नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
बैतडी

  • बजार अनुगमन --

    बैतडी, मिति २०७५/६/१४गते सहायक प्रमुख जिल्ला अधिकारी श्री सुरेश घिमिरे ज्यूको संयोजकत्वमा बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकाको क्षेत्र भित्र पर्ने क्रमशः डिलाशैनी वडा नं. ५ र ६ को हरसिंह बगर, गोकुलेश्वरको बजार र दोगडाकेदारको वडा नं. ४,५ र ६ को पन्ज्यूनाय, न्वालि, डोली, बसालीका बजारहरुमा अनुगमन गर्ने क्रममा खुद्रा पसल २५, कसमेटिक १, फेन्सी २ र मदिरा पसल २ गरी जम्मा ३० वटा पसलहरुको निरीक्षण गरिदा १२ वटा पसल दर्ता गराउन निर्देशन दिएको । सो पसलहरुबाट उपभोग्य मिति समाप्त भएका चिउरा ४ किलो, बिस्कुट१७० प्याकेट, चिया१० बास्ता, मसला २ सय प्याकेट, चाऊचाऊ ५ प्याकेट, चिजबल२७ प्याकेट, बेसन आधा…

  • शाहीलेक बजार अनुगमन सम्पन्न २०७५-६-२

    मिति २०७५/६/२ गते स.प्र.जि.अ. श्री सुरेश घिमिरे ज्यूको संयोजकत्वमा राखीएको बैतडी जिल्लाको शाहीलेक बजारको बजार अनुगमन टोली बाट उक्त बजारका खुद्रा पसल-६, होटल-२, भाडाबर्तन पसल-२, मिठाई पसल-२, कपडा पसल-२, फर्निचर पसल-१, मासु पसल-२,औषधी पसल-१, कस्मेटी पसल-१, मदिरा पसल-१ गरी जम्मा २० वटा पसलबाट चियापत्ती-१ किलो, बिस्कुट-३ पाकेट, चाउ चाउ- ५ पाकेट र भेसलीन-८ डिब्बा उपभोग्य मिति समाप्त भएका सामग्री जफत गरी नष्ट गरीयो ।  

  • संघ/सस्था नबिकरण सम्बन्धी सुचना २०७५-६-१

    संघ/सस्था नबिकरण सम्बन्धी सुचना

  • गोठलापानी बजार अनुगमन २०७५-५-१५

            मिति २०७५/५/१५ गते स.प्र.जि.अ. सुरेश घिमिरेको संयोजकत्वमा बैतडी जिल्लाको सदरमुकाममा रहेको गोठलापानी बजारका १७ किराना, ४ वटा मासु, ३ वटा कस्मेटिक, ४ वटा वाईन(रक्सी) र २ वटा नास्ता पसल र २ वटा उद्योग(बेकरी, खोया) गरी जम्मा ३२ वटा पसलहरुमा अनुगमन गरिपको र म्याद नाघेका खाद्य सामग्रीहरु (७ पिस बिस्कुट र १ डिब्बा चक्लेट) बरामद गरी नस्ट गरीएको छ ।

  • नागिरकता घुम्ती शिविर सम्पन्न २०७५-३-२०

    जिल्ला प्रशासन कार्यालय बैतडी द्वारा आयोजित यस जिल्लाको सदर मुकामबाट टाढा रहेको डिलाशैनी  गाउँपालिकामा २०७५ असार १५,१६ र १७ गते संचालित नागिरकता घुम्ती शिविर शिविरमा विभिन्न उमेर समुहका १७० जना पुरुष र २४१ जना महिला गरी जम्मा ४११ सेवाग्राहिलाई नागरिकता वितरण गरि सिविर सम्पन्न भयो ।   

  • संस्था अध्यावधिक हुदै २०७५-३-४

    जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्ला भरिका गैरसरकारी संस्थाहरूकाे अध्यावधिक शुरू गरेकाे छ । गृह मन्त्रालयले हरेक जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेका गैरसरकारी संस्थाहरूकाे अध्यावधिक गर्ने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले गैरसरकारी संस्था अध्यावधिकका लागि २० दिने सूचना प्रकाशन गरेकाे छ । मिति २०७५ असार ०४ गते सार्वजनिक सूचना प्रकाशन गरेर जिल्ला प्रशासन कार्यालय बैतडीमा दर्ता रहेका संस्थाहरूकाे नाम, बहालवाला कार्यसमिति सदस्यहरूकाे नाम, थर, ठेगाना सहितकाे विवरण पेश गर्न सम्बन्धित सराेकारवालाहरूकाे लागि सूचना प्रकाशन गरेकाे छ ।

  • संघ/संस्था दर्ता सम्बन्धि नयाँ व्यवस्था २०७५-२-३१

    गृह मन्त्रालयले संघ/संस्था दर्ता सम्बन्धि नयाँ व्यवस्था लागु गरेकाे छ । २०७५ साल जेठ २४ गते माननीय गृहमन्त्री राम बहादुर थापा बादल ज्युकाे अध्यक्षतामा बसेकाे बैठकले संघ/संस्था सम्बन्धि नयाँ व्यवस्था लागु गर्ने निर्णय गरेकाे हाे । उक्त निर्णयसंगै नेपालमा दर्ता भएका गैर सरकारी संस्था, अन्तराष्ट्रिय गैरसरकारी संस्था तथा प्रतिफल वितरणा नगर्ने कम्पनी(Non Profit Distributin Company) हरूकाे लागि नयाँ व्यवस्था लागु भएकाे हाे । गृह मन्त्रालयले लागु गरेकाे नयाँ व्यवस्था अनुसार दर्ता भर्इ संचालनमा रहेका र नयाँ दर्ता हुने संस्थाहरूले अाफ्ना उदेश्यमा कुनै एक क्षेत्र मात्र राेज्न पाउने भएका छन् । पहिले नै दर्ता भइसकेका संस्थाहरूलार्इ नविकरणकाे समयमा उदेश्यमा संशाेधन गर्न…

  • नागरिकता घुम्ति शिविर सम्पन्न २०७५-२-२१

    बैतडी/ जिल्ला प्रशासन कार्यालय बैतडीबाट जिल्लाकाे दोगडाकेदार  गाउँपालिकामा  नागिरकता घुम्ती शिविर सम्पन्न भयो । जेष्ठ १८ र १९ गते संचालित उक्त शिविरमा  विभिन्न उमेर समुहका १८० सेवाग्राहिलाई नागरिकता वितरण भएको थियो । प्रमुख जिल्ला अधिकारी सिद्धराज जाेशी ज्यूले उक्त गाउँपालिकामा रहेका एक जना जेष्ठ नागरिकलार्इ नागरिकता बनाएर शिविरकाेउद्धघाटन गर्नु भएको थियो     

  • पुर्चौडीहाट न.पा.का बजारहरुमा बजार अनुगमन २०७५-२-१३

    पुर्चौडीहाट न.पा.का बजारहरुमा बजार अनुगमन:- मिति २०७४।२।१२ गते प्र.जि.अ. श्री शिद्ध राज जोशी ज्यू को संयोजकत्वमा खटीइएको बजार अनुगमन टोलीद्वारा पुर्चौडीहाट, पुर्चौडी न.पा.१ मा रहेको बजारका किराना पसल–७, कपडा पसल–३ , मदिरा पसल–२, होटल–५, गरि जम्मा १७ वटा पसलहरुबाट अनुगमन क्रममा भेटिएका करीव २०,३००रुपैया बराबरका अखाद्य तथा म्याद नाघेका बस्तुहरु जफत गरि नष्ट गरिएको छ । साथै उक्त अनुगमनका क्रममा मुल्यसूचि नराखेका, साईनवोर्ड नभएका तथा दर्ता नभएका पसलहरुलाई मुल्यसूचि राख्ने, साईनवोर्ड राख्ने, पसल दर्ता गर्ने तथा मदिरा पसलहरुले तोकिएको समयमा मात्र मदिरा बिक्रि बितरण गर्ने र खाली बोतलको व्यवस्थापन पसल सञ्चालक स्वयंले गर्ने निर्देशन दिइएको । साथै उपभोक्ता हित संरक्षणको…

  • नागरिकता घुम्ती शिविर सम्पन्न २०७५-१-२१

    बैतडी/ जिल्ला प्रशासन कार्यालय बैतडीबाट जिल्लाकाे दुर्गम क्षेत्रमा रहेका दुर्इ गाउँपालिकामा नागिरकता घुम्ती शिविर सम्पन्न गरियाे । जिल्लाकाे पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा दुर्इ/दुर्इ दिन गरी ४ दिन शिविर सञ्चालन गरियाे । पञ्चेश्वर गाउँपालिकामा बैशाखकाे १५ र १६ गते र शिवनाथ गाउँपालिकामा बैशाख १७ र १८ गते शिविर सम्पन्न गरियाे । सम्पन्न शिविरमा पञ्चेश्वर गाउँपालिकामा ४ सय २ जनाले नागिरकता बनाएका छन् भने शिवनाथ गाउँपालिकामा ५ सय ६९ जनाले नागिरकता बनाएका छन् । प्रमुख जिल्ला अधिकारी सिद्धराज जाेशी ज्यूले उक्त  दुवै गाउँपालिकामा रहेका एक/एक जना जेष्ठ नागरिकलार्इ नागरिकता बनाएर शिविरकाे सञ्चालन गर्नुभएकाे थियाे ।  शिविरमा नागिरकता बनाएकाहरूले साेही ठाउँमा निर्वाचन…

  • see परीक्षा सम्बन्धी सूचना २०७५-४-२३

    हरेक वर्ष जस्तै यस वर्षकाे SEE परीक्षााकाे पुरक परीक्षा अाज मिति २०७५/४/२३ गतेदेखि २०७५/५/२ गते सम्मकाे लागि यस जिल्लामा समेत संचालन भइरहेकाे कुरा सवैलार्इ विदितै छ । यस जिल्लामा परीक्षाा केन्द्रहरू ५ वटा मात्र भएकाे र परीक्षा केन्द्र संचालन भएका नजिकका कुनै/कुनै हाेटेल व्यवसायीहरूले खान वस्नकाे लागि अघिपछिकाे समयमा भन्दा बढी मूल्य लिने गरेकाे भन्ने माैखिक गुनासाे यस जिल्लाका प्रमुख जिल्ला अधिकारी समक्ष अाएकाेले कुनै हाेटेल व्यवसायीले पनि यस अवस्थाकाे नाजायज फाइदा लिर्इ खाने वस्ने/गराउने गरेकाे पाइएमा नियमानुसार कारवाही हुने व्यहाेरा जानकारीकाे लागि सबैमा सूचित गरिन्छ । धन्यवाद ।

  • संस्था अध्यावधिक सम्बन्धी सूचना २०७५-३-४

    जिल्ला प्रशासन कार्यालय बैतडीमा दर्ता भएका गैरसरकारी संस्थाका विवरण अध्यावधिक गरी तालुक मन्त्रालयमा पठाउनुपर्ने भएकाले यस कार्यालयमा दर्ता भएका संस्थाहरूकाे नाम, बहालवाला कार्यसिमित सदस्यहरूकाे नाम, थर, ठेगाना सहितकाे विवरण याे सूचना प्रकाशित भएकाे मितिले २० दिन भित्र यस कार्यालयमा पेश गर्नहुन सम्बन्धित सराेकारवाहरूलार्इ जानकारीकाे लागि सूचना प्रकाशित गरिएकाे छ ।

  • संघ/संस्था दर्ता तथा नबिकरणा सम्बन्धि जरूरी सूचना २०७५-२-३०

    संस्था दर्ता एेन, २०३४ अन्तगर्त जिल्ला प्रशासन कार्यालय बैतडीमा दर्ता भएका संघ/संस्थाहरूले दर्ता तथा नबिकरणा गर्दा साबिककाे कार्यबिधि सहित हेदायका निर्देशनहरू अनिवार्य रूपले पालना गर्नहुन याे सूचना प्रकाशित गरिएकाे छ । बिस्तृत जानकारीका लागि फाइल डाउनलाेड गरी हेर्न सकिन्छ । .......

  • नागरिकता घुम्ति सिविर संचालन हुने २०७५-१-१२

    जिल्ला प्रशासन कार्यालयको मिति २०७५/१/९ गतेको निर्णयानुसार मिति २०७५ बैषाख १५ र १६ गते पञ्चेशवर गाउपालीका र  मिति २०७५ बैषाख १७ र १८ गते शिवनाथ गाउपालीका मा नागरिकता घुम्ति सिविर संचालन हुने  भएकोले सम्पुर्ण त्यस भेगका सेवाग्राहीहरुमा जानकारी गरीन्छ ।

  • CCTV/Camera जडान तथा सञ्चालन सम्बन्धी सुचना २०७५-१-६

    CCTV/Camera जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७२ कार्यान्वयन ......

  • संस्था दर्ता सम्बन्धी --

    संस्था दर्ता ऐन, २०३४ को दफा ३ मा यस ऐन बमोजिम दर्ता नगरी कसैले पनि संस्था स्थापना गर्नु हुँदैन, दफा ११ मा नेपाल सरकारले संस्थालाई आवश्यक निर्देशन दिन सक्ने र त्यस्तो निर्देशन पालना गर्नु सम्बन्धित संस्थाको कर्तव्य हुने र दफा १२(४) मा नेपाल सरकारले दिएको निर्देशन पालना नगरेमा स्थानीय अधिकारीले त्यस्तो संस्थाको दर्ता निलम्बन गर्न वा खारेज गर्न सक्नेछ भन्ने कानूनी व्यवस्था रहेको सम्बन्धित सबैमा अवगत नै छ । आवश्यक सेवा संचालन ऐन, २०१४ को दफा २(क) मा अन्य सेवाहरुको साथै जल, स्थल, वा हवाई मार्गबाट यात्री वा मालसमानहरु ओसारपसार गर्ने यातायात सेवालाई आवश्यक सेवाको रुपमा परिभाषा गर्नुको साथै दफा…

  • राहदानी आएको जानकारी २०७४-७-८

    राहदानी आएको जानकारी लागी डाउनलोड गर्नुस ।

  • मदिरा विक्रि वितरण सम्वन्धी सुचना --

    आगामी स्थानिय तहको निर्वाचन शान्तिपुर्ण र भय रहित वातावरणमा सम्पन्न गर्नु पर्ने अवस्थामा जिल्लामा आधिकांश झै झगडा र अपराधजन्य घटना मदिरा सेवनबाट हुने गरेको अवस्था समेत मध्यनजर गरि प्रमुख जिल्ला अधिकारीबाट मिति २०७४ असार ५ गते देखि २०७४ असार २० गते सम्म जिल्ला भित्र मदिरा विक्रिवितरणमा पुर्णतया बन्देज लगाउने आदेश जारी भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईएको छ । साथै आदेश उलङघन गर्ने जो कसैलाई कानुन बमोजिम कारबाहि गरिने व्यहोरा समेत सुचित गरिएको छ ।  

  • सुचना --

     बंगालदेश बाट आउन सक्ने सामुद्रिक चक्रपातको कारण बाट नेपालमा भारी बर्षा तथा उच्च भेगमा भारी हिमपात पर्न सक्ने व्यहोरा मौसम पुर्वानुमान माहाशाखाबाट प्राप्त भएकाले सम्वन्धीत सबैमा सर्तकताको लागी सुचीत गरीन्छ ।

  • MRP राहदानी प्राप्त भएको जानकारी २०७४-१-७

    २०७३ चैत्र ३ गते सम्म  MRP राहादानी फाराम भरेका देहाएका सेवाग्राहीहरुका राहादानी यस कार्यालयमा प्राप्त भएकाले सेवाग्राही ले राजस्व बुझाएको भौचर,  नागरिकता सक्कलै र एक प्रती फोटो साथमा ल्याई स्वयम उपस्थित भई अा-अाफ्नो राहादानी बुझी लैजान हुन अनुरोध छ । download गरी राहादानी प्राप्त भएका ब्यक्तीहरुको  List हेर्न सक्नु हुन्छ ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय