नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
वर्दिया


  जिल्ला प्रशासन कार्यालय बर्दिया

  • बारबर्दिया-५ मा घुम्ति शिविर संचालन सम्वन्धी सूचना २०७५-६-२४

     मिति २०७५/०६/२८ र २९ गते यस जिल्लाको बारबर्दिया नगरपालिका वडा नं. ५ मा घुम्ति शिविर संचालन हुने  र उक्त स्थानबाट नागरिकता वितरण र मतदाता नामावली संकलन कार्य हुने व्यहोरा सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

  • गेरुवा गा.पा. २ नं.मा घुम्ति शिविर संचालन २०७५-६-१९

     मिति २०७५/०६/२१ र २२ गते यस जिल्लाको गेरुवा गाउँपालिका वडा नं. २ मा घुम्ति शिविर संचालन हुने  र उक्त स्थानबाट नागरिकता वितरण र मतदाता नामावली संकलन कार्य हुने व्यहोरा सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

  • २०७५ आश्विन ७ र ८ गते बारबर्दियामा घुम्ति शिविर २०७५-६-४

    यस जिल्लाको बारबर्दिया नगरपालिका अन्तर्गत वडा नं. १ मा मिति २०७५ साल आश्विन ७ गते र वडा नं. ३ मा २०७५ आश्विन ८ गते जिल्ला प्रशासन कार्यालय बर्दिया गुलरियाबाट दुई दिने घुम्ति सेवा संचालन हुने व्यहोरा सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।  

  • (कृत्रिम अभ्यास) बाढी सम्वन्धी भएको निर्णय (कृत्रि २०७५-५-२९

    (कृतिम घटना अभ्यास)   मिति २०७५।०५।२८ गते बसेको जिल्ला विपद व्यवस्थापन समितिको निर्णय तपशिल बमोजि उतार गरि आवश्यक जानकारी एवम् कार्यवाहीका लागि तहाँ पठाईएको व्यहोरा अनुरोध छ । निर्णयहरुः निर्णय नं.१ः  मिति २०७५।०५।२८ गते जल तथा मौसम विभागको वुलेटिन अनुसार  मनसुन सकृय भई पुर्व देखी पश्चिम क्षेत्रमा समेत भारी वर्षा भईरहेकोले ववई नदिमा खतराको तह पार गरेकोले नदिको तल्लो तटिय क्षेत्र नजिक रहेका सवै समुदायलाई उच्च सर्तकता रहन अनुरोध गदै अर्को सुचना जारी नहुदासम्म सुरक्षित क्षेत्रमा जान अनुरोध गर्ने ।   निर्णय नं.२ः  वाढीका कारण ववई नदि आसपासका क्षेत्रमा उच्च सर्तकता अपनाउदै  ठाकुरवावा नगरपालिका, वारवर्दिया नगरपालिका, गुलरिया नगरपालिकाले तत्कालै  स्थानिय…

  • प्रेस-नोट २०७५-४-१६

    मिति २०७५/०२/३१ मा बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा बजार अनुगमनको क्रममा घोराही सिमेन्ट उद्योग दाङबाट उत्पादित सगरमाथा ब्राण्डको OPC  सिमेन्टको नमूना गुणस्तर तथा नाप तौल विभागमा गुणस्तर परीक्षणको लागि पठाइएकोमा गुणस्तर अनुरुप नभएको परीक्षण प्रतिवेदन प्राप्त भएको हुँदा उक्त उद्योगलाई कालो बजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारवाही गर्नको लागि प्रकृया अगाडी बढाईएको छ । साथै गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर यकीन नभएसम्म सिमेन्टको उत्पादन बिक्री वितरण रोक्का राख्न जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचार गरिएको छ ।

  • संच्याईएको सम्वन्धमा । २०७५-४-१२

    मिति २०७५/०४/११ मा यस कार्यालयबाट जारी भएको प्रेस नोटमा यातायात सम्वन्धी संस्था खारेजी गर्ने प्रकृया अघि बढाइएको हुनु पर्नेमा संस्था खारेजी गरिएको सूचना संप्रेषण भएकोमा सच्याईएको छ । प्रेस नोटमा वाक्यांशको सही संप्रेषण नहुदा पर्न गएको द्धिविधा प्रति कार्यालय क्षमा प्रार्थी छ ।  

  • खारेजी प्रकृया अघि बढाइएका संस्थाहरु २०७५-४-११

    सूचना यस कार्यालयको मिति २०७५/०४/०७ गतेको निर्णय अनुसार तपसिलका समितिहरु मिति २०७५ श्रावण १ गते देखि लागु हुने गरी संस्था दर्ता ‌ऐन, २०३४ र ऐ. नियमावली बमोजिम खारेजी प्रकृया अघि बढाउने व्यहोरा सबैमा जानकारीका लागि अनुरोध छ । संस्थाको नाम ठेगाना सि.नं. संस्थाको नाम ठेगाना दर्ता नं. दर्ता मिति १ बर्दिया कृष्णसार यातायात व्यवसायी संघ  गुलरिया २३२   २०५७/१२/१२ २ कुसुम्बादेवी यातायात व्यवसायी समिति सानोश्री ३ १९५ २०५६/१२/२१ ३ टेक्टर व्यवसायी समिति गुलरिया बर्दिया २२८ २०५७/११/१७ ४ ठाकुरबाबा टेक्टर समिति नेउलापुर ५ ४४४ २०६५/३/१ ५ बर्दिया टेक्टर व्यवसायी संघ गुलरिया ४५५ २०६५/६/८ ६ बर्दिया टेक्टर व्यवसायी संघ गुलरिया ५२३ २०६६/९/८…

  • संस्था खारेजी सम्वन्धी ३५ दिने सूचना २०७५-४-११

    संस्था दर्ता ऐन, २०३४ अनुसार यस कार्यालयमा गैर सरकारी संस्थाको रुपमा दर्ता भएका संघसंस्था, मठमन्दिर,  समिति,  क्लब, बालगृह, पुनर्स्थापना गृह, चर्च आदिले विगतमा दर्ता भई ३ बर्ष अगाडि देखि नविकरण नभएका गैरसरकारी संस्थाहरु अनिवार्य रुपमा यो सूचना प्रकाशन गरेको मितिले ३५ दिनभित्र संस्थाको पुर्ण विवरण सहित नविकरण गर्न अनिवार्य रुपमा आउनुहुन यो सूचना प्रकाशित गरिएको छ अन्यथा संस्था खारेजीको प्रकृया अगाडी बढाइने छ । साथै नियमित रुपमा नविकरण भै आ-आफ्नो कार्य क्षेत्रमा काम काज गरिरहेका संस्थाहरुको हकमा नियमित कामको प्रगति विवरण चौमासिक रुपमा यस कार्यालयमा अनिवार्य पेश गर्नु गराउनुहुन सुचित गरिन्छ ।  

  • विवरण पेश गर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना २०७५-४-८

    विवरण पेश गर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना   यस कार्यालयमा संस्था दर्ता ऐन, २०३४ बमोजिम यातायात व्यवसायीहरुको हित संरक्षण गर्ने उद्देश्य राखि दर्ता भई यस जिल्लामा रहेका यातायात व्यवसायीका संघ संस्थाहरुको दायित्व भित्र पर्न आउने सवारी दुर्घटनाका घाइतेहरुको उपचार खर्च, संस्थामा कार्यरत कर्मचारीहरुको तलब  कार्यालयमा जडान गरिएको विद्युत, पानी लगायतका महशुल एवम् अन्य अनिवार्य दायित्वको विवरणहरु प्रमाण सहित यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र यस कार्यालयमा पेश गर्नु हुन सम्वन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।  

  • स्थानमा जान तयारी अवस्था रहन अनुरोध २०७५-३-१८

    हिजो देखि अविरल बर्षाले बबई नदिको बहाब अहिले २.३० बजे सतर्कता तह  ५.८० मीटर पार गरेको हुँदा बबई नदिको तल्लो तटीय क्षेत्र आसपासका समुदायलाई उच्च सतर्कता अपनाउदै सुरक्षित स्थानमा जान तयारी अवस्था रहन अनुरोध छ ।  

  • स‍स्था खारेजी सम्वन्धी दोस्रो पटक प्रकाशित सूचना २०७५-६-१५

    स‍स्था खारेजी सम्वन्धी दोस्रो पटक प्रकाशित ३५ दिने सूचना

  • २०७५ भाद्र महिनाको मासिक प्रगति विवरण २०७५-६-४

    २०७५ भाद्र महिनाको मासिक प्रगति विवरण

  • निजामती दिवस २०७५ मनाइएको सम्वन्धमा २०७५-५-२२

    "नतिजामुखी प्रशासनः समृद्धि र सूशासन" नारा सहित निजामती सेवा दिवस, २०७५ को मूल समारोह समिति बर्दियाले विभिन्न कार्यक्रम गरि यस बर्षको १५ औ निजामती सेवा दिवस, २०७५ भव्य र सभ्य रुपमा मनाएको छ । यस कार्यक्रममा प्रमुख अतिथिको आतिथ्यता बर्दिया जिल्ला अदालतका माननीय जिल्ला न्यायाधिश श्री किरणकुमार पोखरेलज्यूले गर्नु भयो सो कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका जिल्ला समिति अध्यक्ष यामबहादुर खत्री, कर्मचारी मिलन केन्द्र बर्दियाका अध्यक्ष श्री प्रेमचन्द्र भुसाल, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष/प्रतिनिधि कृष्णप्रसाद भट्टराई, निजामती कर्मचारी युनिय संघका अध्यक्ष कृष्णप्रसाद उपाध्याय, मधेशी कर्मचारी मञ्चका अध्यक्ष सुशिल चौरसिया, पत्रकार महासंघ बर्दियाका अध्यक्ष श्री राजेन्द्र प्रसाद धिताल,…

  • सूचना --

    प्रस्तुत विषयमा सार्वजनिक यातायात यात्रुबाहक बसहरुमा खसीबोका, कुखुरा जस्ता पशुपक्षीहरु डिक्की/हुटमा राखेर ओसार पसार गरि पशुपन्छी प्रति निर्दयी व्यवहार गर्न कानूनले बन्देज गरेको हुँदा सार्वजनिक यातायात यात्रुबाहक वसमा खसीबोका, कुखुरा जस्ता पशुपक्षी जन्य बस्तुहरुको ओसार पसार नगर्न नगराउन सबैमा अनुरोध छ । यदि कोही कसैले यस प्रकारको कार्य वा व्यवहार गरेको पाइएमा मूलुकी अपराध संहिता ऐन, २०७४ को दफा २९० (२) अनुसार तीन महिनासम्म कैद वा पाँच हजार जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान रहेको व्यहोरा सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 

  • प्रेस विज्ञप्ती २०७५-५-१८

    प्रेस विज्ञप्ती

  • अप्टिकल फाइबर जडान भएको २०७५-५-१२

     मिति २०७५/०५/१२ गते देखि यस कार्यालयमा अप्टिकल फाइबर जडान कार्य सम्पन्न भएको छ । फलस्वरुप कार्यालयले प्रदान गर्ने ई-सेवाहरु विगतको तुलनामा द्रुत गतिमा सेवाग्राहीले सेवा प्राप्त गरेको महशुस गर्न पाउने अपेक्षा गरेको छ ।

  • २०७५ श्रावण महिनाको मासिक प्रगति विवरण २०७५-५-४

    २०७५ श्रावण महिनाको मासिक प्रगति विवरण

  • आ.ब. २०७४/७५ को बार्षिक प्रगति विवरण २०७५-४-२७

    आ.ब. २०७४/७५ को बार्षिक प्रगति विवरण

  • सूचनाको हक सम्बन्धमा कार्यालयसंग सम्वन्धित विवरण २०७५-४-१८

    सूचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ५(३) र सूचनाको हक सम्वन्धी नियमावली २०६५ को नियम ३ को प्रयोजनका लागि जारी गरिएको

  • जनहितमा जारी सूचना २०७५-४-१७

    उपभोक्ताको हक, हित र अधिकार संरक्षण गरि उपभोग्य बस्तु वा सेवाको उत्पादन, विक्रि वितरण गुणस्तरयुक्त गराई नागरिकले अनुचित व्यापारिक क्रियाकलापबाट सुरक्षित हुनको निमित्त यस कार्यालयले बजार अनुगमनलाई प्राथमिकता दिई बेला वेलामा स्थानीय बजार भित्रिने उपभोग्य बस्तुको मुल्य, परिमाण, शुद्धता र गुणस्तर सम्वन्धि निरीक्षण, अनुगमन गर्ने गरेको सबैलाई विदितै छ । यसै क्रममा मिति २०७५/०२/३१ मा बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा बजार अनुगमनको क्रममा घोराही सिमेन्ट उद्योग दाङबाट उत्पादित सगरमाथा ब्राण्डको OPC  सिमेन्टको नमूना, गुणस्तर तथा नाप तौल विभागमा यस कार्यालयको च.नं. ४२५२ मिति २०७५/०३/०१ मा गुणस्तर परीक्षणको लागि पठाइएकोमा गुणस्तर अनुरुप नभएको परीक्षण प्रतिवेदन च.नं. ७५ मिति २०७५/०४/१४ को पत्रबाट प्राप्त…



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय