्ने । निर्णय नं.२. नारायण नगरपालिका वडा नं.१ र ६ मा रहेको नमुना बस्ती विपद् जेखिमको क्षेत्रबाट अति संकटासन्न अवस्थामा रहेको हुदाँ उक्त बस्तीलाइ व्यवस्थापन गर्ने सम्बन्धमा विस्तृत…

  • हुलाक टिकट उपलब्धता सम्बन्धमा । २०७५-२-१८

    सेवा ग्राहिकाे सुविधालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दैलेखले मिति २०७५।०२।१८ गतेदेखि जिल्ला हुलाक कार्यालयसँगको सहकार्यमा एकजना हुलाकका कर्मचारी सहित सहायता कक्ष मार्फत सेवाग्राहिलाई निवेदन मार्फत लिनुपर्ने टिकट वापतको नेपाल सरकारको दरमा उपलब्ध गराई अफिस बाहिर हुने अनाबश्यक विचाैलिया प्रवृति समेत राेक्न सघाउ पुर्याउने छ भन्ने पुर्ण अाशा एवम विश्वासका साथ उक्त कार्य सुरुवात भएको सेवाग्राहि सबैमा जानकारीको लागि याे सुचना प्रकाशित गरिएको  छ।

  • राहदानी प्राप्त भएको सुचना २०७५-१-२१

    यस कार्यालयबाट मिति  २०७५।१।३ सम्मको जम्मा राहदानी थान ६३  राहदानी यस कार्यालयमा प्राप्त भएको व्यहोरा सबैको जानकारीको लागी अनुरोध छ । साथै राहदानी लिन आउँदा सम्बन्धित व्यक्तिको नागरिकता प्रतिलिपी रसिद र पासफोर्ट साइजको फोटो अनिवार्य लिएर स्वय उपस्थित हुनपर्ने व्यहोरा अनुरोध छ ।

  • राहदानी प्राप्त भएको सुचना २०७४-१२-२८

    यस कार्यालयबाट मिति २०७४।१०।२८ देखि २०७४।११।१६ सम्मको जम्मा राहदानी थान २४ प्राप्त भएको र रसिद नं. ७१३ सम्मका राहदानी यस कार्यालयमा प्राप्त भएको व्यहोरा सबैको जानकारीको लागी अनुरोध छ । साथै राहदानी लिन आउँदा सम्बन्धित व्यक्तिको नागरिकता प्रतिलिपी रसिद र पासफोर्ट साइजको फोटो अनिवार्य लिएर स्वय उपस्थित हुनपर्ने व्यहोरा अनुरोध छ ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय