नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
अर्घाखाची


  राहदानी सम्बन्धी सूचना

राहदानी आएको छ, छैन बुझनका लागि आफ्नो रसिद नं लिर्इ  सम्पर्क गर्नु होस टोल फ्रि नं॰  १६१८०७७४२०२०८ 

२०७५ साल भाद्र २९ गते सम्म आवेदन फाराम भर्नुहुने आवेदकहरूको राहदानी तयार भर्इ वितरण भर्इरहेको हुँदा आवेदनकर्ता स्वयं उपस्थित भई राजस्व तिरेको भौचर, नागरिकता प्रमाणपत्र र पुरानो राहदानी हुनेहरूले सो समेत अनिवार्य साथमा लिर्इ जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीको राहदानी शाखामा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

 

  • छलफल सम्पन २०७५-६-२१

    आज मिति २०७५-०६-२१ का दिन प्रमुख जिल्ला अधिकारी श्री खिमराज भुसाल ज्यूको संयोजकत्वमा बसेको जिल्ला स्थित सम्पूर्ण स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, सुरक्षा निकायका प्रमुख, पत्रकार लगायत सरोकारवालाको बैठकले जिल्लाको शान्ति सुरक्षा, लागूऔषध, मदिरा तथा घरेलुहिंसा नियन्त्रण, सार्वजानिक जग्गाको अतिक्रमण रोकथाम र नियन्त्रण सम्बन्धमा बृहत छलफल गरेको छ । बैठकले मदिरा तथा घरेलुहिंसा नियन्त्रणका लागि गृहमन्त्रालयबाट प्राप्त निर्देशन बमोजिम प्रत्येक स्थानीय तहले आवश्यक कार्ययोजना बनाई कार्यक्रम सञ्‍चालन गर्ने तथा सोको जानकारी जिल्ला प्रशासन कार्यालयमा दिने निर्णय गरेको छ । मदिरा तथा मदिराजन्य वस्तुको सेवनले घरेलु हिंसा लगायतका अपराधिक गतिविधी बढेकोले सोलाई नियन्त्रण गर्न एवं जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई…

  • संविधान दिवस २०७५ मा गरिएका कार्यक्रमहरू २०७५-६-४

    संविधान दिवस २०७५ मनाउने सन्दर्भमा जिल्ला समन्वय समिति प्रमुख पीताम्बर शर्मा भुसालज्यूको संयोजकत्वमा जिल्ला स्थित प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका माननीय सदस्यहरू, जि.स.स. पदाधिकारीहरू, जिल्ला सदरमुकाम स्थित नगरपालिका प्रमुख एवं पदाधिकारीहरू, प्रमुख जिल्ला अधिकारी, कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवं विभिन्न कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधिहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल नेपाल, अन्तर पार्टी महिला सञ्‍जाल, राष्ट्रिय सेवा दल, विभिन्न संघ/संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, उद्योगी, व्यापारी, पत्रकार, क्याम्पस र विद्यालयका प्रमुख तथा नागरिक समाज रहेको संविधान दिवस मूल समारोह जिल्ला समिति गठन गरी संविधान दिवस २०७५ लाई भव्य रूपले मनाउने सन्दर्भमा २०७५…

  • कार्यलय प्रमुखहरूको नियमित बैठक २०७५-६-४

    श्रीमान प्रमुख जिल्ला अधिकारी श्री खिमराज भुसालज्यूको अध्यक्षतामा जिल्ला स्थित सरकारी कार्यालयका कार्यालय प्रमुखहरूको नियमित बैठक आज मिति २०७५।६।४ गतेका दिन जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भयो । बैठकमा प्रमुख जिल्ला अधिकारीज्यूबाट नागरिकलाई सरल, सहज र प्रभावकारी सेवा प्रदान गर्न निर्देशन भयो । विगत समयमा यस जिल्लामा चितुवाको आक्रमणबाट धेरै बालबालिकाको ज्यान गएको र केहीलाई घाईते बनाएको हुँदा त्यस्ता जोखिमपूर्ण ठाउँहरूको पहिचान गरी स्थानीय तहहरूसँग समन्वय गर्दै झाडी सरसफाई, खोर व्यवस्थापन, जनचेतना फैलाउने कार्यक्रम सञ्‍चालन गर्न तथा पिडितलाई समय मै राहत प्रदान गर्न डिभिजन वन कार्यालयबाट विशेष पहल गर्ने, सार्वजनिक खर्चलाई मितव्ययी बनाउन नेपाल सरकारले जारी गरेको "सार्वजनिक खर्चमा मितव्ययीता कायम…

  • सुपा देउराली र नरपानी मदिरा निषेधित क्षेत्र २०७५-५-१७

    सुपा देउराली र नरपानीः मदिरा निषेधित क्षेत्र मिति २०७५।५।१७ गते प्रमुख जिल्ला अधिकारी खिमराज भुसालज्यूको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सर्वपक्षीय र सर्वदलिय बैठकले शितगंगा नगरपालिका वडा नं. २ बुढिचौरदेखि सन्धिखर्क नगरपालिका वडा नं. ६ घुम्तीसम्मको राजमार्ग र आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ । प्रसिद्ध धार्मिक र पर्यटकिय क्षेत्र सुपा देउराली र नरपानी क्षेत्रको वृहत्तर हित र श्रीवृद्धिको लागि सो क्षेत्रमा मदिरा निषेधित गरी धार्मिक महिमा र महत्वलाई अझ बढी बृद्धि गर्ने पवित्र उद्देश्यले आयोजित बैठकमा जिल्ला समन्वय समितिका उप-प्रमुख ऋषि बहादुर पुलामी, सन्धिखर्क नगरपालिकाका उप-प्रमुख ठाकुर कुमार वि.क., शितगंगा नगरपालिकाका उप-प्रमुख टिका रेश्मी, अनुसन्धान उप-निर्देशक…

  • छड्के अनुगमन २०७५-५-१३

    मिति २०७५।५।१३ गते विहान १० बजेदेखि १०:२० बजेसम्म जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट जिल्ला स्थित विभिन्न २२ सरकारी कार्यालयहरूमा छड्के अनुगमन गरिएको छ । यसरी छड्के अनुगमन गरिएका कार्यालयहरूमा जिल्ला प्राविधिक कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, विशेष नापी कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, साविक कृषि विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, घरेलु तथा साना उद्योग समितिको कार्यालय, जिल्ला हुलाक कार्यालय, सिंचाई विकास डिभिजन कार्यालय, सन्धिखर्क नगरपालिकाको कार्यालय, जिल्ला भू-संरक्षण कार्यालय, सालझण्डि-ढोरपाटन सडक आयोजनाको कार्यालय, नेपाल विद्युत प्राधिकरणको कार्यालय, नेपाल टेलिकम, जिल्ला निर्वाचन कार्यालय, जिल्ला आयुर्वेद कार्यालय, शिक्षा विकास तथा समन्वय ईकाई, साविक…

  • अन्तर्क्रिया तथा छलफल २०७५-५-६

    जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको समन्वयमा यस क्षेत्र कै महत्वपूर्ण र रणनैतिक सालझण्डी-ढोरपाटन सडक शिघ्र निर्माण सम्पन्न गर्न सरोकारवाला सम्पूर्ण निकायसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा सम्पन्न यस अन्तर्क्रिया कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर भुसाल, जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुली, जिल्ला समन्वय समिति अर्घाखाँचीका उप-प्रमुख ऋषि बहादुर पुलामी, जिल्ला समन्वय समिति गुल्मीका सदस्य राममल्ल ठकुरी, प्र.ना.उ. नवराज मल्ल, अनुसन्धान प्रमुख गोपाल पन्थी, सालझण्डी-ढोरपाटन सडक डिभिजन कार्यालयका प्रमुख होम बहादुर ए.सी., उद्योग वाणिज्य संघ गुल्मी र अर्घाखाँचीका प्रमुख तथा प्रतिनिधि, सो सडक आयोजनका निर्माण कम्पनीका प्रतिनिधिहरू, पत्रकार महासंघ गुल्मी र अर्घाखाँचीका…

  • समिक्षा तथा अन्तर्क्रिया २०७५-४-१६

    मिति २०७५ साल श्रावण १६ गते बुधबारका दिन जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा नेपाल सरकारका पूर्व-उपप्रधानमन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय टोप बहादुर रायमाझी, राष्ट्रिय सभा सदस्य माननीय चन्द्र बहादुर खड्का र प्रदेश सभा सदस्यहरू माननीय चेत नारायण आचार्य, रामजी प्रसाद घिमिरे, जालपा भुसाल, निर्मला क्षेत्री तथा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर भुसाल र यस जिल्लाका नगरपालिकाका प्रमुखहरू, उपप्रमुखहरू तथा गाउँपालिकाका अध्यक्षहरू, उपाध्यक्षहरू र प्रमुख प्रशासकीय अधिकृतहरू, जिल्ला स्थित कार्यालयका प्रमुखहरू र सर्वपक्षिय, सर्वदलिय बैठक बसी यस जिल्लाको आ.व. २०७४/०७५ को विकास निर्माणमा भएको प्रगति, आईपरेका समस्या तथा चुनौतीहरू र चालु आ.व. २०७५/०७६ मा विकास निर्माणका कार्यलाई प्राथमिकताका साथ…

  • सन्धिखर्कमा बजार अनुगमन २०७५-३-२२

    मिति २०७५।०३।२१ र २२गते जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी श्री विक्रम थापाकाे नेतृत्वमा काेष तथा लेखा नियन्त्रक कार्यालय र जिल्ला प्रहरी कार्यालयकाे स‌युक्त अनुगमन टाेलीबाट सन्धिखर्क नगरपालिका वडा नं.२ का विभिन्न स्थानहरुमा करिव १२० पसल,हाेटल र उद्योगहरुमा अनुगमन गरी व्यवसायी तथा उद्यमीहरुलाई अावश्यक निर्देशन दिइएको छ साथै अनुगमनका क्रममा बजारमा भेटिएका तपशिल बमाेजिमका म्याद सकिएका, लेवल नभएका , कुहिएका र स्वास्थ्यका दृष्टिकाेणले हानिकारक खाद्य सामाग्रीहरु जफत गरी नष्ट गरिएकाे छ ।   तपशिल ः १ कुहिएका फलफूलहरु  - १० के.जी. २ सुर्यमुखी तेल - ५ लिटर ३ बेसन  -१२ प्याकेट ४ मिटमसला  -४१ प्याकेट ५ विभिन्न ब्राण्डका चिप्सहरु …

  • बजार अनुगमनलाई तिव्रता २०७५-३-४

    आज मिति २०७५।०३।०४ गते जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची र घरेलु तथा साना उद्योग विकास समितिद्वारा संयुक्त रुपमा बजार अनुगमनको क्रममा पाणिनी गाउँपालिका वडा नं. ७ अडगुरी र वडा नं. ८ पालीमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण सम्बन्धी र स्थानीय तहबाट सम्पादित विकास निर्माण, प्रशासनिक र घरेलु बाट सञ्‍चालित ढाका तथा मैनबत्ती तालिमको अनुगमन गर्दा सन्तोषजनक पाइएको साथै पाली खगडीमा अवैध रुपमा सञ्‍चालनमा रहेको अवैध सिरक डसना उद्योग नियन्त्रणमा लिई स्थानीय सरकारलाई आवश्यक कार्वाहीका लागि निर्देशन दिईएको ।

  • एकिकृत घुम्ति शिविर २०७५-२-२७

    जनताको घरदैलोमा पुगी सार्वजानिक सेवा प्रवाह गर्ने नेपाल सरकारको नीति अनुरुप आज मिति २०७५/०२/२७ गतेका दिन अर्घाखाँची जिल्ला शितगंगा नगरपालिका वडा नं. १४ पावरामा तपशिल बमोजिमको सेवा उपलब्ध गराईएको व्यहोरा अनुरोध छ । तपशिल : जिल्ला प्रशासन कार्यालयको नागरिकता घुम्ति टोलीद्वारा महिला ३४ र पुरुष ३२ गरी जम्मा ६६ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको । पशु सेवा कार्यालयद्वारा १२५ जना किसानलाई निशुल्क औषधी र परामर्श सेवा उपलब्ध गरिएको । जिल्ला वन कार्यालयद्वारा आधारभुत तथा माध्यमिक तह स्तरीय चुरे संरक्षण विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको । ईलाका प्रहरी कार्यालय सिमलपानीबाट सुरक्षा व्यवस्थापन गरिएको ।

  • संस्था नविकरण सम्बन्धी सूचना २०७५-६-८

    मिति २०७५-०२-२४ को माननिय गृहमन्त्री ज्यूको अध्यक्षतामा बसेको बैठकबाट जिल्ला प्रशासन कार्यालय वा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्मा आवद्ध भएका गैह्र सहकारी संस्था, अर्न्तराष्ट्रिय गैह्र सहकारी संस्था तथा प्रतिफल वितरण नगर्ने संस्था (Non Profit Distributing Agency) हरुको ३ वर्ष सम्मको नविकरणको अवस्था हेरी नविकरण नभएको पाईएमा तत् निकायबाट १५ दिने सूचना जारी गरी नविकरण गर्न लगाउने गरी  निर्णय भएकोमा पुन मिति २०७५-०५-३१ मा (माननिय मन्त्रीस्तर) बाट ३५ दिने म्याद थप गी दिने निर्णय भएकोले २०७५-०६-०८ देखि ३५ दिन २०७५-०७-११ गते भित्रमा नविकरण गर्नु हुन अन्यथा खारेजी प्रक्रिया अघि बढ्ने व्यहोरा जानकारी गराईन्छ ।

  • सुपा देउराली र नरपानी मदिरा निषेधित क्षेत्र २०७५-५-१७

    सुपा देउराली र नरपानीः मदिरा निषेधित क्षेत्र मिति २०७५।५।१७ गते प्रमुख जिल्ला अधिकारी खिमराज भुसालज्यूको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सर्वपक्षीय र सर्वदलिय बैठकले शितगंगा नगरपालिका वडा नं. २ बुढिचौरदेखि सन्धिखर्क नगरपालिका वडा नं. ६ घुम्तीसम्मको राजमार्ग र आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ । प्रसिद्ध धार्मिक र पर्यटकिय क्षेत्र सुपा देउराली र नरपानी क्षेत्रको वृहत्तर हित र श्रीवृद्धिको लागि सो क्षेत्रमा मदिरा निषेधित गरी धार्मिक महिमा र महत्वलाई अझ बढी बृद्धि गर्ने पवित्र उद्देश्यले आयोजित बैठकमा जिल्ला समन्वय समितिका उप-प्रमुख ऋषि बहादुर पुलामी, सन्धिखर्क नगरपालिकाका उप-प्रमुख ठाकुर कुमार वि.क., शितगंगा नगरपालिकाका उप-प्रमुख टिका रेश्मी, अनुसन्धान उप-निर्देशक…

  • समिक्षा तथा अन्तर्क्रिया २०७५-४-१६

    मिति २०७५ साल श्रावण १६ गते बुधबारका दिन जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा नेपाल सरकारका पूर्व-उपप्रधानमन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय टोप बहादुर रायमाझी, राष्ट्रिय सभा सदस्य माननीय चन्द्र बहादुर खड्का र प्रदेश सभा सदस्यहरू माननीय चेत नारायण आचार्य, रामजी प्रसाद घिमिरे, जालपा भुसाल, निर्मला क्षेत्री तथा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर भुसाल र यस जिल्लाका नगरपालिकाका प्रमुखहरू, उपप्रमुखहरू तथा गाउँपालिकाका अध्यक्षहरू, उपाध्यक्षहरू र प्रमुख प्रशासकीय अधिकृतहरू, जिल्ला स्थित कार्यालयका प्रमुखहरू र सर्वपक्षिय, सर्वदलिय बैठक बसी यस जिल्लाको आ.व. २०७४/०७५ को विकास निर्माणमा भएको प्रगति, आईपरेका समस्या तथा चुनौतीहरू र चालु आ.व. २०७५/०७६ मा विकास निर्माणका कार्यलाई प्राथमिकताका साथ…

  • राहदानी सम्बन्धी सूचना २०७५-३-२७

    राहदानी आएको छ, छैन बुझनका लागि आफ्नो रसिद नं लिर्इ  सम्पर्क गर्नु होस टोल फ्रि नं॰  १६१८०७७४२०२०८  २०७५ साल जेष्ठ २८ गते सम्म आवेदन फाराम भर्नुहुने आवेदकहरूको राहदानी तयार भर्इ वितरण भर्इरहेको हुँदा आवेदनकर्ता स्वयं उपस्थित भई राजस्व तिरेको भौचर, नागरिकता प्रमाणपत्र र पुरानो राहदानी हुनेहरूले सो समेत अनिवार्य साथमा लिर्इ जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीको राहदानी शाखामा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

  • सुचना संशोधन सम्बन्धमा २०७४-१२-२०

    मिति : २०७४।१२।२०  विषय  : सुचना संशोधन सम्बन्धमा ।  श्री जो जस सँग सम्बन्धित छ ।             प्रस्तुत विषयमा यस कार्यालयबाट मिति २०७४।१२।१५ मा प्रकाशित सुचना नं.१/०७४/०७५ मा बुदाँ नं. २ मा उल्लेखित बोलपत्र दर्ता गर्ने मिति र समय उल्लेख भएको तर उक्त बोलपत्र खोल्ने मिति र समय उल्लेख नभएको हुदाँ तपसिल अनुसार हुनेगरी संसोधन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ । तपसिल : सुचना प्रकाशित गरेको मितिले ३१ औँ दिनको १२ बजेभित्र बोलपत्र दर्ता गरि सोही दिन २:०० बजे खोलिने छ । सोही दिन सार्वजनिक विदा परेमा विदाको भोलिपल्ट उक्त कार्य गरिने छ ।  

  • सिलबन्दी बोलपत्र आह्वानको सुचना २०७४-१२-१५

      सुचना नं.ः– १÷०७४।७५ सवारी साधन खरिद सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सुचना (प्रथम पटक प्रकाशित मिति २०७४÷१२÷१५) यस कार्यालयको चालु आ.ब ०७४÷७५ को लागि आबश्यक देहाय बमोजिम सवारी साधन खरिद गर्नुपर्ने भएकोले नेपाल सरकारबाट ईजाजत प्राप्त फर्म,संस्था वा कम्पनीबाट रित पुर्बकको गोप्य शिलबन्दी पत्र आव्हन गरिएको छ । शर्तहरु १. यो सुचना प्रकाशित भएको मिति ३० आँै दिन सम्म बोलपत्र फाराम यस कार्यालयमा नविकरण गरिएको व्यवसाय दर्ताको इजाजत पत्र, नविकरण गरेको फर्म, संस्था वा कम्पनी दर्ताको प्रमाणपत्र, मुल्य अभिवृदि करमा दर्ता भएको प्रमाणपत्र, स्थायी लेखा नम्बर प्रमाणपत्र, आ.ब २०७३÷७४ सम्मको कर चुक्ता गरेको प्रमाणपत्र वा आ.ब ०७३÷७४ को कर आय…

  • हार्दिक धन्यबाद २०७४-५-२

    २०७४ श्रावण २२ देखि ३२ सम्म निरन्तर जिल्लाका सबै पालिकाहरुबाट १६२६ भन्दा बढि नयाँ नागरिकता का साथै अपाङगता र जेष्ठ नागरिक परिचय पत्र बितरणमा सहयोग पु¥याउनुहुने  सबै पालिकाका प्रमुख तथा उपप्रमुख कार्यकारी अधिकृत लगायत सबै सहयोग सहकार्य गर्ने सरोकारवाला बर्गहरुलाई जिल्ला प्रशासन कार्यालय हार्दिक धन्यबाद व्यक्त गर्दछौ ।  



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय