नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
हुवास, पर्वत


  परिचय

ईलाका प्रशासन कार्यालयको परिचय

धौलागिरी अञ्चल, पर्व जिल्लाको दक्षिणी भेगको पैंयू गाउँपालिका वडा नं. ४ , हातेमालो चोकमा अवस्थित ईलाका प्रशासन कार्यालय मिति २०७३ साल श्रावण ३ गते प्रमुख जिल्ला अधिकारी श्री शम्भुप्रसाद मरासिनीज्यूद्वारा समुद्घाटन भई सेवा शुभारम्भ भएको हो । यस कार्यालयले बिहादी गाउँपालिकाको वडा नं. १, साविकको बाच्छा बाहेक सबै, पैंयू गाउँपालिका सबै र महाशिला गाउँपालिका वडा नं. ६, साविक फलामखानी बाहेक सबै (साविकको १६ गा.वि.स.हरु-हुवास, त्रिवेणी, शालिग्राम, टकलाक, होश्राङ्गदी, उरामपोखरा, भोर्ले, बेउलीवास, वहाकीठाँटी, सरौंखोला, भोक्सिङ्ग, बालाकोट, रानीपानी, बर्राचौर, लुंखुदेउराली र पाखापानी ) मा बसोबास गर्ने बासिन्दालाई सहजरुपमा छिटो छरितो तवरले नागरिकता, राहदानी, नाबालक परिचयपत्र लगायत साधारण सिफारिस र ईलाका प्रशासन कार्यालयबाट हुने भनी कानूनले तोकिदिएका कार्य र नेपाल सरकार एंव प्रमुख जिल्ला अधिकारीबाट निर्देशन भए बमोजिमका कार्य गर्न नेपाल सरकारले स्थापना गरेको हो ।

  • बजार अनुगमनलाइ निरन्तरता २०७५-५-१९

    अाज  मिति २०७५ साल भाद्र १९ गतेका  दिन इलाका प्रशासन कार्यालय हुवासकाे स‌‍‍‌‍‍‍‌‍‍म्याेजकत्वमा इलाका प्रहरी कार्यालय हुवास, पैयू‌ गाँउपालिका, मर्दिखाेला बजार व्यवस्थापन समिति, राषि्ट्रय अनुसन्धान कार्यालय पर्वत, का प्रतिनिधि समेतकाे सम्युत्त टाेलीले पैयू गाँउपालिका अन्तर्गत वडा न ५ काे चिसापानि र वडा न ४ काे मर्दिखाेला बजारकाे उपल्लाे क्षेत्रका करिव १५ वटा पसलहरुकाे अनुगमन गर्दा विभिन्न किसिमका म्याद नाघेका वस्तुहरु निम्नानुसार मुल्य बराबरकाे समानहरु साटी स्थानमा नस्ट गरी, पसल स़न्चालन गर्न सम्बनि्धत व्यापारीले दर्ता नगरेकाे व्यापारीलाइ यथाशिघ्र दर्ता गर्ने, म्याद नाघेका वस्तुहरु विक्री वितरण नगर्न सुझाव सहित निर्देशन दिइयाे । निम्नानुसार स्प्राइट काेक ४० थान स्प्राइट सानाे ३४ थान विस्कुट…

  • बजार अनुगमन २०७५-५-१४

    इलाका प्रशासन कार्यालय हुवास पर्वतकाे टाेली हुवास उपल्लाे बजारमा बजार अनुगमन गरेकाे छ । बजार अनुगमनकाे क्रममा म्याद नाघेका सामान नष्ट गरिएकाे छ ।  दर्ता नभएका व्यवसायलाइ दर्ता गर्ने, दर्ता नविकरणा गर्ने, व्यवसायकाे नाम स्पष्ट देखिने गरि बाेर्ड राख्ने, मुल्य सुचिकाे अनिवार्य प्रयाेग गर्ने, मदिरा जन्य बस्तुकाे व्यापारकाे लागि छुट्टै नाम बाट व्यवसाय दर्ता गरि अान्तरिक राजश्व विभागबाट प्रमाणपत्र लिने, डिजििटल नापताैलकाे प्रयाेग गर्ने जस्ता  निर्देशन अनुगमनकाे क्रममा  दिइएकाे छ । निरन्तर बजार अनुगमन गरि उपभाेत्ता संरक्षण, कालाेबजारी  नियन्त्रण गरि प्रतिस्पर्धात्मक र गुणस्तरिय बजार स्थापित गर्ने हामि सबैकाे कर्तव्य तथा दायित्व हाे ।  

  • बजार अनुगमनलाई निरन्तरता २०७४-६-७

    आज मिति २०७४ साल असोज ०७ गते शनिवारकाका दिन नेपालीको महान चाडपर्वलाई मध्यनजर गर्दै पर्वत जिल्लाको दक्षिणी भागमा रहेको इलाका प्रशासन कार्यालय, हुवास, पर्वतको क्षेत्र भित्र पैंयू गाउँपालिका वडा नं. ७ को भोर्ले बजार, वडा नं. ६ को सरौंखोला तथा हुवास बजार र वडा नं. ४ को हुवास बजारमा रहेका करिब ३० वटा पसल, उद्योग, फार्मको इलाका प्रशासन कार्यालयका प्रमुखको नेतृत्वमा इलाका प्रहरी कार्यालयका प्रतिनिधी, स्वास्थ्य संस्थाका प्रमुख, स्थानीय बजार व्यवस्थापन समितिका प्रतिनिधीको संयुक्त टोलीले स्थलगत अनुगमन गरी देखिएका कैफियतलाई जनताको वृहत्तर हितलाई ध्यानमा राखी तत्कालै सुधार गर्न निर्दशन गरियो ।

  • बजार अनुगमन २०७४-६-३

    आज मिति २०७४ साल असोज ०३ गते संविधान दिवसका दिन नेपालीको महान चाडपर्वलाई मध्यनजर गर्दै पर्वत जिल्लाको दक्षिणी भागमा रहेको इलाका प्रशासन कार्यालय, हुवास, पर्वतको क्षेत्र भित्र पैंयू गाउँपालिका वडा नं. २, त्रिवेणी, अर्थुङ्ग, डुँड, वडा नं. ४, हुवास र वडा नं. 6, सरौंखोलाको हुवास बजारमा रहेका करिब ५५ वटा पसल, उद्योग, फार्मको स्थलगत अनुगमन गर्न इलाका प्रशासन कार्यालयका प्रमुखको नेतृत्वमा इलाका प्रहरी कार्यालयका नि.प्रमुख, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका हुवास प्रतिनिधी, स्वास्थ्य संस्थाका प्रमुख, स्थानीय बजार व्यवस्थापन समितिका प्रतिनिधीको संयुक्त टोली गएकोमा देहायका कैफियत ‌औंल्याई सम्पूर्ण सर्व साधारणको हितलाई मध्यनजर गर्दै तत्कालै सुधारका लागि निर्देशन गरियो ।   कैफियतहरु केही…

  • विपद व्यवस्थापन सामाग्री हस्तान्तरण २०७४-५-७

    इलाका प्रशासन कार्यालयय, हुवास, पर्वतको अनुरोधमा जिल्ला प्रशासन कार्यालय, पर्वतको सिफारिसमा क्षेत्रीय प्रशासन कार्यालय पश्चिमाञ्चल विकास क्षेत्र विपद व्यवस्थापन शाखा, पोखराबाट मिति २०७४ साल भाद्र ६ गते पैंयू गाउँपालिका वडा नं. ४ निवासी समाज सेवी श्री लालबहादुर प्रधान हस्ते लाईफ ज्याकेट ५ थान, हेलमेट ५ थान, रबर ट्यूब १ थान, इमरजेन्सी लाईट २ थान, ग्लोब्स ५ जोडी, स्टेचर २ थान र रबर बुट ५ जोडी जस्ता विपद व्यवस्थापन सामाग्री प्राप्त भएकोमा मिति २०७४ साल भाद्र ७ गते इलाका प्रहरी कार्यालय, हुवास, पर्वतलाई हस्तान्तरण गरियो । पर्वतको दक्षिणी भागमा अवस्थित हुवास इलाका बाढी,  पहिरो लागयत प्राकृतिक विपदका हिसाबले उच्च रहेको हुँदा…

  • इलाकास्तरीय कार्यालय प्रमुखको वैठक सम्पन्न २०७४-४-३२

    मिति २०७४ साल श्रावण ३२ गते दिउँसो ३.०० बजे इलाका प्रशासन कार्यालय, हुवास, पर्वतको सभाकक्षमा इलाका प्रशासन कार्यालयका प्रमुखको अध्यक्षतामा यस इलाकास्थित इलाका प्रहरी कार्यालयका प्रमुख, इलाका वन कार्यालयका सहायक वन अधिकृत,  इलाकास्तरीय सेवा केन्द्र एवं कार्यालय प्रमुखको सहभागीतामा वैठक सम्पन्न भई आ-आफ्नो कार्यालयको वारेमा एक आपसमा परिचय गराउने, आफ्नो अनुभव आदान प्रदान गरिनुका साथै प्रत्येक महिनाको २७ गते नियमित वैठक बस्ने, कार्यालय समयको पूर्णरुपमा पालना गर्ने,  पोशाक र परिचय पत्र अनिवार्य गर्ने,  बिदा बस्दा प्रशासनलाई जानकारी गराउने, बिदा र काज स्वीकृत गराएर मात्र बिदा र काजमा बस्ने, मासिक/चौमासिक कार्य प्रगती विवरण पेश गर्ने र सम्पूर्ण कार्यालय बीच समन्वय गरी…

  • परिचयात्क कार्यक्रम सम्पन्न २०७४-३-९

    मिति २०७४ साल असार ९ गते दिउँसो १ बजे ईलाका प्रशासन कार्यालय, हुवास, पर्वतको कार्यालय कक्षमा यस कार्यालयका प्रमुख र मुख्य दलका जिल्लास्तरका पार्टी प्रमुख एवं प्रतिनिधीसँग परिचयात्क कार्यक्रम सम्पन्न भई आ-आफ्नो तर्फबाट सहकार्य गर्दै जनताको सेवामा  समर्पित भै सहजरुपमा कार्य सुचारु गर्न एक आपसमा सहयोग गर्ने प्रतिवद्धता जाहेर गरियो।

  • राहदानी तयार भइ अाएकाे २०७५-५-११

    यस कार्यालयमा अावेदन प्राप्त हुन अाएका मिति २०७५-०३-३२ देखि २०७५-०४-०९ सम्मका राहदानी तयार भइ अाएकाे हुँदा दस्तुर तिरकेा रसिद लिएर राहदानि फाटमा सम्पर्क गुर्नुहाेला । साथै त्रुटी सच्चाइ रसिद न २२.६४७.६६१ र ६९० काे पनि राहदानी बनी अाएकाे छ ।

  • मौजुदा सूची दर्ता सम्बन्धी सूचना २०७४-४-१

    यस कार्यालयको लागि आ.व.२०७४/७५ मा आवश्यक पर्ने वस्तु तथा सेवा उपलब्ध गराउन सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ को उपनियम (१) बमोजिम मौजुदा सूचीमा समावेश हुन वा अद्यावधिक गर्न उक्त नियमावलीको अनुसूची २(क) को ढाँचामा निवेदन पेश गर्नुहुन इच्छुक व्यक्ति,संस्था, आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता, सेवा प्रदायकलाई जानकारी गराईन्छ ।-इलाका प्रशासन कार्यालय, हुवास, पर्वत

  • कार्य सुचारु हुने वारे २०७४-३-८

    मिति २०७४ साल असार ११ गतेदेखि ईलाका प्रशासन कार्यालय, हुवास, पर्वतबाट नागरिकता, राहदानी, नाबालक परिचयपत्र लगायत साधारण सिफारिस र ईलाका प्रशासन कार्यालयबाट हुने भनी कानूनले तोकिदिएका कार्य र नेपाल सरकार एंव प्रमुख जिल्ला अधिकारीबाट निर्देशन भए बमोजिमका कार्य सहजरुपमा छिटो छरितो तवरले हुने व्यहोरा जानाकारीको लागि हुवास बसीमा सादर अनुरोध छ ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय