नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
अछाम

  • अन्तरक्रिया कार्यक्रम सम्पन्न २०७५-५-३०

    मिति २०७५ साल भाद्र ३० गते शनिबारका दिन आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं. ७, धनगढी, कैलालीको आयोजनामा मन्त्रालयका सचिव श्री शंकर अर्याल ज्यूको अध्यक्षतामा "प्रदेश भित्र दिगो शान्ति व्यवस्थापनका लागि अन्तरक्रिया, समन्वय र सहजीकरण सम्बन्धी कार्यक्रम" जिल्ला समन्वय समिति अछामको सभाहलमा एक कार्यक्रमका बीच सम्पन्न भयो । उक्त कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरा प्रमुख अतिथि रहनु भएको थियो भने उप-प्रमुख सरिता उपाध्याय, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, प्रमुख सेनानी लोचन कार्की, प्रहरी नायव उपरीक्षक जनकबहादुर शाही, नेपाल बार एशोसियसनका अध्यक्ष कृष्णप्रसाद ढुंगाना अतिथि रहनु भएको थियो । सो कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं. ७…

  • विश्व सरसफाई दिवस २०७५ २०७५-५-२९

    विश्व सरसफाई दिवस २०७५ को साप्ताहिक कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय, अछामको संयोजकत्वमा आज मिति २०७५।०५।२९ गते बिहान अछाम जिल्ला मंगलसेन नगरपालिका स्थित मंगलसेन बजार सरसफाई गरियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी, मंगलसेन नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रकाशकीय अधिकृत, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुखहरु, कर्मचारीहरु, सुरक्षाकर्मीहरु, स्थानीय व्यापारी/व्यवसायी, पत्रकार र सर्वसाधारण समेतको सहभागिता रहेको थियो ।

  • निजामती सेवा दिवस - २०७५ २०७५-५-२२

    ''नतिजामुखी प्रशासनः सम्वृद्धि र सुशासन'' आज मिति २०७५ साल भाद्र २२ गतेका दिन जिल्ला प्रशासन कार्यालय, अछामको आयोजनामा निजामती सेवा दिवस - २०७५ जिल्लास्थित विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि¸ जिल्ला समन्वय समितिका प्रमुख, मंगलसेन नगरपालिकाका नगर प्रमुख लगायतका पदाधिकारीहरु¸ सरकारी कार्यालय प्रमुख तथा कर्मचारीहरु तथा जिल्लास्थित सुरक्षा निकायहरुको सहभागितामा ''नतिजामुखी प्रशासनः सम्वृद्धि र सुशासन'' भन्ने नारा सहितको प्रभातफेरी विहान ८.०० बजे खुल्लामञ्चबाट सुरु भई नगर परिक्रमपश्चात जिल्ला समन्वय समितिको हलमा एक समारोहका बीच सम्पन्न भयो । निमित्त प्रमुख जिल्ला अधिकारी श्री शितलबहादुर रावलज्यूको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्री नरबहादुर कुँवर प्रमुख अतिथि तथा मंगलसेन…

  • कानून तथा न्याय सम्बन्धी तालिम सम्पन्न २०७५-३-१७

    जिल्ला प्रशासन कार्यालय, अछामको आयोजनामा मिति २०७५।०३।११ देखि २०७५।०३।१६ गतेसम्म राजपत्र अनंकित कर्मचारीहरुका लागि कानून, न्याय तथा कार्यालय कार्यविधि सम्बन्धी एक हप्ते तालिमको हिजो मिति २०७५ आषाढ १६ गते एक समारोहका बीच सम्पन्न भयो । उक्त समारोहमा माननीय जिल्ला न्यायाधीश श्री धर्मराज पौडेल, प्रमुख जिल्ला अधिकारी श्री कृष्णप्रसाद आचार्य, जिल्ला समन्वय अधिकारी श्री कपिलप्रसाद उपाध्याय लगायतको उपस्थितिमा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरियो । घरेलु तथा साना उद्योग विकास समितिको हलमा सञ्चालित तालिमको संयोजन सहायक प्रमुख जिल्ला अधिकारी श्री शितलबहादुर रावलले गर्नुभएको थियो ।

  • अन्तर्राष्ट्रिय योग दिवस २०७५-३-७

    मिति २०७५।०३।०७ गते मंगलसेन नगरपालिका र पतञ्जली योग समिति, अछामको आयोजना र स्थानीय प्रशासन समेतको सहभागितामा बिहान ६.३० बजे स्थानीय खुल्लामञ्चबाट प्रभातफेरीका लागि निस्केको र्‍यालीले नगरका विभिन्न ठाउँको परिक्रमा पछि स्थानीय मंगलसेन नगरपालिकाको प्राङ्गणमा एक समारोहको आयोजना गरी चौथो अन्तर्राष्ट्रिय योग दिवशको कार्यक्रम मनाएको । उक्त कार्यक्रममा सहभागीहरुले योग, ध्यान र प्राणायम गर्नुका साथै विभिन्न वक्ताहरुले वर्तमान समयमा योगको महत्वमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीबाट लागू ‍औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अभियान अन्तर्गत लागू ‍औषधले समाजमा पुर्‍याउने हानी र असरका साथै योगले मानव जीवनमा ल्याउने सकारात्मक प्रभावको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

  • अन्तर्क्रिया कार्यक्रम २०७५-३-६

     मिति २०७५ आषाढ ६ गते लागू ‍औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस - २०७५ को सप्ताहव्यापी कार्यक्रमको सुरुवाती (Kick off) पहिलो दिनको कार्यक्रम लागू ‍औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्क्रिया कार्यक्रम गरी जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भयो । उक्त अन्तर्क्रिया कार्यक्रममा जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, नेपाल प्रहरी, नेपाली सेना, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता थियो । कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी श्री कृष्णप्रसाद आचार्यले गर्नुभएको थियो भने प्रमुख अतिथिमा जिल्ला समन्वय समितिका उपप्रमुख श्री टोपबहादुर रावल रहनुभएको थियो ।

  • बजार अनुगमन २०७५-२-८

    जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जिल्ला स्थित विभिन्न सरोकारवालाहरुको संयुक्त बजार अनुगमन टोलीले मिति २०७५।०२।४ र ५ गते अछाम जिल्ला चौरपाटी गाउँपालिका स्थित चौरपाटी, गैरीलेक र पायल बजार अनुगमन गरी म्याद नाघेका तथा अखाद्य वस्तु तथा ठूलो परिमाणमा औषधीहरु बरामद गरी म्याद नाघेका अखाद्य वस्तुहरु सोही ठाउँमा जलाई नष्ट गरिएको ।  

  • एकीकृत घुम्ती सेवा शिविर सञ्चालन २०७५-२-७

    जिल्ला प्रशासन कार्यालय, अछामको स‌ंयोजकत्वमा मिति २०७५।०२।०४ देखि २०७५।०२।०६ गतेसम्म चौरपाटी गाउँपालिका अन्तर्गत सञ्चालन गरिएको एकीकृत घुम्ती सेवा शिविरबाट निम्न कार्यालयहरुबाट निम्न बमोजिमको सेवा प्रदान गरियो।  निम्न १.         जिल्ला प्रशासन कार्यालय, अछामबाट             नागरिकता वितरणः ४२४ (महिलाः १७२ + पुरुषः २५२) २.         महिला तथा बालबालिका कार्यालय, अछामबाट             अपाङ्ग परिचयपत्र वितरणः ५९ जना ३.         घरेलु तथा साना उद्योग कार्यालय, अछामबाट             वाणिज्य फर्म दर्ता - ५३             घरेलु तथा साना उद्योग दर्ता -  ६             वाणिज्य फर्म नवीकरण - २  …

  • एकीकृत घुम्ती शिविर सञ्चालन हुने । २०७५-२-३

    जिल्ला प्रशासन कार्यालय, अछामको स‌ंयोजकत्वमा मिति २०७५।०२।०४ गते देखि जिल्ला स्थित विभिन्न कार्यालयहरुको सहभागितामा जिल्लाको चौरपाटी गाउँपालिकामा ३ दिने एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरिने भएको छ । उक्त शिविरमा महिला तथा बालबालिका कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयको सहभागिता रहने छ । 

  • एकीकृत घुम्ती शिविर सञ्चालन २०७४-१२-२६

    जिल्ला प्रशासन कार्यालय अछामको संयोजकत्वमा मिति २०७४।१२।२३ देखि २०७४।१२।२५ गतेसम्म रामारोशन गाउँपालिका अन्तर्गत सञ्चालन गरिएको एकीकृत घुम्ती सेवा शिविरबाट निम्न कार्यालयहरुबाट निम्न बमोजिमको सेवा प्रदान गरियो । निम्न १.         जिल्ला प्रशासन कार्यालय अछामबाट             नागरिकता वितरणः ४५९ (महिलाः २२८ + पुरुषः २३१) २.         दुर्गा बक्स गण (नेपाली सेना) र जिल्ला स्वास्थ्य कार्यालय, अछामको संयुक्त स्वास्थ्य शिविरबाट लाभान्वित जम्माः ८६१ जना (स्वास्थ्य चेकजाँच र औषधी वितरण समेत) ३.         महिला तथा बालबालिका कार्यालय, अछामबाट             अपाङ्ग परिचयपत्र वितरणः २३ जना ४.         पशुसेवा कार्यालय, अछामबाट लाभान्वित घरधुरी जम्माः - ६०३            (पशुपंक्षीहरुको चेकजाँच, औषधी वितरण र परामर्श सेवा प्रदान) ५.        कृषि विकास कार्यालय,…

  • विस्थापितहरुका लागि राहत वितरण सम्बन्धी सूचना २०७५-३-२९

    विस्थापितहरुका लागि राहत वितरण सम्बन्धी सूचना

  • सूचना --

    शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सशस्त्र द्वन्द्वको क्रममा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुलाई घाइते/अपाङ्गहरुलाई प्रतिशत निर्धारण तथा पुनरावलाेकन सम्बन्धी अत्यन्त जरुरी सूचना

  • जिल्ला दैवी प्रकोप समितिको बैठक सम्बन्धमा । २०७४-५-१

    जिल्ला दैवी प्रकोप उद्धार समिति अन्तरगत cluster head को बैठकबाट भएको निर्णय सम्बन्धमा । उक्त निर्णय हेर्न माथि Heading मा click गर्नुहोस ।

  • त्रैमासिक सूचना --

    मिति २०७४ वैशाख १ देखि एे असार मसान्त सम्म ३ महिना अवधिका यस कार्यालयसँग सम्बन्धित सार्वजनिक सूचनाहरु प्रकाशन गरिएको .

  • बैठकको निर्णय २०७४-२-१९

    आज मिति २०७४।०२।०५ गतेका दिन  प्रमुख जिल्ला अधिकारी श्री शंकर बहादुर बिष्ट ज्यूको अध्क्षतामा देहायका पदाधिकारीहरुको उपस्थितिमा कार्यालय प्रमुखको बैठक बसी निम्नानुसारका निर्णय गरियो । बैठक निर्णय हेर्न बैठकको निर्णयमा Click गर्नुहोस ।

  • त्रैमासिक प्रगति विवरण सार्वजनिक गरिएको २०७४-१-१३

    त्रैमासिक प्रगति विवरणकाे सूचना सार्वजनिक गरिएको

  • प्रशिक्षण सम्बन्धी २०७४-१-१३

    सावर्जनिक निकायमा कार्यरत सुचना अधिकारीहरुलाई प्रशिक्षण सम्बन्धी

  • त्रैमासिक सुचनाकाे विवरण सार्वजिनक गरिएको --

    सुचनाको हक सम्बन्धी एेन २०६४ र सुचनाको हक सम्बन्धी नियमावली २०६५ बमाेजिम जिल्ला प्रशासन कार्यालय अछामबाट २०७३ साल श्रावण १ देखि २०७३ असाेज मसान्त सम्मको ३ महिना अवधि भित्रका सूचनाहरुको विवरण प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि अनुरोध छ ।

  • त्रैमासिक प्रगतिकाे सूचना प्रकाशन गरिएकाे २०७३-४-६

    सूचनाकाे हक सम्बन्धि एेन २०६४ बमाेजिम जिल्ला प्रशासन कार्यालय अछामबाट भए गरेका कामकाे विवरण संलग्न फायल बमाेजिम रहेकाे व्यहाेरा सम्बन्धित सबैलाइ जानकारी गराइन्छ ।

  • त्रैमासिक प्रगति सार्वजनिक २०७३-१-१६

    संलग्न फायलमा जिल्ला प्रशासन कार्यालय अछामले माघ १ गते देखि चैत्र मसान्त सम्म गरेका  कामकारवाहीकाे विवरण सार्वजनिक गरिएकाे व्यहाेरा सबैकाे जानकारीकाे लागि अनुराेध छ ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय