नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
भोजपुर

  • संविधान दिवस २०७५ को अवशरमा फुटवल कार्यक्रम २०७५-६-३

    संविधान दिवस २०७५ को अवशरमा महिला मैत्री फुटवल खेल कार्यक्रम सम्पन्न भएको छ ।

  • सप्ताहव्यापी कार्यक्रम २०७५-३-६

    लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन २०१८ सप्ताहव्यापी कार्यक्रम अनुसार आज मिति २०७५-०३-०६ गते ११:०० बजे जिल्ला प्रशासन कार्यालयको हाताभित्र प्रमुख जिल्ला अधिकारी, प्रमुख सेनानी, प्रहरी नायब उपरीक्षक, कर्मचारी र सेवाग्राहीहरुको उपस्थितिमा प्रमुख जिल्ला अधिकारीबाट व्यानरमा लेखिएको नारा वाचन गरी उद्घाटन कार्यक्रम भएको र फार्मेसीहरुको आकस्मिक अनुगमन गर्ने क्रममा जिल्ला स्थित सदरमुकाममा रहेको ८ वटा औषधि पसल अनुगमन गरिएको छ । अनुगमन गर्दा औषधि पसलहरुबाट कुनै पनि किसिमको अवैध औषधिहरु फेला नपरेको साथै सर्वसाधारणको जानकारीको लागि नारा लेखिएको व्यानर जिल्ला प्रहरी कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको प्राङ्गणमा समेत टाँस गरिएको छ ।

  • जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्बन्धमा २०७५-२-२८

    मिति २०७५/०२/२८ गते प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिकाे अध्यक्ष श्री हिरादेवी पौडेल ज्यूकाे अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७५ र मनसुन आपत्‌कालीन कार्ययोजना २०७५ स्वीकृत गरिएको छ । बैठकबाट पारित भएका निर्णयहरुका साथै यस वर्षको मनसुनका कारण यस जिल्लामा हुन सक्ने विपद्का घटनाहरुको पूर्व तयारी तथा प्रतिकार्यका लागि कार्ययोजनामा उल्लेख भएका गतिविधिहरु कार्यान्वयन गर्न/गराउन हुन सम्पूर्ण सरोकारवाला निकायहरुलार्इ अनुरोध गरिन्छ । साथै विपद् प्रतिकार्य योजना (pdf file) यसै वेबसाइटको डाउनलोड सेक्सनबाट प्राप्त गर्न सकिनेछ ।

  • फ्री वाईफाई र फेसबुक पेज २०७५-३-१

    जिल्ला प्रशासन कार्यालय भोजपुरले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुको सहजताका लागि फ्री वाईफाई इन्टरनेट सेवा संचालनमा ल्याएको छ । साथै कार्यालयबाट प्रदान गरिने सेवा सुविधाहरु र अन्य विभिन्न सूचनाहरुबारे सेवाग्राहीहरुलाई जानकारी दिने उद्देश्यले कार्यालयले आफ्नो फेसबुक पेज (fb.me/bhojpurdao) पनि संचालनमा ल्याएको छ ।

  • सुचना प्रकाशन २०७४-४-२

    सूचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ५  (३) र नियमावलीको नियम ३ काे प्रयोजनको लागि  सार्वजनिक गरिएको सूचना

  • राहदानी २०७५-३-१९

    मिति २०७५ जेठ १६ गतेसम्म आवेदन पेश भएका रसिद नं. १८०४ देखि १८३८ सम्मका राहदानीहरु तयार भई आइसकेको हुँदा सम्बन्धित व्यक्तिहरुले यस कार्यालयको राहदानी शाखामा सम्पर्क गर्नुहोला ।

  • राहदानी २०७५-३-४

    २०७५ जेठ ९ गतेसम्म राहदानीको लागि आवेदन पेश गरेका रसिद नं. १६७७ देखि १८०३ सम्मका राहदानीहरु तयार भई आइसकेको हुँदा सम्बन्धित सेवाग्राहीहरुले यस कार्यालयको राहदानी शाखामा सम्पर्क गर्नुहोला ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय