नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
रङ्गेली, मोरङ्ग


  ईलाका प्रशासन का.अन्तर्गतका नगरपालिका तथा गाउँपालिकाहरु

  • बजार अनुगमन --

    यस कार्यालयका कार्यालय प्रमुख श्री जय प्रकाश बस्नेतकाे स‌ंयाेजकतामा इलाका प्रहरी कार्यालय रंगेली, रंगेली न‍.पा.काे जनप्रतिनिधि, व्यापार संघकाे प्रतिनिधि तथा पत्रकारकाे समेतका टाेलीले रंगेली न‍.पा.वडा नं. ७ र ८ स्थीत रंगेली बजारका व्यपारिक प्रतिष्ठानकाे अनुगमन सम्पन्न गरि म्याद नाघेका सामानहरु जफत गरि नष्ट गरिएकाे, केहि व्यपारिक प्रतिष्ठानकाे कागजपत्र अपुग भएकाेले कडा भन्दा कडा कारवाही र निर्देशन जारी गरिएकाे ।

  • बिजया दशै‌ं शुभकामना --

    विजयादशमी २०७५ को सुखद उपलक्ष्यमा सम्पूर्ण नेपाली बुवा अामा, दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ |  

  • फाेटाे सहितको मतदाता नामावलि संकलन कार्य सुरु --

     फाेटाे सहितकाे  मतदाता परिचयपत्र  नामावली इन्ट्री मिति २०७५-०४-०३ देखि यस इलाका प्रशासन कार्यालय रंगेली माेरङमा नामावलि संकलन कार्य सुरु भएकाे छ । नयाँ नागरिकता प्रमाण पत्र प्राप्त गरेकाे र मतदाता नामावलीमा नाम नभएकाहरुले मतदाता  परिचय पत्र बनाउन फोटो खिचाउन सकिने छ।

  • नयाँ वर्षकाे शुभकामना --

    नव वर्ष २०७५ काे  सम्पुर्ण ईलाकावासी महानुभावहरुमा सुख, शान्ति, सम्वृद्धि, सुस्वास्थ्य, दिर्घायु एवं उत्तराेतर प्रगतिकाे शुभकामना । जय प्रकाश बस्नेत  कार्यालय प्रमुख एवं  इलाका प्रशासन कार्यालय  रंगेली मोरङ्ग परिवार

  • बडा दशैँ २०७४ काे शुभकामना २०७४-६-६

    २०७४ सालको बडा दशैँ तथा शुभ दिपावली एवम् छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यत्त गर्दछौँ । ईलाका प्र.का.परिवार

  • बडा दशैँ २०७३ को शुभकामना --

    २०७३ सालको बडादशैँ तथा शुभ दिपावली एवम् छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यत्त गर्दछौँ । ईलाका प्र.का.परिवार

  • नव वर्ष २०७३ को हार्दिक मंगलमय शुभकामना --

    नव वर्ष २०७३ को हार्दिक मंगलमय शुभकामना

  • ईलाका प्रशासन का.अन्तर्गतका न.पा.तथा गा.वि.स.हरु २०७१-१२-१५

  • रङ्गेलीमा धार्मिक महोत्सव हुने २०७१-१२-११

    पुर्वाञ्चलकै एतिहासीक नमुना मन्दिरको रुपमा जिर्णोद्धार गरिएको रंगेली कालि मन्दिरको भवन उद्घाटन एव धार्मिक महोत्सव बैशाख ८ गते देखी १४ गते सम्म मन्दिर प्रांगणमा हुने २५ कुण्डीय हवनयज्ञ, प्राणप्रतिष्ठा,कलशयात्रा, पुर्णआहुती, भारतको वृन्दावनका कलाकारबाट सन्ध्याकालीन रासलिला जस्ता कार्यक्रम आयोजना गरिने भएकाे छ ।  

  • CIMS Software बाट नागरिकता बितरण शुरु --

    मिति २०७१।०३।०१ गते बाट इलाका प्रशासन कार्यालय र‌गेलीमा CIMS सफ्टवेयर बाट नागरिकता बितरण शुरु गरिएकाे छ ।

  • दीपावली, नेपाल संम्वत तथा छठ पर्वको शुभकामना --

    शुभ दीपावली २०७५, नेपाल संम्वत ११३९ तथा छठ पर्वको सबैमा सुख, शान्ति, दीर्घायु, सुस्वास्थ्य एवं उत्तरोतर प्रगतिको शुभकामना।।-  जय प्रकाश बस्नेत    कार्यालय प्रमुख  एवं  इलाका प्रशासन कार्यालय र‌ंगेली परिवार

  • सूचना अधिकारी --

     सूचना अधिकारी  ना‍.सु. श्री लाेकहरि रेग्मी सम्पर्क नम्वरः- ९८५२०३४४०९ 

  • अा‍.व. २०७४/७५ --

    अा.व. २०७४/७५ को वार्षीक प्रगति विवरण

  • २०७२ सालको वार्षिक प्रतिवेदन --

  • फाल्गुन महिनाको मासिक प्रगति विवरण --

  • मतदाता नामावली सङ्कलन २०७१-१२-१२

    यस इलाका प्रशासन कार्यालमा निर्वाचन अायाेग द्धारा लिईने फाेटाे सहितकाे मतदाता नामावली सङ्कलन सेवा शुरु मिति २०७१-०६-११ गते  देखि भएकाे छ । साे फाटाे सहितकाे मतदाता नामावलीमा फाेटाे खिचाउन छुट्नु भएकाे सेवाग्राहीहरुमा नागरिकता लिई अाई फाेटाे खिच्न हुन अनुराेध छ ।     नाेट:- मतदाताकाे लागि फारम भर्दा फारम भर्ने व्यत्तीकाे नागरिकता प्रमाणपत्र अनिवार्य रुपमा साथमा लिई आउनु पर्ने छ ।    



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय