नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
जसपुर, प्युठान


  ईलाका प्रशासन कार्यालयको परिचय

जिल्लाका दुरदराजका जनतालाई लक्षित गरि सेवामा सहज पहुच स्थापना गर्न, प्रशासनिक टेवा पुर्याउन र शान्ति सुव्यबस्था कायम गराउन जिल्ला प्रशासन कार्यालय, प्यूठानको सहयोगी हातका रुपमा यस कार्यालयले २०७३/०२/१४ बाट कार्य शुभारम्भ गरेको छ । तत्कालीन १५ वटा गा.वि.स.हरु वांगेशाल, तिराम, हंसपुर, ढुंगेगढी, मर्काबागं,उदयपुरकोट, नयाँगाउ, गोठीबागं, भिंगृ, स्वर्गद्वारी, कोचीबागं, सारी, बेल्बास, बर्जिबागं र रम्दीका जनताहरुलाई जिल्ला प्रसासन कार्यालयबाट सम्पादन हुने केहि काममा सहजता ल्याई प्रभावकारि सेवा प्रवाहमा अग्रसर रही आयको छ । यस कार्यालयले प्यूठान जिल्लाको ३०प्रतिशत जनसंख्यालाई समेटी सेवा प्रवाह गर्दै आएको छ । यस कार्यालय सक्षम प्रशासन र सुदृढ व्यवस्थापन द्वारा यस ईलाका क्षेत्रका सेवाग्रहिहरुलाई प्रशासनिक टेवा पुर्याउने, शान्ति सुव्यवस्थापन गर्ने र स्थानीय क्षेत्रमा बिकास निर्माणका काममा सहयोगी र समन्वयकारी भुमीका निर्बाह गर्ने तर्फ उन्मुख रहेको छ ।

  • बड्डाँडा बजार अनुगमन २०७५-६-१९

    बजार अनुगमन कार्यलाई निरन्तरता दिने सिलसिलामा २०७५।०६।१८ गते सरुमारानी गा.पा. स्थित बड्डाँडा क्षेत्रका ४७ वटा पसल तथा होटलहरु अनुगमन गरी करीव ११ लिटर अवैध घरेलु मदिरा तथा विभिन्न म्याद नाघेका उपभोग्य वस्तुहरु जफत गरी नष्ट गरियो । सो क्षेत्रका अधिकांश ब्यवसायहरु दर्ता गरेको नपाइएकोले कैफियत प्राप्त पसलका ब्यवसायीहरुलाइ आवश्यक निर्देशन समेत दिइयो । 

  • जस्पुर एवं देवीस्थान बजार अनुगमन २०७५-६-१६

    मिति २०७५।०६।१५ गते यस कार्यालयका प्रमुख दिनेश ज्ञवालीको संयोजकत्वमा  माण्डवी गा.पा.को कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्योति प्रकाश पौडेल,  को. ले. नि. का. प्यूठानका लेखापाल महेन्द्र के. सी, प्रहरी चौकी देवीस्थानका प्र. स. नि. उत्तम कुमार ओली, उद्योग बाणिज्य संघ, प्यूठानका कोषाध्यक्ष रामचन्द्र पौडेल, स्थानीय पत्रकार यादव पौडेल, उपभोक्ता मञ्च प्यूठानका सदस्य लक्ष्मी श्रेष्ठ समेतको सहभागितामा खटिएको संयुक्त अनुगमन टोलीले यस जिल्लाको माण्डवी गा. पा. वार्ड नं. ३ स्थित जस्पुर वजार, देवीस्थान एवं अरुणखोला क्षेत्रका उपभोग्य बस्तु पसल, मासु पसल तथा होटलहरु गरी ४३ वटा पसलहरु अनुगमन गरी सो क्रममा फेला परेका विभिन्न ब्रान्डका म्याद नाघेका खाद्य तथा पेय पदार्थहरु समेत बरामद गरी अनुगमन समितिका…

  • सेवाग्राही सन्तुष्टि फारामको सुरुवात २०७५-५-२६

    आजदेखि यस कार्यालयमा सेवाका लागि आउनुहुने सेवाग्राहीहरुको प्रतिक्रिया बुझी सेवाको गुणस्तर बृद्धि गर्ने हेतुले सेवाग्राही सन्तुष्टी सर्वेक्षण फारामको प्रयोग सुरु गरिएको छ । सेवा सम्बन्धमा आफ्ना प्रतिकृयाहरु निर्धक्क रुपमा ब्यक्त गर्नुहुन सम्पूर्ण सेवाग्राहिहरुलाई अपील गर्दछाै । यहाँहरुबाट प्राप्त प्रतिक्रियाहरु हाम्रो लागि मार्गदर्शन हुनेछन् ।

  • नमूना निवेदनहरु उपलब्ध गराइएको बारे २०७५-५-१३

    कार्यालयबाट दिइने  विभिन्न प्रकारका सेवाहरुका सम्बन्धमा सेवाग्राहरुहरुको सहजताका लागि विभिन्न आठ प्रकारका नमूना  निवेदनहरु यसै वेवसाईट को फोटो ग्यालरी तथा डाउनलोडभित्र उपलब्ध गराइएको छ । साथसाथै फेसबुक पेज इलाका प्रशासन कार्यालय, जस्पुर तथा ट्वीटर @aaojaspur बाट समेत उक्त निवेदनहरु प्राप्त गर्न सक्नुहुनेछ ।

  • फेसबुक पेज तथा ट्वीटर सञ्चालन सम्बन्धमा २०७५-५-६

    कार्यालयबाट प्रवाह  हुने सेवालार्इ थप प्रभावकारी बनाउँदै विद्युतीय माध्यमबाट सेवा सम्बन्धी जानकारी प्रवाह गर्ने तथा गुनासो सम्बोधन गरी सेवाप्रवाहलार्इ आधुनिकीकरण गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय द्वारा जारी "सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधी २०७५" समेतलाई मध्यनजर गरी कार्यालयको आधिकारीक फेसबुक पेज इलाका प्रशासन कार्यालय, जस्पुर,प्यूठान तथा ट्वीटर ह्याण्डल @aaojaspur स‌ञ्चालनमा ल्याइएको छ ।

  • परिचयात्मक अन्तर्क्रिया वैठक सम्पन २०७५-४-३१

           स्थानीय सरकारी कार्यालयहरुबीच आपसी समन्वय स्थापित गर्ने उद्देश्यले र्इलाका प्रशासन कार्यालय जस्पुरको समन्वयमा एक परिचयात्मक अन्तर्क्रिया वैठक २०७५/०४/३१ मा सम्पन्‍न भएको छ । र्इलाका प्रशासन कार्यालय जस्पुरका कार्यालय प्रमुख दिनेश ज्ञवाली, मालपोत कार्यालय जस्पुरका कार्यालय प्रमुख गोपाल प्रसाद नकर्मी, नापी कार्यालय जस्पुरका कार्यालय प्रमुख झमलाल गाहा, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका इन्चार्ज प्र‍‍‍.ना.नि. छविलाल ढकाल, प्रहरी चौकी देविस्थानका इन्चार्ज प्र.स.नि. उत्तम कुमार वली लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रमले कार्यालयहरुबीच आपसी समन्वय अझै मजवुद हुने अपेक्षा राखिएको छ ।

  • राहदानी तयारी बारे SMS सेवा सुरु --

    आफ्ना सेवाहरुलाई सुचनामैत्री बनाई प्रभाबकारी, पहुचयोग्य र सुलभ सेवा दिने लक्ष अनुसार यही मिति २०७३/०६/०९ देखि यस ईलाका प्रशासन कार्यालयले, जसपुर, प्युठानले राहदानी तयार भैसकेकाहरुलाई जानकारी दिन SMS सेवा सुरु गरेको छ । अब आवेदन दिएका राहदान तयार भई यस कार्यालयमा आई पुगे पछि तपाईहरुलाई SMS आउने छ ( MOHA को तर्फ बाट) ।र राहदानी तयारीबारे घरमै बसि थाहा पाउन सक्नु हुनेछ यस सेवाबाट ।

  • कम्प्युटरकृत (digital) नागरिकता बितरण सम्बन्धि --

    यस कार्यालयको प्रभावकारि, स्तरीय र सुलभ सेवा प्रवाह गर्ने उद्देश्य अनुरुप यहि मिति २०७३/०६/०५ देखि यस ईलाका प्रशासन कार्यालय नयाँगाउ, प्यूठानले कम्प्युटरकृत (Digital) नागरिकता बितरण सुरु गरियको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

  • राहदानी तयार सम्बन्धमा २०७५-६-१८

    यस कार्यालयमा पेश हुन अाएका राहदानी Form मध्ये तपसिलमा उल्लेखित रहदानी तयार भई अाएको जानकारीकाे लागि सुचित गरिन्छ।

  • नागरिकता सम्बधि २०७३-१२-६

    यस ईलाका प्रशासन कार्यालय जसपुर, प्युठानद्वारा  मिति २०७३/१२/०७ देखि स्थानीय तहको  पुनर्सरचना भैसके पश्चात गाउपालिका/नगरपालिका सहितको नागरिकता वितरण गरिने व्यहोरा जानकारी गराईन्छ.



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय